• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    वल्डलिंक कम्युनिकेशन लि. वीरगंजको प्रायोजकमा एसियाकप क्रिकेटको पहिलो प्रतियोगिता देखिने

  • वीरगंज संजाल
  • Aug 30, 2023, 10:19 am
  • ५२१

    वीरगंज । रामनिवास कुमार पटेल । वीरगंज माहानगरपालिकाको माइस्थान मन्दिरको प्रागनमा आज एसियाकप क्रिकेटको पहिलो प्रतियोगिता देखिन सकिन्छ । वीरगंज युनाइटेड कलबको समन्वय तथा वल्डलिंक कम्युनिकेशन लि. वीरगंजको प्रायोजकमा यो क्रायक्रम राखिएको छ । एसिया कप क्रिकेटको उद्घाटन खेलमा बुधबार नेपाल र पाकिस्तान भिड्दैछन् । मुल्तान क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजे सूरु हुनेछ । नेपालले पाकिस्तानसँग खेल्दै एसिया कपमा डेब्यु गर्दैछ । नेपालले पाकिस्तानसँग खेल्न लागेको पहिलो पटक हो । पछिल्लो समय अन्तराष्ट्रिय क्रिकेटमा सनसनीपूर्ण प्रर्दशन गरिरहेको नेपालले विश्व क्रिकेटको नम्बर एक टिमसँग खेल्न लागेको हो ।

    गत अप्रिल–मेमा सम्पन्न एसीसी मेन्स प्रिमियर कप क्रिकेटको उपाधि उचालेर नेपाल एसिया कपमा छनोट भएको हो । युएई र हङकङ सम्मिलित प्रतियोगितामा नेपाल च्याम्पियन भएर प्रतियोगिताका लागि छानिएको हो । यसअघिको एसिया कपमा युएई र हङकङले खेलेका थिए ।एकदिवसीय विश्वकप लिग टूका पछिल्ला १२ मध्य ११ खेलमा जित निकाल्दै नेपाल एक दिवसीय विश्वकप छनोट खेल्न पाएको थियो भने एकदिवसीय मान्यता जोगाउन सफल भएको थियो । पाकिस्तान विश्व नम्बर एक ब्याट्सम्यान बाबर आजमको नेतृत्वमा मैदान उत्रनेछ भने नेपाली क्रिकेट टिमलाई रोहित पौडेलले नेतृत्व गर्नेछन् । खेलअघि पत्रकार सम्मेलनमा रोहित पौडेलले दुवै टिममा विश्वस्तरीय ब्याट्सम्यान र बलर भएको उल्लेख गर्दै नेपालले कडा टक्कर दिने बताएका थिए । पाकिस्तानी कप्तान आजमले एसिया कपको सहभागीताले नेपालमा क्रिकेटको विकासमा सहयोग पुग्ने धारणा राखेका थिए ।

    कहिले बाट सुरु भएको थियो प्रतियोगिता?
    ३९ वर्ष अघि १९८४ मा पहिलो पटक एशियाकपको आयोजना भएको थियो। संयुक्त अरब इमिरेट्स(युएई) मा उक्त खेलको आयोजना भएको थियो। पहिलो प्रतियोगितामा पाकिस्तान, श्रीलंका र भारतले हिस्सा लिएका थिए। प्रतियोगिता राउन्ड रोविनका आधारमा भएको थियो। सर्वाधिक खेल जित्न सफल भारत पहिलो प्रतियोगिताको च्याम्पियन बनेको थियो।

    कहिले-कहिले हुन्छ एशियाकप?
    एशियाकप हरेक २ वर्षमा एकपटक आयोजना हुँदै आएको छ। यद्यपि कुनै-कुनै समयमा समयमानै प्रतियोगिता नहुने गरेको छ। प्रतियोगिता १३ पटक एकदिवसीय र २ पटक टी-२० फर्म्याटमा आयोजना भएको छ। कुल १५ पटक प्रतियोगिता यसअघि आयोजना भएको छ। यो पटक प्रतियोगिता एकदिवसीय फर्म्याटमा आयोजना हुँदैछ। देशभित्रको आपसी विवाद र राजनीतिक कारणले प्रतियोगिता १९९१ देखी २००७ मा केवल ४ पटक मात्र आयोजना भएको थियो।

    सर्वाधिक उपाधि जित्ने टिम कुन हो?
    भारतले एशियाकपको सर्वाधिक धेरै ७ उपाधि जितेको छ। भारतले ६ पटक एकदिवसीय र एक पटक टी-२० फर्म्याटको उपाधि जितेको हो। भारतपछि श्रीलंकाले ६ पटक उपाधि जितेको छ। त्यस्तै पाकिस्तान २ पटक च्यम्पियन बन्दा बंगलादेश दुई पटक फाइनल पुगेपनि उपाधिविहीन रहेको छ। यी बाहेकका टिमले भने फाइनलमा स्थान बनाउन सकेका छैन्न। साविक विजेता श्रीलंका हो। गत वर्ष टी-२० फर्म्याटमा भएको प्रतियोगितामा पाकिस्तानलाई हराउँदै श्रीलंकाले उपाधि जितेको थियो।

    कुन-कुन टिम छन् सहभागी?
    प्रतियोगितामा कुल ६ टिम सहभागी छन्। ३-३ टिमका दुई समूह विभाजन गरिएको छ। भारत, पाकिस्तान र नेपाल समूह ‘ए’ मा रहँदा बंगलादेश, श्रीलंका र अफगानिस्तान समूह ‘बी’मा रहेका छन्। प्रतियोगितामा दुवै समूहमा शीर्ष २-२ टीम सुपर-४ मा पुग्ने छन्। सुपर चारमा पनि सबै टिमले एक अर्काविरुद्ध प्रतिस्पर्धा गर्ने छन्। सुपर चारको समूहको शीर्ष २ मा रहने टिमबिच फाइनल भिडन्त हुने छ।

    नेपाल पहिलो पटक सहभागी हुँदै
    एसियाकपको लामो क्रिकेट इतिहासमा नेपाल पहिलो पटक सहभागी हुँदै छ। गत अप्रिलमा काठमाडौंमा भएको एसिसी प्रिमियर कपको उपाधि जितेपछि नेपालले पहिलो पटक एसियाकपमा स्थान बनाएको हो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम
  • सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    News

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑