• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    उपेन्द्र यादवको राजनीति सिध्याउन गौर घटना उचालियोः जसपा प्रवक्ता

  • वीरगंज संजाल
  • Sep 3, 2023, 11:44 am
  • ३१३

    वीरगंज । जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं प्रवक्ता मनिष सुमनले पार्टीका अध्यक्ष उपेन्द्र यादवको राजनीति समाप्त गर्ने उद्देश्यले गौर घटनाको फाइल खोलिएको दाबी गरेका छन् । जसपा नेपाल निकट बौद्धिक पेसाकर्मी महासंघ नेपालले शनिबार आयोजना गरेको ‘गौर राजनीतिक घटनाको यथार्थ र सरकारको भूमिका’ विषयक विचार गोष्ठीमा प्रवक्ता सुमनले संघीयता र गणतन्त्रका लागि लडेका जसपाका अध्यक्ष यादवलाई विवादमा तान्न, राजनीतिक रूपमा समाप्त गर्न र विवादमा ल्याउन षड्यन्त्रपूर्वक गौर घटनालाई बाहिर ल्याइएको दाबी गरे ।

    जो व्यक्ति घटनास्थलमा उपस्थित नै थिएन, ती व्यक्तिलाई पनि घटनामा मुछिएको बताउँदै उनले केही व्यक्तिलाई फँसाउन खोजेको कुरा प्रष्ट भएको बताए । तत्कालीन मधेशी जनअधिकार फोरमले गौर राइस मिलमा कार्यक्रम गर्ने भनेर स्थानीय प्रशासनबाट अनुमति लिएको तर माओवादीले दुई दिन अगाडि कार्यक्रमको घोषणा गरेर प्रचार प्रसारमा लागेको र स्थानीय प्रशासनसँग अनुमति पनि नलिएको उनको भनाइ थियो । स्थानीय प्रशासनले पटक–पटक कार्यक्रम स्थगित गर्न आग्रह गर्दा, सामूहिक छलफलका लागि बोलाउँदा पनि तत्कालीन माओवादी नेता प्रभु साह बैठकमा नआएको र जानी जानी गौर घटना गराएको उनले दाबी गरे । ‘गौर घटनाको कोही दोषी छन् भने त्यो प्रभु साह हुन्, उनलाई कारबाही हुनुपर्छ,’ उनले माग गरे । गौर घटनाको बारेमा त्यतिबेला भएका विभिन्न अध्ययन प्रतिवेदनलाई सरकारले सार्वजनिक गरे सबै कुरा स्पष्ट हुने उनले बताए । जसपाका केन्द्रीय सदस्य जयराम यादवले पनि यदि कुनै राजनीतिक दलको इसारामा गौर घटनालाई उठाउने काम गरिएको हो भने त्यसले माओवादी अध्यक्ष प्रचण्डलाई नै घाटा हुने चेतावनी दिए ।

    जसपाका अध्यक्ष यादवलाई पूर्वाग्रही ढंगबाट फँसाउने काम भयो भने प्रचण्डलाई नै असर पर्ने बताउँदै उनले यादवको सहयोगमा पटक–पटक प्रधानमन्त्री बनेका प्रचण्ड आफ्नै कारणले समाप्त हुने जिकिर गरे । उनले भने, ‘उपेन्द्र यादवमाथि कुनै पनि किसिमको षड्यन्त्र भयो भने त्यो राज्यका लागि पनि हानिकारक छ ।’प्रधानमन्त्री प्रचण्डले आफ्नो सरकार जोगाउनका लागि यो षड्यन्त्र गरिरहेको दाबी गर्दै उनले जसपासँग भिड्ने दुस्साहस नगर्न चेतावनी दिए । उनले भने, ‘फेरि त्यस्तै आन्दोलन नहुने भन्न सकिँदैन । बेलैमा प्रधानमन्त्री प्रचण्डलाई सचेत रहन आग्रह छ ।’ डा।विजय मिश्रले उपेन्द्र यादवलाई फँसाउने षड्यन्त्र भइरहेको बताए । उनले भने, ‘उपेन्द्र यादवले राजनीतिमा जुन हाइट लिनुभएका छ, त्यसलाई समाप्त गर्नका लागि षड्यन्त्रपूर्वक यो गौर घटनालाई उचालिएको छ ।’ यादव घटनास्थलमै नभए पनि जानीजानी उनलाई फँसाउने काम भइरहेको उनले दाबी गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम
  • सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    News

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑