• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    २० वर्ष पुरानो ट्याक्सीको नम्बरप्लेट लाखौंमा खरिदबिक्री, कार्यालय प्रमुखदेखि मन्त्रीसम्मै कमिशन पचाउँदै

  • वीरगंज संजाल
  • Sep 23, 2023, 7:05 pm
  • ४४९

    वीरगंज |रुषा थापा | सरकारी कार्यालयभित्र छिर्न आम नागरिकलाई कि त पास चाहिन्छ कि चिनजान भएको मान्छे चाहिन्छ । प्रायजसो अधिंकाश सरकारी कार्यालयको गेट बाहिर सुरक्षाकर्मी बसिरहेको भेटिन्छ । सरकारले बनाएको कानूनअनुसार सरकारी कार्यालयभित्र भएका डकुमेन्ट तथा फाइलहरु कार्यालय बाहिर ल्याउन पाइदैँन । तर, यहाँ त यसको ठिक विपरीत भइरहेको छ । ललितपुरको एकान्तकुनास्थित रहेको सानो, ठुलो यातायात कार्यालयमा दलाली, लेखनदास तथा कार्यालयको कर्मचारीकै मिलेमत्तोमा दर्ता भएको मितिले २० वर्ष पुगेका ट्याक्सी, ग्याँस ट्याम्पोको फाइदा वा ढड्डा बाहिर ल्याउने काम भइरहेको छ । यति मात्र नभई यस्ता महत्त्वपूर्ण कागजात लेखनदास तथा दलालीहरुले झोलामा बोकेर आफ्नो घर लग्ने काम गरिरहेका छन् । अहिले २० वर्ष पुगेका पुराना ट्याक्सी तथा ग्याँस ट्याम्पोको स्क्राइभ गरेको नम्बरप्लेट दुईदेखि तीन लाख रुपैयाँमा दलालीहरुले खुलेआम बेचेका छन् ।
    तर, यस्ता दलालीहरुलाई न यातायात कार्यालयका हाकिमले समातेको छ न मन्त्रालयको । उल्टै यसरी नम्बरप्लेट बेचेर आयआर्जन भएको रकम कार्यालय प्रमुखदेखि मन्त्रालयका मन्त्रीसम्मलाई दिनुपर्ने दलालीहरु बताउँछन् । कानूनमा २० वर्ष पुगेका सवारीसाधनको स्क्राइभ गरेको नम्बरप्लेटमा नयाँ गाडी किनेर सट्टाभर्नामा दर्ता गर्न दिने भनेर लेखिएको पाइदैँन ।

    २० वर्ष पुगेका सवारीसाधन सिधैं पत्रु बनाउनुपर्ने कानूनमा उल्लेख छ । यद्यपि, यहाँ यस्ता सवारीसाधनको नम्बरप्लेटमा महंगोमा खरिदबिक्री भइरहेको छ । कार्यालय प्रमुखदेखि विभागका महानिर्देशक र मन्त्रालयका मन्त्रीले समेत पैसा पचाइरहेका छन् । सरकारले २०७७ माघ महिनामा २० वर्ष पुगेका सवारीसाधनको रोडपर्मिेट, दर्ता खारेज गर्नुका साथै लत्ताकट्टा गर्ने भनेर निर्णय गरिसकेको छ । २०८० साउन पहिलो सातामा काभ्रेको धुलिखेलमा यातायातमन्त्री प्रकाश ज्वाला, सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक तथा सात वटै प्रदेशका यातायातमन्त्री र मुख्यमन्त्री भेला भई दुई बसेर ११ बुँदे निर्णय गरे । ११ बुदेँ निर्णयमध्ये एउटामा २० वर्ष पुगेका सवारीसाधनको लत्ताकट्टा गर्ने र रोडपर्मिेट तथा दर्ता खारेज गर्ने रहेको छ ।
    तर, यातायात कार्यालय एकान्तकुनामा अहिले पनि २० वर्ष पुगेका सवारीसाधनको स्क्राइभ गरेको नम्बरलेट खुलेआम लाखौं रुपैयाँमा बिक्री भइरहेको छ । संघीय सरकार तथा प्रदेशस्थित यातायात मन्त्रालयले नै अहिलेसम्म जिल्लास्थित रहेका यातायात कार्यालयलाई २० वर्ष पुगेका सवारीसाधनको रोडपर्मिेट तथा दर्ता खारेज गर्नुकासाथै लत्ताकट्टा गर्नु भनेर पत्र पठाएको पाइदैँन ।

    यातायात कार्यालय एकान्तकुनाका प्रमुख अहिलेसम्म २० वर्ष पुगेका सवारीसाधनको रोडपर्मिेट, दर्ता खारेज गर्नु तथा लत्ताकट्टा गर्नु भनेर कतैबाट पनि पत्र नआएको बताउँछन् । उनी मन्त्रालय तथा विभागले नयाँ ट्याक्सीको दर्ता नखोलिदिँदा २० वर्ष पुगेका सवारीसाधनको नम्बरप्लेट महंगोमा खरिदबिक्री भएको स्वीकार्छन् । अचम्मको कुरा त के छ भने २० वर्ष पुगेका ट्याक्सी तथा ग्याँस ट्याम्पो कबाडीलाई बेच्दा पन्ध्र हजार आउँछ तर त्यँही ट्याक्सी र ग्याँस ट्याम्पोको नम्बरप्लेट, बिलबुक र रोडपर्मिेट बेच्दा चाहिँ तीन लाख आउँछ । सरकारले यातायात क्षेत्रमा भएको सिण्डिकेट नतोड्दा तथा नयाँ दर्ता नखोल्दा यस्ता सवारीसाधनको नम्बरप्लेट महंगो भएको हो । सरकारले नयाँ ट्याक्सो, ग्याँस ट्याम्पो तथा ढुवानी गाडीको दर्ता खोलेमा आम सर्वसाधारणले सित्तैमा नम्बरप्लेट पाउँछन् । जसका कारणय यस्ता दलाल, बिचौलियाहरुले जनतालाई ठग्न पाउँदैनन् । बिडम्बना, सरकारले नयाँ दर्ता नखोल्दा दलाल, बिचौलियाहरुको रजगज मौलाएको छ । यातायात क्षेत्रमा भएको सिण्डिकेट नहट्दा जनताले मात्र दुःख, हैरानी भोग्नुपरेको छैन ।

    राज्य पनि ठगिएको छ । खर्बो राजस्व गुमेको छ । पछिल्लो समय बजारमा विद्युतीय ट्याक्सी गुडेका छन् । ती ट्याक्सी पनि निकै कम छन् । तर, त्यो पनि सरकारले नयाँ दर्ता खोलेर आएको होइन । २० वर्ष पुगेका ट्याक्सी तथा ग्याँस ट्याम्पोको सट्टार्नामा ती विद्युतीय ट्याक्सी आएका हुन् । अहिले विद्युतीय ट्याक्सी अटो शोरुमहरुले ३८ लाखमा बेचिरहेका छन् । सरकारले नयाँ दर्ता खोलिदिने हो भने सिध्यै ३८ लाखमा गाडी किनेर ट्याक्सीमा दर्ता गराई बेच्न पाइन्छ । नयाँ गाडी किन्दा २० प्रतिशत आफुले हाल्नुपर्छ भने ८० प्रतिशत बैंक तथा वित्तिय संस्थाले कर्जा प्रवाह गर्छ । तर, सरकारले नयाँ दर्ता नखोलिदिँदा २० वर्ष पुगेका ग्याँस ट्याम्पो र ट्याक्सीको स्क्राइभ गरेको नम्बरप्लेट तीन लाख पर्छ । यसरी ३८ लाखको गाडी ४१ लाखमा किन्नुपर्छ । यसले गर्दा एकातिर भाडाको गाडीको संख्या बढेको छैन, अर्कातिर नयाँ व्यवसायी आउन पाएका छैनन् । सँगै जनताले भनेको समयमा ट्याक्सी चढ्न पाउँदैनन् । आपतविपतको समयमा समेत ट्याक्सी नपाएर वा भाडा महँगो भएर बसमा यात्रा गर्नुपर्छ । अहिले व्यवसायीहरुले ट्याक्सी किन्दा नम्बरप्लेटमा खर्च गरेको तीन लाख समेत जोडेर ट्याक्सी भाडा बढाइरहेका छन् । यता, ४१ लाखमा किनेको ट्याक्सी दलाल, बिचौलियाहरुले आम नमागरिकलाई ४५ देखि ४६ लाखसम्ममा बेच्छन् । जो व्यक्तिले यति महँगोमा ट्याक्सी किनेको हुन्छ, ऊ मिटरमा यात्रु बोक्न मान्दैन न त यात्रुले भनेको ठाउँमा नै जान मान्छ ।
    सरकारले जनताको हितमा काम गर्नुपर्ने हो । तर, व्यवसायीको हितमा काम गर्छ । अहिले सरकारले नयाँ ट्याक्सीको दर्ता नखोलिदिँदा २०३२ सालमा लाख रुपैयाँमा किनेको ट्याक्सीले अहिलेसम्म अर्बो कमाइसकेको छ । ४८ वर्ष व्यवसाय गरिसकेको छ । फेरि त्यँही ट्याक्सीको स्क्राइभ गरेको नम्बरप्लेटमा नयाँ गाडी किनेर दर्ता गर्न दिँदा एउटैले ६८ वर्ष व्यवसाय गर्छ । ०३२ सालदेखि हालसम्म ट्याक्सीमा एकाधिकार कायम रहेको पाइन्छ । अहिलेसम्म नयाँ दर्ता खुलेको छ । जनसंख्या बढेको बढ्यै छ तर ट्याक्सीको संख्या जतिको त्यति छ । अब सरकारले पुरानो गाडीको स्क्राइभ गरेको नम्बरप्लेटमा नयाँ गाडी किनेर दर्ता गर्न दिने कामको अन्त्य गर्नुपर्छ ।

    अहिले २० वर्ष पुगेका सवारीसाधनको यत्रो महँगोमा नम्बरप्लेट खरिदबिक्री हुँदा संघीय सरकारका यातायात मन्त्री प्रकाश ज्वाला, सचिव केशवकुमार शर्मा, बागमती प्रदेशका यातायात मन्त्री लक्ष्मण लम्साल, सचिव तीर्थराज भट्टराई र यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजाललाई समेत भागबण्ड आउने सुनिन्छ । यसरी कमिशनको लोभमा उनीहरु नयाँ ट्याक्सी, ढुवानी गाडी र फोस्टक ट्याम्पोको दर्ता खोल्न तयार छैनन् । एयरपोर्टमा २०५० सालदेखि हरियो प्लेटको ट्याक्सीको दर्ता बन्द छ । त्यतिबेला त्यहाँ २ सय ७ वटा ट्याक्सी दर्ता भएका थिए र अहिले पनि त्यति नै छ । कालोप्लेटको ट्याक्सीको दर्ता २०५७ ज्येष्ठ १७ गतेदेखि बन्द छ । त्यस्तै, कालीमाटीमा पनि ४५ वर्षदेखि तथा फोस्टक ट्याम्पोको पनि लामो समयदेखि नयाँ दर्ता बन्द छ । कालीमाटीमा तीन सय ५० वटा तरकारी तथा फलफुल बोक्ने ढुवानी गाडी छन् । काठमाडौं उपत्यकाभित्र करोड जनसंख्या छ । तर, ट्याक्सीको संख्या जम्मा ९ हजार छ । सात वटै प्रदेशमा नयाँ ट्याक्सी र फोस्टक ट्याम्पोको दर्ता खुलेको छैन । सरकारले नयाँ ट्याक्सी र फोस्टक ट्याम्पोको नयाँ दर्ता नखोलिदिँदा स्वदेशी तथा विदेशीलाई दुःख, हैरानी भएको छ । हतार भएको समयमा कहिल्यै ट्याक्सी पाइदैँन । ािएपनि मिटरमा जान मान्दैन । अहिले ट्याक्सीको रोडपर्मिेट उपत्यकाभित्र मात्र छ । यात्रु बोकेर चक्रपथ बाहिर जान ट्याक्सी मान्दैन । उपत्यकाबाहिरका जनता बिरामी हुँदा तथा हतार पर्दा ट्याक्सी चढ्नबाट वञ्चित भएका छन् । उनीहरु निजीप्लेटका सवारीसाधनलाई एक किलोमिटरको बाटोमा दुई हजार तिर्न बाध्य छन् । विकसित देशमा मिटरजडान फोस्टक ट्याम्पो गुडेका छन् । तर, हाम्रो देशमा ट्याक्सीको विकल्पमा अन्य मिटरजडान ट्याम्पो तथा सवारीसाधन छैन । सरकारले फोस्टक ट्याम्पोको दर्ता नखोल्दा जनता मारमा परेका छन् । उपत्यकाभित्रका कतिपय बाटोमा ट्याक्सी जादैँन । सरकारले फोस्टक ट्याम्पो दर्ता खोलिदिने हो भने ट्याक्सी नजाने ठाउँमा ट्याम्पो जान्छ । ट्याक्सी चढ्ने हैसियत नभएकाहरु ट्याम्पो चढ्छन् । तर, सरकार यस्तो गर्दैन ।

    सरकार आफैं जनतालाई दुःख, हैरानी दिइरहेको छ । व्यवसायको पक्षमा मात्र निर्णय गर्छ । अहिले ट्याक्सीमा गएर यात्रु चढ्नेबित्तिकै सुरुमै ५० रुपैयाँ आउँछ । यता, मिटरमाजान मान्दैन । राति ९ बजेदेखि बिहान ४ बजेसम्म डेरी हान्छ । ट्याक्सी चढेबापत सर्वसाधारणले दिनहुँ ६ करोड रुपैयाँ सेवाशुल्क तिर्नुपरिरहेको छ । सरकारले निर्धारण गरेको भाडाअनुसार ट्याक्सीको भाडा प्रत्येक किलोमिटर ५२ रुपैयाँ छ । तर, ५० हटाएर शून्य र ५२ हटाएर २० रुपैयाँमा जनतालाई गुणस्तरीय सेवासुविधा दिन्छु भन्दा समेत सरकार नयाँ ट्याक्सीको दर्ता खोल्दैन । उता, शून्य मिटरमा प्रत्येक किलोमिटर १० रुपैयाँमा चलाएर जनतालाई सेवासुविधा दिन्छु, आफ्रनै देशमा रोजगारी गर्छु, राज्यलाई राजस्व तिर्छुभन्दा समेत सरकार फोस्टक ट्याम्पो दर्ता खोल्दैन । सबै जनतासँग महँगो भाडा तिरेर ट्याक्सी चढ्नसक्ने हैसियत छैन । अधिंकाश जनताको आर्थिक अवस्था नाजुक छ । मन्त्रीहरु २० वर्ष पुगेका ट्याक्सी, ग्याँस ट्याम्पो नम्बरप्लेट महँगोमा बेचेर कमिशन खान व्यस्त छन् । उनीहरुलाई जनता र राष्ट्रको हितका बारेमा सोच्ने फुर्सद नै छैन । यसरी मन्त्री, सचिव, महानिर्देशक नै दलाली भएपछि देशमा विकास कसरी हुन्छ ? जनताले कसरी सेवासुविधा पाउँछन् ? अब पनि मन्त्रीहरु कमिशन खाएर बस्ने कि नयाँ ट्याक्सी र फोस्टक ट्याम्पो दर्ता खोल्ने ? जनता ट्याक्सीबाट लुटिएका छन् । ट्याक्सी व्यवसायीहरुको दाधागिरी कायमै छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑