• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजमा फेरि डेंगुको संक्रमण बढ्न थालेपछि महानगरले चलायो ‘सर्च एण्ड डिस्ट्रोय अभियान’

  • वीरगंज संजाल
  • २७ भाद्र २०८०, बुधबार १०:०८
  • १४८१

    वीरगंज । वीरगन्ज महानगरमा पनि डेंगीको प्रकोप देखिएको छ ।चिकित्सकहरुका अनुसार लामो सुक्खायाम पछि ३ साताअघि भएको वर्षालगत्तै डेंगीका बिरामी देखा पर्न थालेका हुन् । नारायणी अस्पतालका चिकित्सक एवम् सूचना अधिकारी डा उदयनारायण सिंहका अनुसार हाल नारायणी अस्पतालमा डेंगी संक्रमित दुई जना उपचाररत छन् । सरकारी र महानगरका विभिन्न निजी अस्पतालमा समेत गरी ५ जना डेंगी संक्रमित भर्ना भएर उपचाररत रहेको उनले बताए । यस बाहेक घरमै बसेर औषधि सेवन गर्ने बिरामीको संख्या धेरै छ ।

    भाइरल ज्वरोको केस बढेसँगै डेंगीका बिरामी पनि भेटिन थालेको उनले बताए । हालका दिनहरुमा पनि नारायणी अस्पतालमा दैनिक बहिरंग कक्षमा ३० र आकस्मिक कक्षबाट रिफर भएका १५ जना गरी ४५ जना भाइरल ज्वरोका बिरामी आउने गरेको र तीमध्ये केही डेंगीका बिरामी हुने गरेको उनले बताए ।अस्पतालका अर्का चिकित्सक डा. निरज सिंहले आफूले मात्र नारायणी र एडभान्स अस्पतालमा गरी यसपटक डेंगीका आधा दर्जन बिरामीको उपचार गरिसकेको बताए । ‘प्लेटलेट्स कम भएका र अत्यधिक सिकिस्त भएर आउने डेंगीका रोगी यस पटक कम छन्,’ उनले भने, ‘तर १ सय ४ डिग्रीसम्मको उच्च ज्वरो आउने, जिउ दुख्ने जस्ता लक्षण भएका बिरामी बढी छन्, वृद्धवृद्धाहरु बेहोस भएर आउनेहरु पनि छन् ।’

    गत वर्ष वीरगन्जमा डेंगीसँगै मलेरिया रोगको प्रकोप पनि देखिएको थियो । गत वर्ष वीरगन्जमा चिकित्सकहरुको सम्पर्कमा आएका डेंगी संक्रमितमध्ये अधिकांश संघीय राजधानी काठमाडौं तथा हेटौंडा बस्ने वा दैनिक आउजाउ गर्नेहरु बढी रहेका थिए । काठमाडौंसम्म सुमो चलाउने चालक तथा काठमाडौंबाट फर्किएका विद्यार्थीहरुमा बढी डेंगी संक्रमण देखिएको थियो । वीरगन्ज महानगर स्वास्थ्य महाशाखाका सहसंयोजक अनिशकान्त कुशवाहाले मंगलबारमात्र आफूसमेत महाशाखाका अन्य जनशक्तिले महानगरका विभिन्न अस्पतालमा पुगी तथ्यांक संकलन गर्दा डेंगीका ८ जना संक्रमित अस्पतालमा भर्ना भएर उपचाररत रहेको पाइएको बताए । तीमध्ये ४ अन्य जिल्लाका र एक भारतीय नागरिक हुन् । संक्रमण प्रकोपका रुपमा फैलिँदै गएकाले अस्पताल र सरोकारवालाहरुबीच आपसी समन्वय तथा तालमेल बनाउन मंगलबारदेखि ह्वाट्सएप ग्रुप सञ्चालनमा ल्याइएको उनले बताए ।

    उनका अनुसार मंगलबार नै विभिन्न टायर बिक्रेताहरुको पसलको स्थलगत अनुगमन गर्दा टायरमा जमेको पानीमा डेंगी सार्ने लामखुट्टेका लार्भा भेटिएको छ। महानगरका स्वास्थ्य महाशाखा, सरसफाइ महाशाखा तथा नगर प्रहरी समेतका जनशक्तिको टोलीले मंगलबारबाटै ‘सर्च एण्ड डिस्ट्रोय अभियान’ पनि चलाएको उनले जनाए । वीरगन्ज महानगरमा बर्सेनि फैलिने डेंगीको प्रकोपको मुख्य कारक टायरमा जम्ने पानी नै हुने गरेको छ । यस वर्ष पनि टायरमा जमेको पानी फाल्ने र व्यवसायीलाई टायरमा पानी जम्न नदिने गरी टायर भण्डारण गर्न सचेत गराइएको उनले बताए । यससँगै स्थानीयको छतमा रहेका ओभर हेड ट्यांकी, गमला, एसी, पानीका बोतल आदिमा डेंगु फैल्याउने लामखुट्टेको लार्भा खोजेर नष्ट गरिने अभियान छ । महानगरको कार्यालयले लामखुट्टे नियन्त्रणका लागि अविलम्ब औषधि छर्ने अभियान सञ्चालनको तयारी गरी रहेको पनि उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑