• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    चार लेनको सडक निर्माणको लागि पथलैया–कमला सडकखण्डमा ३० हजारभन्दा बढी रूख काटिने

  • वीरगंज संजाल
  • Sep 6, 2023, 4:16 pm
  • ४७३

    वीरगंज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मधेस प्रदेशको पूर्वमा सिरहादेखि पश्चिममा बाराको पथलैयासम्म चार लेनको सडक निर्माणको काम भइरहेको छ । विसं२०२१ मा तत्कालीन सोभियत सङ्घको सहयोगमा निर्माण भएको दुई लेनको पूर्व–पश्चिम राजमार्गलाई अहिले विश्व बैङ्कको लगानीमा स्तर वृद्धि गरेर चार लेनको बनाउने काम सुरु भएको हो । विश्व बैङ्कले दिन लागेको रु ८८ अर्ब ऋण सहयोगबाट दुई लेनको पूर्व–पश्चिम राजमार्गलाई चार लेनको सडक निर्माण गर्न सुरु गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत एक सय ३० किलो मिटर सडकलाई पथलैया–ढल्के र ढल्के–कमला गरी दुई प्याकेजमा बिभाजन गरेर अहिले सडकको साइड क्लियर गर्नेलगायत काम सुरु गरिएको पथलैया–ढल्के–कमला सडक योजना प्रमुख दीपेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार यस योजनाअन्तर्गत निर्माण हुने एक सय ३० किलोमिटर सडक जङ्गल क्षेत्रमा २७ मिटर चौडा र सहरी क्षेत्रमा ५० मिटरको चौडा रहनेछ ।

    सडक विभाग, वैदेशिक सहायता कार्यान्वयन महाशाखाले पथलैया, निजगढ, चन्द्रनिगाहपुरलगायत सात स्थानमा सार्वजनिक सुनुवाइ गर्नाका साथै स्थानीयवासीको राय, सुझावसमेत लिएर काम सुरु गरेको उनले बताए । बस्ती र सहरी क्षेत्रमा ५० मिटर लिइने जग्गामा चार लेनको सडकसँगै नाला, सडकपेटीसहित साइकल लेनसमेत निर्माण गर्ने गरी कार्यहरू सुरु भइसकेको र अन्य स्थानहरूमा सडकको दुवैतर्फ सडक निर्माण गरिने आयोजनाले जनाएको छ । एउटा लेन तीन दशमलव पाँच मिटरको हुने, सडकको दुवै छेउमा रूखबिरुवा तथा फूल रोपिने र दायाँबायाँ साढे दुई मिटर अतिरिक्त कालोपत्र गर्ने योजना रहेको डिपिआरमा उल्लेख छ । सडकमा गुड्दै गरेको सवारी साधन बिग्रिए त्यसलाई पार्किङ गर्न सक्ने व्यवस्थासमेत गरिने आयोजना प्रमुख पाण्डेले बताए ।

    यस सडकखण्डमा रहेको बागमती र कमला नदीको पुलबाहेक सानाठूला गरेर ७२ वटा पुलहरू पनि निर्माण हुनेछन् । साइकल लेन र फुटपाथ छोपिने गरी नाला रहने उक्त सडकको सब बेस २० सेन्टिमिटर र माथिल्लो फिनिसिङ लेबल १४ सेन्टिमिटर रहने डिपिआरमा उल्लेख छ । हाल सञ्चालनमा रहेको कज वे हटाएर आवश्यक स्थानमा बक्स कल्भर्ट निर्माण गर्ने काम भइरहेको छ । पर्यावरणीय हिसाबले यो क्षेत्र संवेदनशील रहेकाले सडकबाट वारपार गर्ने जङ्गली जनावरका लागि ‘एनिमल पास ब्रिज’ पनि निर्माण गर्ने योजना सडक विभागको छ । विद्युत्, पानी, नेटवर्कको पाइपलाइन र वातावरण संरक्षणको विविध पक्षमा अध्ययन गरी डिजाइन तयार गरिएको आयोजनाका प्राविधिकहरुको भनाइ थियो । सडक सीमाभित्रको संरचना हटाउने, रूख कटान गर्ने, पोल सार्ने, कजवे बनाउनेलगायत काम सडक विभागले अगाडि बढाइसकेको छ ।

    यस राजमार्ग पथलैयादेखि कमला खोलासम्मको एक सय ३० मिटर लामो दुई लेनको सडकलाई स्तर वृद्धि गरेर चार लेनको बनाउन ठेक्का लगाइएको सडक विभाग वैदेशिक सहायता महाशाखाका एसडिई बन्दना आचार्यले बताए । उनका अनुसार विश्व बैङ्कको ऋण सहयोगमा सडकलाई चार लेन बनाउन लागिएको हो । तीस हजार आठ सय ७१ सानाठूला रूख कटान गर्ने, प्रतिरूख दस वटाका दरले तीन लाख आठ हजार दुई सय ७० वटा बिरुवा रोपिने विभागले जनाएको छ । चार लेन सडकका रूपमा विकास गर्न लागिएको यस राजमार्गमा लामो तथा छोटो दूरीका गरी दैनिक हजारौँ सङ्ख्यामा सवारी साधन आवतजावत हुने गर्छन् । करिब ६० वर्ष पहिला निर्माण गरिएको पूर्व–पश्चिम राजमार्ग सवारी साधनको चापले साँघुरो हुनाका साथै दुर्घटनाको कारण बर्सेनि ठूलो सङ्ख्यामा भइरहेको मानवीय क्षति कम गराउन वर्षौंदेखि विज्ञहरूले सडक चौडा पार्ने सुझाव दिँदै आएकाले अहिले राजमार्ग विस्तारको काम सुरु भएको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
  • गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!
  • गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    आफुखुशी पेट्रोल पम्प बन्द गर्नेलाई १० लाखसम्म जरिवाना

    बालेनले हटाएका सुरेश आचार्यलाई काँग्रेसले बनायो प्रतिष्ठानको कार्यकारी निर्देशक

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    News

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    News

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑