
वीरगंज । सयौँ वर्ष देखि श्रावण शुल्क पक्ष चतुर्दर्शीका दिन वीरगंज घडीअर्वा अशोकवाटीका टोल स्थित बौधिमाईको मन्दिरमा पुजा अर्चना मेला लाग्ने चलन चल्दै आएको छ । जसमा हजारौं भक्तजनहरु आफ्नो भाकल (मनोकामना) पूरा भएकोमा उक्त मन्दिरमा नालियल ,खसीबोका ,हाँस, खुकुराको बलि चढाउदै आएका छन ।
आज उक्त मन्दिरमा हजारौं भक्तजनहरुको घुइचो लगेको थियो जसमा पुरुष भन्दा महिलाहरुको उपस्थिति बढी रहेको थियो । उक्त मेलामा विभिन्न किसिमको मनोरञ्जनात्मक कार्यक्रम पनि गरिएको थियो । सो मन्दिरको प्रथम पुजा मन्दिरका संस्थापक परिवारका गौरी शंकर साह कानु, लखन साह कानु, अमर साह, पासपत साह, मदन साह,



मनोहर साह लगायतका परिवारबाट पुजा सुरु भइ अन्य भक्तजनको लागि पुजा गर्न मन्दिरको ढोका खोलीने गरिएको छ । सयौँ वर्ष अगाडि धनसर साह कानु परिवारद्वारा उक्त मन्दिरको स्थापना गरि हरेक श्रावण महिनाको शुल्कपक्ष चर्तुदर्शीका दिन बौधि माइको पुजा गर्ने चलन चलीआएको उल्लेख गरिएको थियो ।


