वीरगंज । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो अवैध सुन बरामद गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौँको विशेष टोलीले एक किलो सुनसहित त्यसमा संलग्न एक जनालाई पक्राउ गरेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ।
उक्त सुन विदेशबाट ल्याएको भए पनि अप्रेसन चलिरहेकाले विस्तृत विवरण खुल्न बाँकी रहेको प्रहरी स्रोतले बताएको छ।