• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    मिटरब्याजी पीडित प्रशासनबाट थप पीडित

  • वीरगंज संजाल
  • १७ भाद्र २०८०, आईतवार ०९:५१
  • १५८५

    वीरगंज । सर्लाहीको चन्द्रनगर गाउँपालिकाका मिटर ब्याजीबाट पीडितहरु न्यायका लागि महिना दिनदेखि जिल्ला प्रशासन कार्यालय सर्लाही धाएको छ । तर, जिल्ला प्रशासन कार्यालयले सुनुवाई नगरेको मिटरब्याजी पीडितहरुको गुनासो छ । उनीहरुले मिटर ब्याजी बिरुद्ध उजुरी दिएको महिना दिन भन्दा बढी भइसकेको छ । जिल्ला प्रशासनमा दर्ता गराएको उजुरीको आधारमा पीडित र पिडक पक्षबीच छलफलको लागि दिइएको समयमा आफुहरु उपस्थित हुँदै आए पनि पिडक मिटर ब्याजी भने विभिन्न बहाना बनाएर पञ्छिदै आएको पीडितहरुले गुनासो गरे ।जिल्लाकै कबिलासी नगरपालि–८ अगर्वा घरभइ हाल मलंगवा बस्दै आएका बिकाउ राय यादवले ब्याजसहित ऋण चुक्ता गरिसकेपनि जर्बजस्ती कपाली तमसुक बनाएर थप रकम मागेको चन्द्रनगर गाउँपालिकाका दुई दर्जन बढी स्थानीयले आरोप लगाएका छन् ।

    ब्याजको नाममा तेब्बरसम्म असुल्ने गरेको र जमानतको रुपमा राखेको जग्गा पनि फिर्ता गर्न नमानेको भन्दै राय उपर जिल्ला प्रशासन कार्यालयमा उजुरी दर्ता गराएको चन्द्रनगर गापा वडा न–७ बस्ने पीडित विजय भगतले बताए । निवेदन दिएको केही दिन पछि मिटरब्याजी रायलाई पहिलोपटक छलफलको लागि जिल्ला प्रशासन कार्यालयमा बोलाउँदा उनी नआए पछि पुनः दोस्रोपटक समय निर्धारण गरेर बोलाउँदा पनि विभिन्न बहाना बनाएर नआएको पीडित भगतले बताए । अनुचित लेनदेन सम्बन्धि मुद्दा हेर्दै आएका सहायक प्रमुख जिल्ला अधिकारी समक्ष गुनासो लिएर पुगेपछि उनले बिहिवारको समय दिएको र दिएको समयमा उपस्थित नभएको खण्डमा प्रहरी परिचालन गरेर उपस्थित गराउने आश्वासन दिएको भगतले बताए । पीडितलाई न्याय दिलाउने भन्दै गृह मन्त्रालयले आदेश गरेपनि जिल्ला प्रशासन कार्यालयले पहुँचवाला ब्यक्तिको मात्र सुन्ने गरेको गुनासो पीडितहरुको छ । चन्द्रनगर गापा–७ का दिलिप कुमार रायका अनुसार बुवाले बिकाउ सँग २०७३ सालमा २३ कठ्ठा जग्गा धितो राखेर ऋण लिएका थिए । सो वापत २०७६ सालमा चेक द्वारा ७ लाख त्यसपछि २०७७ सालमा २ लाख त्यसपछि विभिन्न समयमा गरि ८ लाख,७ लाख र १८ हजार रुपैया बुझाइसकेको छ ।

    तर उनले मैले पैसा नपाएको भन्दै जग्गा फिर्ता गर्न नमानेको बताए । जग्गा फिर्ता गरिदिन भन्दै बिकाउको घरमा पटकपटक ताकेता गरे पनि फिर्ता गर्न नमानेपछि बाध्य भएर मिटर ब्याजीको मुद्दा दिएको दिलिपले सुनाए । जमानतमा राखिएको जग्गा ऋण चुक्ता गरिसकेपनि फिर्ता गर्नुको साटो लुकाइछिपाइ आफ्नो श्रीमती सीता देवी यादवको नाममा पास गरिसकेकाले न्याय पाउने आशनै मेटिएको उनले दुखेसो पोखे । सोही गाउँका अरु पिडितहरुको दुखेसो पनि दिलिपको जस्तै छ । उनीहरुले पनि सावाँ व्याज वापत जम्मै रकम तिरिसक्दा तिर्न बाँकी नै छ भन्दै मिटर ब्याजी बिकाउ आफुहरुको घरमा पुगिरहने , मान्छे लगाएर घरका सदस्यहरुलाई कुटपिट गर्ने , पैसा नतिरे प्रहरी लगाएर थुन्न लगाउने जस्ता धम्की दिने गरेको दुखेसो पोखेका छन् ।चन्द्रनगर–७ कै एक पडित वृद्धा असिया यादवको पनि गुनासो उस्तै छ । छोराले मिटर ब्याजी बिकाउबाट लिीएको श्रृण मेहनत मजदुरी गरेर कमाएको पैसाबाट तिरिसकेको भएपनि धितो बापत राखेको जग्गाको लालपुर्जा दिन आनाकानी गरिरहेको बताइन।जग्गा फिर्ता माग्न जाँदा पैसा तिरेको छैनस् पहिला पैसा तिर अनि मात्र जग्गा फिर्ता पाउँछस् भन्दै असुली गर्ने बहानामा कयौंपटक घरमै आएर बिकाउले बिरामी अवस्थाको श्रीमान ,छोरा ,बुहारी लगायत घरका अन्य सदस्यहरुलाई निर्घात कुटपिट गरेको उनले रुँदै दुखेसो सुनाइन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट
  • गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग
  • भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत
  • ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    मधेश प्रदेशमा बुधवार सार्वजनिक बिदा

    मेनपावर कम्पनी नवीकरण गर्दा अब गूगल प्लस कोडसहितको गूगल म्याप पनि आवश्यक पर्ने

    सडकमा गाडी रोकेर सामान बेच्ने ३ गाडीलाई ४५ हजार जरिबाना

    समुदाय विपद् स्वयंसेवक परिचालन आधारभूत तालिमको शुभारम्भ

    मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    मतदाताको गुनासो र सुझाव संकलन डिजिटलबाट

    News

    गोर्खा सैनिक र सन्ततिलाई वंशजको नागरिकता कायम राख्न माग

    News

    भन्सार विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रियसभामा स्वीकृत

    News

    ‘वीरगञ्जमा खानेपानी समस्या समाधान चाँडै’

    News

    रवि लामिछानेको पक्राउ प्रतिशोधपूर्ण, गृहमन्त्रीको राजीनामा हुनै पर्छ : बुर्लाकोटी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑