• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    राष्ट्रपतिको सवालमा गृहको आएन जवाफ- फरार रहेका ३४ लाई माफी दिने प्रक्रिया रोकिन सक्ने

  • वीरगंज संजाल
  • Sep 19, 2023, 4:40 pm
  • ४४१

    वीरगंज । सरकारले सिफारिस गरेका गम्भीर अपराधमा सजाय फैसला भएर फरार रहेका ३४ अभियुक्तहरुको सजाय माफी मिनाहाको आधार र उनीहरुको विवरण राष्ट्रपतिले माग गरे पनि गृह मन्त्रालयले त्यसको जवाफ पठाउन सकेको छैन । सरकारले संविधान दिवशको अवसरमा कैदीबन्दीलाई दिँदै आएको कैद तथा सजाय मिनाहाको सहुलियतका लागि सिफारिस गरेकाहरुको विषयमा राष्ट्रपतिको कार्यालयले गम्भीरताका साथ लिँदै माफी दिनुपर्ने आधार तथा उनीहरुको विवरण माग गरे पनि सोमबारसम्म गृहले सो विवरण पठाउन नसकेको हो । राष्ट्रपतिको कार्यालयले माग गरेको विवरण गृहले समयमै नपठाएपछि सिफारिस भएका फरार अभियुक्तहरुको सजाय माफी मिनाहाको विषयमा अन्योल उत्पन्न भएको छ । गृहले भने अदालतबाट सजाय तोकिएको तर कैद भुक्तानी नगरेकाहरुको सजाय मिनाहाका लागि गृह मन्त्रालयले सिफारिस गर्न पाउने अधिकार क्षेत्रभित्र रहेर संविधान दिवसको अवसरमा सजाय मिनाहा गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको जनाएको छ । सरकारको अधिकार क्षेत्रभित्रै रहेर सिफारिस गरेकाले राष्ट्रपतिको कार्यालयले मागगरेअनुसार पत्रको प्रतिउत्तर हालसम्म नपठाएको गृह मन्त्रालय स्रोतको दाबी छ । ‘राष्ट्रपतिको कार्यालयको पत्रअनुसार हामीले कुनै प्रतिउत्तर वा जानकारी पठाएका छैनौं’, गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले भन्नुभयो– ‘राष्ट्रपतिको कार्यालयबाट पत्र आएको थियो । तर, हामीले फेरि केही लेखेका छैनौं र सो विषयमा प्रतिउत्तर पठाउने कुरा पनि अहिलेसम्म भएको छैन ।’

    फैजदारी अभियोगमा अदालतबाट सजाय फैसला भएकाहरुलाई माफी दिने सिफारिसप्रति राष्ट्रपतिले गम्भीररुपमा लिएर पत्र पठाए पनि गृहले जवाफ नआएपछि उनीहरुको प्रक्रिया अघि नबढ्ने राष्ट्रपतिको कार्यालयले जनाएको छ । गृहले विभिन्न काण्डमा दोषी देखिएका ३४ जनालाई माफी दिन गृहले भदौ २६ मा राष्ट्रपतिसमक्ष प्रस्ताव पेस गरेको थियो । सिफारिसमा परेका अधिकांश व्यक्ति ज्यान मुद्दा, तस्करी, सहकारी ठगीलगायतका मुद्दामा सजाय पाएकाहरु छन् । सरकारले कानुनमा भएको सामान्य छिद्रको प्रयोग गर्दै ‘कानुनविपरीत’ गम्भीर प्रकृतिका अपराधमा सजायका लागि फैसला भएका तर पक्राउ नपरेका ३४ जनालाई माफी मिनाहाका लागि सिफारिस गरेको भन्दै राष्ट्रपति कार्यालयले त्यसको स्पष्ट आधार माग गरेको राष्ट्रपतिका सहायक प्रवक्ता वसन्तप्रसाद पन्थीले बताउनुभयो । माग भएअनुसारको विवरण समयमै पेश नभए उनीहरुको विषयमा प्रक्रिया अघि नबढ्ने उहाँको भनाइ छ । सरकारले माफी मिनाहाका लागि सिफारिस गरेका ३४ जना अभियुक्तको पूर्ण विवरण र माफी दिनुपर्ने आधारहरु सोमबारसम्म आइनपुगेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । माग भएअनुसारको विवरण समयमै पेश नभए उनीहरुको विषयमा प्रक्रिया अघि नबढाउने विषयमा राष्ट्रपतिको कार्यालयमा सोमबार बिहान अनौपचारिक छलफलसमेत भएको स्रोतको दाबी छ । संविधान दिवस असोज ३ आउन एक दिन बाँकी रहँदासम्म गृहबाट प्रतिउत्तर नआएपछि फरार रहेका ३४ अभियुक्तहरुको सजाय माफिको प्रकृया अघि बढ्ने सम्भावना न्यून हुदै गएको बताइएको छ ।

    मुलुकी फौजदारी अपराध (संहिता) ऐन–२०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन–२०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन–२०७४ को दफा १५९ बमोजिम उनीहरुको माफी मिनाहाको प्रस्ताव गरिएको गृह मन्त्रालयले जनाएको छ । सजाय पाएका व्यक्तिले माफी मिनाहाका लागि गृह मन्त्रालयमार्फत राष्ट्रपतिसमक्ष निवेदन दिन सक्ने व्यवस्था छ । मुलुकी फौजदारी अपराध (संहिता) ऐनको दफा १५९ (१) मा भनिएको छ– ‘अदालतको फैसलाबमोजिम तोकिएको सजाय पाएको व्यक्तिले सो सजाय माफी पाउन, त्यसलाई मुल्तवीमा राख्न, परिवर्तन गर्न वा कम गर्न गृह मन्त्रालयमार्फत राष्ट्रपतिसमक्ष निवेदन दिन सक्नेछ ।’सोही दफाको उपदफा (२) मा भनिएको छ– (१) बमोजिम निवेदन दिँदा जुन अदालतको फैसलाबाट निवेदकले सजाय पाएको हो, सो अदालतको फैसलाको प्रतिलिपि संलग्न गर्नुपर्नेछ । तर, मन्त्रालयले सिफारिस गर्दा यस्तो फैसलाको प्रतिलिपिसमेत संलग्न गरेको छैन । मन्त्रालयले पठाएको सिफारिसमा माफी दिनुपर्ने कुनै कारणसमेत खुलाएको छैन । कैद भुक्तान गरेकामध्येबाट भने कारागार व्यवस्थापन विभागले यस वर्ष ८ सय जनालाई माफी मिनाहाको सिफारिस गरेकोमा शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले ६ सय ७० जनाको कैद माफी गर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑