• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    जनकपुरको नवजीवन हस्पिटलमा घुडाको अप्रेसनमा चरम लापरबाही, भित्रै कपडा छाडेर लगाइदियो टाँका

  • वीरगंज संजाल
  • १७ भाद्र २०८०, आईतवार १८:५८
  • १२६९

    वीरगंज । जनकपुरधामको नवजीवन हस्पिटलमा बिरामीको घुँडामै शल्यक्रियामा चरम लापरबाही भएको घटना बाहिरिएको छ । महोत्तरीको भंगहा नगरपालिका ९ का ३० वर्षीय मन्दीप यादवको बायाँ घुडाको घाउको शल्यक्रियाको क्रममा हस्पिटलले गज (कपडा) छाडेको हो । गज भित्रै छाडेर टाँका लगाएपछि घाउ झन् बल्झिदा पुनः शल्यक्रिया गरेपछि गज फेला परेको छ । जनकपुरधामको बाह्रविघाको उत्तरी पूर्वकुना नजिक रहेको नवजिवन हस्पिटलमा भदौ ५ गते हस्पिटलमा मन्दीपको घाउको शल्यक्रिया गरेको थियो । साउन ४ गते आफैले चलाएको मोटरसाइकल दुर्घटना भएपछि चोट लागेर घुडामा घाउ भएको थियो ।

    मन्दीपका अनुसार हाड जोर्नी तथा नशा विषेशज्ञले हाडटुटफुट नभएको भन्दै सर्जनसंग चेकजाँच गराउन सल्लाह दिएका थिए । साउन ३२ गते बाह्रविघा मैदानको पश्चिम दक्षिण हस्पिटल रोडमै रहेको नारायण इ.एन.टी. एण्ड प्लास्टिक सर्जरी सेन्टरमा बस्ने एमबीबीएस पढेका कन्सलटेन्टक प्लास्टिक, रिकन्सट्रक्टीभ एवं ह्याण्ड सर्जन डा. मुकुन्द झा समक्ष चेक गराउन पुगे । चिकित्सकले शल्यक्रिया गरे घाउ निको हुने आश्वासन दिए । सोही दिन डा. झाले नवजीवन हस्पिटलमा भर्न हुन भने । साँझ ४ बजे शल्यक्रिया गरे । तीनदिन ड्रेसिंग पश्चात घाउमा आठ वटा टाका लगाए । एकसातापछि डिस्चार्ज गरे । जसको शल्यक्रिया शुल्क ४५ हजार र अस्पतालको छुट्टै ३५ हजारमध्येबाट २० हजार लिएको मन्दीपका दाई सन्तोष यादवले बताए । घर पुगेर ड्रेसिंग गर्न चिकित्कले सल्लाह दिएको थियो । दुईतीनदिन घरमा ड्रेसिंग गर्दा घाउबाट पीप आउन थाल्यो । शंका लागेपछि चिकित्सकलाई फोन गर्दा उठाउन छाडे । अर्का चिकित्सकसंग देखाएपछि भित्र केही त्रुटि भएको हुन सक्ने आशंका गरे । गत भदौ १२ गते मन्दीप प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भए । पुनः शल्यक्रिया गर्नुपर्ने चिकित्सके सुझाव दियो । अर्थोपेडिक सर्जन डाक्टर सन्दीप शर्माले शल्यक्रिया गरे । शल्यक्रियको क्रममा घाउमा भित्रै छाडिएको गज फेला परेको डा. शर्माले बताए ।

    ‘अन्यत्र कतै अप्रेसन गराउनु भएको थियो । तर निरन्तर घाउबाट पिप आउने गरेको भन्नु भयो । मैले चेक गरे । शंका लागेर टाकाँ खोले । अलि भित्र मात्रै केही वस्तु जस्तो लाग्यो । निकालेपछि गज थियो’ डा. शर्माले भने ‘निकालेर फेरि सरसफाई गरी टाँका लगाइदिएको छु । हाडमा केही समस्या छैन । अहिले आराम छ ।’ यस्तोमा समयमै भित्र छाडिएको वस्तु निकाल्न नसके इन्फेक्सन भएर जे पनि हुन सक्ने डा. शर्माको भनाइ छ । समयमै चेकजाँच नगराएको भए घुँडा नै काटेर हटाउन सक्ने अवस्था हुन्थ्यो भनेर चिकित्सकले भनेको पीडित मन्दीप बताउँछन् । ‘बल्ल समयमै चेकजाँच गराएर मेरो खुट्टा बाँच्यो । केहीदिन अझै चेक नगराउँदा मेरो खुट्टा गुम्थ्यो’ मन्दीपले भने ‘उपचारमा चरम लापरबाही गर्ने डा. झा र नवजीवन हस्पिटललाई कारबाही हुनुपर्छ ।’ घाउ भित्रै गज छाडेको घटना सुनेपछि शल्यक्रिया गरेका चिकित्सक डा. मुकुन्द झा क्लिनिक बन्दै राखेका छन् । उनको छेउका व्यवसायीहरुले केहदिनदेखि सटर बन्द नै रहेको बताए । उनको बोर्डमा लेखिएको मोबाइल नम्बर समेत डा. झा अफ गरेका छन् ।

    बिरामी मन्दिपका दाई सन्तोष यादवले उपचारका नाममा ठगी तथा बिरामीको जीवनसंग खेलबाड गर्ने जस्ता अपराध गरेको भन्दै क्षतिपुर्ति तथा कारबाहीको माग गर्दै चिकित्क र हस्पिटलमाथि कारबाहीको लागि नेपाल मेडिकल एशोसिएशन (एनएमसी) समक्ष उजुरी गरेका छन् ।‘डा. मुकुन्द झाले मानिसको जीवनसँग खेलबाड गरेको, गम्भिर लापरबाही गरेको र ठगी गरेकोले कानुन बमोजिम क्षतिपुर्ती भराइदिन र हदैसम्मको कारबाही गर्न उजुरी गरेको छु’ सन्तोषले भने । यता नवजीवन हस्पिटलका म्यानेजर संजिव साहले आफ्नो हस्पिटलमा बिरामीको दुईपटक शल्यक्रिया भएको बताए । तर बिरामी डिस्चार्ज भएर गएपछि पुनः समस्या हुँदा सम्पर्कमा नआएको तर्क गरे । ’डिस्चार्ज भएर गएपछि बिरामी हाम्रो सम्पर्कमा आएको छैन । त्यसपछि के भयो हामीलाई थाहै भएन’ उनले भने ’ केही समस्या भएपछि हाम्रो सम्पर्कमा आउनु पर्थ्यो नि । अप्रेसनको डाक्टरले आफ्नो शुल्क लियो । हस्पिटलको ३२ हजार थियो । त्यसमा २० हजार मात्रै हामीले लिएका हौं ।’ उनले डाक्टर झा आफूहरुको सम्पर्कमै रहेको दावी गरे । जनकपुरधामको निजी हस्पिटलमा पछिल्लो समय बिरामीको उपचारमा चरम लापरबाहीको घटना सृङखलावद्ध रुपमा भइरहेको छ । जसले बिरामीको मृत्यु हुने र अन्तमा मिलापत्र गरेर ढाकछोप गर्ने प्रवृति छ । तर तीनै तहको सरकार र प्रहरी प्रशासन मुकदर्शक बसेका छन् । यसले निजि हस्पिटलमा बिरामीको असुरक्षा बढेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना
  • समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ
  • मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै
  • पर्साको जमुनिया खोलाबाट अवैध गिट्टी–बालुवा उत्खनन्, दुई ट्याक्टर नियन्त्रणमा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    पर्साको जमुनिया खोलाबाट अवैध गिट्टी–बालुवा उत्खनन्, दुई ट्याक्टर नियन्त्रणमा

    तेस्रो मुलुकतर्फ नेपाली छुर्पीको निर्यात उत्साहजनक, ८८ करोड बराबरको निकासी

    वीरगंजको खानेपानी समस्या समाधान गर्न महत्वपूर्ण छलफल सम्पन्न, ६ आयोजना तुरुन्त सुरु हुने

    अमेरिकामा प्रहरीले रिपोर्टिङ गरिरहेकी पत्रकारलाई सार्वजनिक स्थानमा गोली हाने, भिडियो सार्वजनिक

    वीरगञ्जमा कार दुर्घटना: एकको मृत्यु, तीन गम्भीर घाइते

    सुनचादिमा लगाईएको १३ % मुल्य अभिवृद्धि कर प्रति व्यवसायी संघ पर्साद्वारा आपत्ति

    सडक सुरक्षाका लागि वीरगञ्जमा ट्राफिक जनचेतना कार्यक्रम

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    पर्साको जमुनिया खोलाबाट अवैध गिट्टी–बालुवा उत्खनन्, दुई ट्याक्टर नियन्त्रणमा

    तेस्रो मुलुकतर्फ नेपाली छुर्पीको निर्यात उत्साहजनक, ८८ करोड बराबरको निकासी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    News

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    News

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    News

    पर्साको जमुनिया खोलाबाट अवैध गिट्टी–बालुवा उत्खनन्, दुई ट्याक्टर नियन्त्रणमा

    News

    तेस्रो मुलुकतर्फ नेपाली छुर्पीको निर्यात उत्साहजनक, ८८ करोड बराबरको निकासी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑