वीरगंज । रौतहटको परोहा नगरपालिका ९ रामपुर खापमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
रामपुरका ५० बर्षीय अवधेश पटेलको बुधबार करेन्ट लागेर मृत्यु भएको हो ।दिउँसो खेतमा पानी तान्ने क्रममा मोटरबाट करेन्ट लागेर पटेलको मृत्यु भएको छ ।
प्रहरी चौकी रामपुरखापका असई नगेन्द्र पाण्डेयले यो जानकारी दिएका छन । मृतकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।