वीरगंज । पर्साकाे ठाेरी गाँउपालिकामा आज शाेक विदा दिइएकाे छ । तत्कालीन ठाेरी गाँउपञ्चायतका प्रधानपञ्च सुबेदार दलबहादुर क्षेत्रीकाे निधन भएकाे शाेकमा ठाेरी गाँउपालिकाले शाेक विदा दिइएकाे हाे ।
कास्कीको घान्द्रुकमा विक्रम संवत १९८२ मंसिर २७ गते जन्मिएका क्षेत्रीकाे ९८ वर्षकाे उमेरमा आफ्नै निवासमा बिहीबार निधन भएकाे हाे ।
प्रधानपञ्च क्षेत्रीकाे निधन भएकाे शाेकमा ठाेरी गाँउपालिकाकाे गाँउपालिकाकाे कार्यालय , मातहतका वडा कार्यालय, शिक्षण संस्था र स्वास्थ्य संस्थामा आज शाेक विदा दिने निर्णय गरिएको ठाेरी गाँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णलाल श्रेष्ठले बुधबार जारी गरेकाे सुचनामा उल्लेख छ ।