वीरगंज । पर्साको ग्रामीण भेगमा जंगलबाट अवैध फडानी गरि ल्याइएको सालको काठ चिरान गर्दै गरेको अवस्थामा तीन जना पक्राउ परेका छन् । पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ रामभौरीभाथा टोलमा सालको गोलीया काठ आराले चिर्दै गरेको अवस्थामा सोमबार दिउँसो ३ जना पक्राउ परेका हुन् ।
वन कार्यालयको टोलीले उक्त स्थानबाट ३ थान सालको चिरान काठपनि बरामद गरेको छ । पक्राउ पर्नेहरुमा पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर २ घुसुकपुरका बिन्दा राय थारु,खेदारु दास थारु र प्रेम दास थारु रहेका छन् ।
बरामद ११ क्युबिक फिट चिरान काठसहित तीनै जनालाई डिभिजन बन कार्यालय पर्सामा पठाईएको सब डिभिजन बन कार्यालयका रेन्जर कपिलदेव यादवले जानकारी दिए ।