वीरगन्ज | वीरगन्जमा आज दुई पुरुषको शव फेला परेको छ। वीरगन्ज महानगरपालिका-९ पानगल्लीमा राति साढे ७ सर्लाही घर भई वीरगन्जमा ठेला चलाउने ५० वर्षीय भुब्रो महतोको शव फेला परेको हो। आफूले चलाउने ठेलामा उनको शव फेला परेको प्रहरीले जनाएको छ।
यसैगरी वीरगन्ज-३ छपकैयामा करिब ३५ वर्षीय अपरिचित पुरुषको शव फेला परेको छ।
जिन्स पाइन्ट र स्पोर्टस जुत्ता लगाएको अवस्थामा पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले दुवै शवको मुचुल्का उठाएर छानबिन सुरु गरेको छ।