• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सरकारको आम्दानी घट्दै, गत वर्षको भदौंमा भन्दा यस वर्ष आठ अर्ब ७८ करोड कम

  • वीरगंज संजाल
  • ४ आश्विन २०८०, बिहीबार १५:५५
  • १५०९

    वीरगंज । सरकारको आम्दानी गत वर्षको तुलनामा यस आर्थिक वर्षको पहिलो दुई महिनामा घटेको छ । यस वर्ष भदौसम्म सरकारले राजस्व र अन्दा आम्दानीमार्फत १ खर्ब ५४ अर्ब २३ करोड रुपैयाँ आम्दानी गरेको छ । यो गत आवको यसै अवधिको तुलनामा आठ अर्ब ७८ करोड रुपैयाँ कम हो । यस वर्ष भदौसम्म राजस्वबाट एक खर्ब ४१ अर्ब रुपैयाँ मात्र संकलन भएको छ । यो कुल लक्ष्यको ९.९२ प्रतिशत मात्र हो । यस आवको भदौसम्ममा राजस्व संकलन १ खर्ब ४३ अर्ब रुपैयाँ संकलन भएको थियो । यस वर्ष सरकारले अझै अनुदान प्राप्त गर्न सकेको छैन । अन्य आम्दानीबाट भदौसम्म १३ अर्ब १५ करोड रुपैयाँ प्राप्त गरेको छ ।

    यो वर्ष सरकारले १४ खर्ब २२ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ । चालु आर्थिक वर्ष (आव) २०८०\८१ को पहिलो दुई महिना (साउन–भदौ) मा सरकारी वित्तमा केही सुधार देखिएको छ । अघिल्लो आर्थिक वर्ष २०७९÷८० को भदौको तुलनामा चालु खर्च घट्दा पूँजीगत खर्च बढेको छ । वित्तीय व्यवस्थातर्फको खर्च भने उल्लेख्य बढेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्यांकअनुसार भदौ मसान्तसम्म ८७ अर्ब ६६ करोड ३५ लाख रुपैयाँ चालु खर्च भएको छ । यो गत आवको यसै अवधिको तुलनामा २१ अर्ब ६ करोड रुपैयाँ कम हो । यस वर्ष लक्ष्यको तुलनामा ७.६८ प्रतिशत चालु खर्च दुई महिनाको अवधिमा भएको छ । यस वर्ष वित्तीय हस्तान्तरणको रकम घट्दा समग्र चालु खर्च केही कम भएको देखिएको छ । सरकारले कुल १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट यस आवमा कार्यान्वयन गरिरहेको छ । जसमध्ये चालु खर्चको लक्ष्य ११ खर्ब ४१ अर्ब रुपैयाँ रहेको छ ।

    गत आवको भुक्तानीले पूँजीगत खर्च बढ्यो

    यस आवको पहिलो दुई महिनामा पूँजीगत खर्च ८ अर्ब १६ करोड ३९ लाख रुपैयाँ भएको छ । यो अघिल्लो आवको तुलनामा झण्डै ३ अर्ब बढी हो । अघिल्लो आवको भदौ महिनामा ५ अर्ब ८६ करोड रुपैयाँ पूजीगत खर्च भएको थियो । अर्थ मन्त्रालयकाअनुसार यस आवमा निर्माण कम्पनीहरुलाई गत आवको मौज्दात भुक्तानी दिनु परेको थियो । सोहीकारण पूँजीगत तर्फको बजेट खर्च केही बढेको देखिएको छ । यस आवमा सरकारले पूँजीगततर्फ ३ खर्ब २ अर्ब रुपैयाँ पूँजीगत बजेट खर्चको लक्ष्य राखेको छ ।

    सरकारले ऋणको सावा भुक्तानीमा खर्च गर्ने गरी छुट्याउने वित्तीय व्यवस्थातर्फको बजेट खर्च भने यस वर्ष दुई महिनामै उल्लेख्य बढेको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार भदौसम्म वित्तीय व्यवस्थामा ३५ अर्ब ३१ करोड रुपैयाँ खर्च भइसकेको छ । यो लक्ष्यको ११.४९ प्रतिशत खर्च हो । कुल बजेट खर्च समेत भदौसम्म गत आवको तुलनामा केही खुम्चिएको छ । भदौसम्म यस वर्ष एक खर्ब ३१ अर्ब ११ करोड रुपैयाँ खर्च भएको छ । गत आवमा कुल बजेट खर्च एक खर्ब ३४ अर्ब ३३ करोड रुपैयाँ भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न
  • बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक
  • जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    कालिकामाईमा लामखुट्टे लार्भा नष्ट गर्ने अभियान सम्पन्न

    News

    बहु प्रतिभाशाली सुर्य राईको मधुर संगीत रहेको असारया महिना सार्वजनिक

    News

    जनकपुरमा मोहर्रमपछि एक युवकमाथि अन्धाधुन तलबार प्रहार, ज्यान मार्ने प्रयास !

    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑