• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    पथलैया-कमला सडकखण्ड चार लेनको बनाइँदै

  • वीरगंज संजाल
  • Aug 30, 2023, 1:39 pm
  • ५३७

    वीरगंज । पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाराको पथलैयादेखि सिराहाको कमला नदीसम्म चार लेनको सडक बन्न लागेको छ। तत्कालीन सोभियत संघको सहयोगमा २०२१ सालमा निर्माण भएको दुई लेनको पथलैयादेखि सिराहाको कमला नदीसम्मको सडक खण्डलाई विश्व बैंकको लगानीमा स्तर वृद्धि गरेर चार लेनको बनाउन लागिएको हो। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विश्व बैंकले दिन लागेको ८८ अर्ब ऋण सहयोगबाट चार लेनको सडक निर्माण गर्न लागिएको बताइएको छ। पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत एक सय ३० किलो मिटर सडकलाई कमला–ढल्के र ढल्के पथलैया दुई प्याकेजमा गरेर अहिले सडकको डिपिआर निर्माण गर्ने कार्य भइरहेको कमला–ढल्के–पथलैया सडक योजना प्रमुख दीपेन्द्र पाण्डेले बताएका छन्। योजना अन्तर्गत निर्माण हुने एक सय ३० किलो मिटर सडक जंगलक्षेत्रमा २७ मिटर चौडाइ र शहरीक्षेत्रमा ५० मिटरको चौडाइ रहने पाण्डेले बताए। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई विश्व बैंकले दिन लागेको ८८ अर्ब ऋण सहयोगबाट चार लेनको सडक निर्माण गर्न लागिएको बताइएको छ। सडक विभाग, वैदेशिक सहायता कार्यान्वयन महाशाखाले पथलैया, निजगढ, चन्द्रनिगाहपुर लगायतका सात स्थानमा सार्वजानिक सुनुवाइ गरेर स्थानीयबाट राय, सुझाव समेत लिइएको पाण्डेले बताए। बस्ती र शहरीक्षेत्रमा ५० मिटर लिइने जग्गामा चार लेनको सडकसँगै नाला, सडक पेटीसहित साइकल लेनसमेत निर्माण गर्ने गरी कार्यहरू अगाडि बढाइएको पाण्डेले बताए।

    अन्य स्थानहरूमा सडकको दुबैतर्फ सडक निर्माण गरिने छ। एउटा लेन ३.५ मिटरको हुने उनले बताए। सडकको दुबै छेउमा रुख विरुवा र फूल रोपिनेछ। दायाँबायाँ साढे दुई मिटरको अतिरिक्त पिच गर्ने योजना रहेको सार्वजनिक सुनवाई कार्यक्रममा बताइएको थियो। सडकमा गुड्दै गरेको सवारी बिग्रिए त्यसलाई पार्किङ गर्न सक्ने व्यवस्था समेत गरिने पाण्डेले बताए। यस सडक खण्डमा रहेको बागमती र कमला नदीको पुलबाहेक सानो ठूलो गरेर ७२ वटा पुलहरू पनि निर्माण गरिने पाण्डेले बताए। साइकल लेन र फुटपाथ छोपिने गरी नाला रहने उक्त सडकको सबबेस २० सेन्टिमिटर र माथिल्लो फिनिसिङ लेबल १४ सेन्टिमिटर रहने बताइएको छ । हाल सञ्चालनमा रहेको कज वे लच्का हटाइने र आवश्यक स्थानमा बक्स कल्भर्ट निर्माण गरिने योजना पनि रहेको छ। पर्यावरणीय हिसाबले यो क्षेत्र संवेदनशील रहेकाले सडकबाट वारपार गर्ने जंगली जनावरका लागि ‘एनिमल पास पुल’ पनि निर्माण गर्ने योजना सडक विभागको रहेको छ। विद्युत्, पानी, नेटवर्कको पाइपलाइन र वातावरण संरक्षणको विविध पक्षमा अध्ययन गरी डिजाइन तयार गरिएको कार्यक्रममा सहभागी विज्ञ तथा प्राविधिकले बताएका छन्। सडक सीमाभित्रको संरचना हटाउने, रुख कटान गर्ने, पोल सार्नेसहितका काम सडक विभागले अगाडि बढाइसकेको छ। सडक विभाग, वैदेशिक सहायता कार्यान्वयन महाशाखाले पथलैया, निजगढ, चन्द्रनिगाहपुर लगायतका सात स्थानमा सार्वजानिक सुनुवाइ गरेर स्थानीयबाट राय, सुझाव समेत लिइएको पाण्डेले बताए।

    सडक विभाग वैदेशिक सहायता महाशाखाका एसडिई बन्दना आचार्यले पूर्व–पश्चिम महेन्द्र राजमार्गको पथलैयादेखि कमला खोलासम्मको एक सय ३० मिटर लामो दुई लेनको सडकलाई स्तरवृद्धि गरेर चार लेनको बनाउन ठेक्का लगाउने प्रक्रिया सुरु गरिएको बताएकी छिन्। विश्व बैंकको ऋण सहयोगमा सडकलाई चार लेन बनाउन लागिएको पनि उनले बताइन्। ३० हजार ८ सय ७१ साना ठूला रुख कटान गर्ने, प्रति रुख दश वटाका दरले ३ लाख ८ हजार २ सय ७० विरुवा रोपिने विभागले जनाएको छ। सडकसँग सरोकार राख्ने स्थानीय तहका जनप्रतिनिधि तथा नागरिकले तोकिएकै समयमा निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीको क्षमताको आधारमा सडक निर्माणको जिम्मा दिन सार्वजनिक सुनवाईमा सडक विभागको विज्ञ टोलीसँग आग्रह गरेका थिए। चार लेन सडकको रूपमा विकास गर्न लागिएको यस राजमार्गमा दैनिक हजारौ संख्यामा सवारी साधन आवत जावत हुने गरेको छ। लगभग ६० वर्ष पहिला निर्माण गरिएको पूर्व–पश्चिम महेन्द्र राजमार्ग सवारी साधनको चापले साँघुरो बन्दै गएपछि र सवारी दुर्घटनाको कारणले ठूलो संख्यामा बर्सेनि भैरहेको मानवीय क्षतिमा कमी ल्याउन चार लेनको सडक बनाउन वर्षौंदेखि विज्ञहरूले सुझाव दिँदै आएका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम
  • सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    News

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑