• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बर्दिबास अस्पतालमा अप्रेसन बन्द, सेवाग्राही हैरान

  • वीरगंज संजाल
  • २२ भाद्र २०८०, शुक्रबार २०:००
  • १५६५

    वीरगंज । बर्दिबास अस्पतालमा प्रसूतिका लागि गराइने शल्यक्रिया बन्द हुँदा गरिब र निम्न आय हुने परिवारका लागि समस्या भएको छ । तीन सातादेखि सेवा बन्द हुँदा गरिब र निम्न आय हुने सर्वसाधारणलाई प्रसूतिका लागि निजी अस्पताल वा टाढाको सरकारी अस्पताल जानुपर्दा हैरानी भएको हो । यहाँको सेवा बन्द भएपछि शल्यक्रिया गरिनुपर्ने यस्ता महिलालाई चर्को शुल्क पर्ने निजी अस्पताल र टाढाको सरकारी अस्पताल जानुपर्ने बाध्यताले श्रमजीबि परिवारका लागि खर्चको जोहो गर्न कठिन भएको पीडित कल्पना विक बताउछिन् ।

    अस्पतालले गत साउनमा शल्यक्रियाबाट बच्चा निकाले पछि आमाहरूमा एकपछि अर्कोमा गर्दै सङ्क्रमण बढ्दै गएकाले यही भदौ १ गतेदेखि शल्यक्रिया बन्द गरेको हो । साउनमा शल्यक्रियाबाट सुत्केरी गराइएकामध्ये १० जनामा सङ्क्रमण देखिएकाले तत्काल यो सेवा (शल्यक्रिया) बन्द गरिएको अस्पताल प्रशासनले स्वीकार गरेको छ तर शल्यक्रिया गरिनपर्नेबाहेक अन्य सेवा भने यथावत रहेका अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा कृष्णा महर्जन बताउछिन् । “शल्यक्रिया गरिएका सुत्केरी आमामा सङ्क्रमण देखिन थाल्यो, त्यसैले त्यसको निदानपछि फेरि सेवा सुरु गर्नेगरी तत्काललाई शल्यक्रिया रोकिएको हो”, उनले भनिन् । अस्पतालले गत साउनमा मात्रै दुई सयभन्दा बढी महिलालाई प्रसूति सेवा दिएकामा ८० जनाको शल्यक्रिया गरिएकोे थियो । शल्यक्रिया गरिएमध्येकै आठ÷दस जनामा सङ्क्रमण देखिएपछि भदौ १ गते नै यो सेवा रोकिएको डा महर्जनले बताइन् ।

    शल्यक्रिया गरिएकामा सङ्क्रमण देखिन थालेपछि शल्यक्रिया कक्षको पानी र सुत्केरी सुताइने श्ययाको स्वाब परीक्षण गरिँदा जीवाणु भेटिएपछि यो सेवा बन्द गर्नु परेको अस्पताल प्रशासनले स्पष्ट पारेको छ । शल्यक्रियाकक्ष साँघुरो कोठामा सञ्चालन गरिएको र सरसफाइमा राम्रो ध्यान नदिँदा सुत्केरीमा सङ्क्रमण बढेको अस्पताल नजिकका सर्वसाधारण बताउँछन् । “अस्पतालले एकपछि अर्को सेवा थप्दै लगेपछि अब सरकारी अस्पतालमै राम्रो उपचार पाइने आश जागेको थियो”, अस्पताल नजिककैकी एक गृहिणी भन्छिन्, “तर अस्पतालको भर देखिएन ।” साँघरो ठाउँमा आवश्यक सावधानी र सुरक्षाका उपाय अवलम्बनमा लापर्वाही गरिँदा नै सङ्क्रमण बढेको अस्पतालको सेवालाई नजिकबाट नियालिरहेका एक स्वास्थ्यकर्मीको भनाइ छ । अब यो सङ्क्रमण बढ्नाको कारण र यसमा भएको लापर्वाहीको खोजीनीति गरेर आवश्यक कारबाही नगर स्वास्थ्य शाखाले गर्नपर्ने सर्वसाधारणको टिप्पणी छ ।

    यसैबीच अस्पताल प्रशासनले शल्यक्रियाकक्ष फराकिलो बनाएर सरसफाइ र आवश्यक मर्मतसम्भार गरिएको जनाएको छ । अब यो नयाँ कक्षको स्वाब परीक्षण गरेर सोको नतिजा ‘नेगेटिभ’ आए तत्काल सेवा सुरु गरिने अस्पतालका मेडिकल अधिकृत डा चन्द्रमणि खत्रीको भनाइ छ । “यो परीक्षणको नतिजा ‘नेगेटिभ’ आए त तत्काल शल्यक्रिया थालिन सक्छ, तर ‘पोजेटिभ’ आए अझै थप तयारी गरेरमात्र सेवा सुरु गर्न पर्छ”, उनी भन्छन् । निजी अस्पताल सञ्चालकसँगको मिलोमतोमा जानाजान यस अस्पतालमा प्रसूतिका लागि शल्यक्रिया गरिँदा लापर्वाही गरिएको हुनसक्नेसम्मको लख काट्ने सर्वसाधारण पनि भेटिएका छन् । सुत्केरी सेवाका लागि मधेस प्रदेशमै बर्दिबास अस्पताल कहलिएको थियो । अस्पतालको सेवाबारे सकारात्मक सन्देश प्रवाह हुँदा यहाँ जिल्लाकै तल्लो भेगसम्मका र सर्लाही, धनुषा र सिन्धुलीसम्मका गर्भवती महिला जाँच र सुत्केरी सेवा लिन आउने गरेका थिए । अस्पतालको सेवाबारे बर्दिबास नगर नेतृत्वले सुविधा र नियमित अनुगमन बढाउन पर्ने स्थानीय सेवाग्राही बताउँछन् । आवश्यक पूर्वतयारी गरेर चाँडै यो सेवा सञ्चालनमा ल्याउन सर्वसाधारणले नगर नेतृत्वसँग माग गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑