• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    पर्सामा प्रमुख राजनीतिक दलहरुमा चरम गुटबन्दी

  • वीरगंज संजाल
  • Sep 5, 2023, 5:17 pm
  • ५४१

    वीरगंज । पर्सामा प्रमुख राजनीतिक दलहरुभित्र चरम गुटबन्दी देखा परेको छ । जिल्लाका प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी भित्र विभिन्न गुट उपगुट देखिएका हुन् । आन्तरिक गुटबन्दीकै कारणले कमजोर भएको नेपाली कांग्रेसमा जस्तै अहिले अन्य दलहरुमा पनि गुटबन्दी देखा परेको छ । पार्टी सदस्यताको हिसाबले सबैभन्दा बलियो देखिएको नेपाली कांग्रेसमा संस्थापन पक्ष र संस्थापन इतरबीचको तीब्र गुटबन्दी देखिएको छ । निर्वाचन ताका संस्थापन इतर समूहले सहयोग नगरेको भन्दै अनुशासनको कारवाही समेत गरिएको थियो । अहिले फेरी धमाधम कारवाही फुकुवा गरेको छ । कांग्रेस पर्साका जिल्लाको नेतृत्व चयनदेखि एकलौटी गर्दै आएको संस्थापन पक्षको दबदबा अझै कायम रहेको छ ।

    त्यसको पछिल्लो असर पार्टीको भातृ संगठन नेपाल मुस्लीम संघमा पनि परेको छ । पार्टी नेतृत्वले विधान विपरित गुण्डागर्दी शैलीमा मुस्लीम संघको नेतृत्व चयन गरेको भन्दै निवर्तमान अध्यक्ष जाकिर हुसैन समूहले पत्रकार सम्मेलन गरेर नै अधिवेशन स्थगित गरेको जनाएको छ । सांगठनिक हिसाबले बलियो र चुस्त देखिएको नेकपा एमाले भित्र पनि व्यापक असन्तुष्टि र गुटबन्दी देखिएको छ । नेकपा विभाजनपछि पूराना कम्युनिष्ट नेताहरु भन्दा नवप्रवेशीहरु हावी हुँदा पार्टीमा व्यापक असन्तुष्टि बढेको हो । एमाले पार्टी भित्र देखिएको चरम गुटबन्दीकै कारणले जयप्रकाश थारुको नेतृत्वको जिल्ला कमिटि विघटन गर्नु परेको थियो । त्यसपछि पनि अहिले सचिवालय गठनमा व्यापक अनतुष्टि देखिएको छ । जनाधार नभएका नेतृत्वहरुले सचिवालयमा नयाँ नयाँ व्यक्तिहरुलाई राखेर पार्टीलाई ध्वस्त पार्न खोजेको असन्तुष्ट पक्षले आरोप लगाएका छन् । आन्तरिक गुटबन्दी र द्वन्द्व समाधान गर्न जिल्ला इञ्चार्जहरु हेरफेर गरेपनि जिल्ला नेतृत्वले आन्तरिक गुटबन्दीलाई नै थप मलजल गरेको एमालेका एक जिम्मेवार नेताले बताए । पार्टीमा केन्द्रीय सस्दय निर्मला देवकोटा, प्रभु हजरा र संयोजक डाक्टर विश्वम्भर शर्माकै कारणले पार्टी पूराना नेताहरु पाखा लागेको र पार्टी कमजोर बनाउने लगेको ती नेताले आरोप लगाएका छन् ।

    संयोगले तीनैजनाको घर एउटै वडामा पर्छ । वडामा जनाधार नभएको नेताहरुले नै पार्टी सञ्चालनको नेतृत्व पाउँदा पार्टी कमजोर भएको उनको बुझाई छ । देवकोटा, हजरा र शर्मा तीनै जनाको घर वीरगन्ज महानगरपालिकाको वडा नम्बर १५ मा पर्छ । उनीहरुले अहिलेसम्म आफ्नो वडामा एउटा वडा अध्यक्ष पनि जिताउन नसकेको असन्तुष्ट नेताको तर्क छ । पछिल्लो समयमा राम्रो पकड जमाउन सफल रहेको उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा पनि दुईगुट देखिएको छ । स्थानीय तहको निर्वाचनदेखि नै पार्टीमा देखिएको अन्तरिक द्वन्द्व प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा केही हदसम्म समाधान मत्थर भएको थियो । त्यसपछि पुनः द्वन्द्व शुरु भएको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रदीप यादव समूह र पार्टीका जिल्ला अध्यक्ष रामनरेश यादवपक्षबीच गुटबन्दी शुरु भएको हो । पार्टीका केन्द्रीय उपाध्यक्ष तथा मधेस प्रदेशका पूर्व मुख्यमन्त्री लालबाबु राउत, मधेस प्रदेश अध्यक्ष रामबाबु यादव लगायत संस्थापन पक्ष जिल्ला अध्यक्ष रामनरेश यादव पक्षमा नै रहेका छन् भने सांसद प्रदीप यादवको पक्षमा वीरगन्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, जसपा पार्टीका महानगर अध्यक्ष इश्वर यादव लगायतका रहेका छन् । जसपा भित्रको गुटबन्दी सार्वजनिक सभा समारोहमा गरिएको भाषणले पनि स्पष्ट देखिएको छ ।

    पार्टीको महानगरपालिकको विस्तारित भेलामा सांसद यादवले जिल्ला अध्यक्षले पार्टीलाई एनजीओ जस्तो चलाउन खोजेको आरोप लगाउनु भएको थियो । त्यस्तै जिल्ला अध्यक्ष रामनरेश यादवले भने पार्टीको नेतृत्व विरुद्ध नै नाराबाजी गर्ने पार्टीको झण्डा समेत जलाउन लगाएर पार्टीमा अराजकता देखाएर पटक पटक कारवाहीमा परिसकेको व्यक्तिले पार्टी संगठनको नेतृत्व प्रति लगाएको आरोप निरर्थक रहेको बताउनु भएको छ । जनयुद्धबाट स्थापित अर्को पार्टी नेकपा माओवादी पार्टीको संगठन झन कमजोर भएको छ । २ण्७४ सालको स्थानीय तहको निर्वाचनमा ३ वटा स्थानीय तहको प्रमुख जित्न सफल भएको नेकपा माओवादी पार्टी नेकपाको फुटपछि एउटा प्रदेशसभा निर्वाचन क्षेत्र र दुईवटा वडा मात्रै जित्न सफल भएको छ । एकअर्काको नेतृत्व स्वीकार गर्न नसक्दा नेकपा माओवादी केन्द्र पर्सामा नेता बाहेक कार्यकर्ता र संगठन निर्माण हुन सकेको छैन । अहिले माओवादी केन्द्रले शुरु गरेको तीन महिना अभियान चलाएर पार्टीलाई वडा स्तरबाट नै मजबुद बनाउने गरी नेता कार्यकर्ताहरुलाई खटाएको छ । तथापी यसभित्र पनि नेताहरुले गुटबन्दीको राजनीति गर्न छोडेका छैनन् । खासगरी माओवादी केन्द्र भित्र जनयुद्धबाट आएका नेता कार्यकर्ता र खुला राजनीति पछि प्रवेश गरेका र नारायणकाजी श्रेष्ठ नेतृत्वको जनमोर्चासँग पार्टी एकतापछि पर्सा जिल्लामा चरम गुटबन्दी देखिएको हो । माओवादी केन्द्रका नेताहरु एक आपसमा नमिल्ने र अन्य पार्टीहरुसँग मिलेर आफ्नै पार्टीका नेताहरु विरुद्ध लाग्ने प्रवृत्तिले पार्टी कमजोर भएको हो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बनमा परेकाे मेयर पद भयाे फुकुवा

    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑