• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    बारामा दुई सयभन्दा बढी उद्योग खारेज

  • वीरगंज संजाल
  • Aug 29, 2023, 1:06 pm
  • ६२१

    वीरगंज । आर्थिक मन्दीलगायत विविध कारणल बारा जिल्लामा सञ्चालन भएका घरेलु तथा साना उद्योगसहित दुई सयभन्दा बढी पसल व्यवसाय बन्द भएका छन् ।घरेलु तथा साना उद्योग कार्यालय बारा कलैयाका अनुसार आर्थिक वर्ष २०७९/८० मा ९८ वटा घरेलु तथा साना उद्योगको लगतकट्टा भएको छ भने वाणिज्यतर्फ १६१ गरी २५९ वटा उद्योग खारेज भएका छन् । बन्द र खारेजको मुख्य कारण भने बैङ्क ब्याज र लगातारको आर्थिक मन्दी नै रहेको व्यवसायी बताउँछन् ।

    घरेलु तथा साना उद्योग कार्यालय बाराका प्रमुख धर्मेन्द्रलाल कर्णका अनुसार बन्द हुनेमा उद्योगभन्दा वाणिज्य फर्म बढी छन् । बन्द हुने उद्योगमध्ये कृषि तथा वनजन्य उद्योग बढी छन् । आधिकारिक रूपमा बन्द गराउनेको सङ्ख्या यो भए पनि धेरै उद्योग तथा व्यवसाय बन्द भएर कार्यालयबाट सम्पर्कविहीन भएको अवस्था छ । उद्योग र व्यवसाय बन्द भए पनि आधिकारिक रूपमा बन्द नगराइएको व्यवसायी बताउँछन् । केही वर्षअघि विश्व महामारीका रूपमा रहेका कोभिड–१९ को प्रभाव, त्यसपछि बैङ्कले वृद्धि गरेको ब्याज र लगातारको आर्थिक मन्दीका कारण उद्योग तथा वाणिज्य फर्म बन्द भएका हुन् ।

    उद्योग तथा वाणिज्य फर्महरू बन्द भएपछि अहिले पनि बजारमा व्यावसायिक सटर खाली छन् भने उद्योगी तथा व्यवसायी विस्थापित भएका छन् । आव २०७९/८० को एक वर्षको अवधिमा ८९९ वटा घरेलु तथा साना उद्योग दर्ता भएको र ८०६ वटा उद्योग नवीकरण गरी जम्मा एक हजार ७०५ वटा रहेका छन् । यसै गरी ८६६ वटा वाणिज्य (पसल) दर्ता भएको र एक हजार ५८ नवीकरण गरी एक हजार ९२४ वटा (पसल) सञ्चालनमा रहेका छन् । घरेलु तथा वाणिज्यमा चालु तथा स्थिर पुँजी गरी ५७ करोड ७५ लाख सात हजार रुपियाँ लगानी भएको छ । त्यसमध्ये ३० करोड २५ लाख ९७ हजार चालु पुँजी र २७ करोड ४९ लाख १० हजार स्थिर पुँजी रहेको घरेलु तथा साना उद्योग कार्यालयले जनाएको छ ।

    त्यसबाट यस वर्ष एक करोड ३४ लाख ३५ हजार ७३० रुपियाँ राजस्व सङ्कलन भएको सूचना अधिकारी तथा नायब सुब्बा अमोदकुमार यादवले बताउनुभयो । दर्ता भएका उद्योगमा ९११ जना उद्यमी थपिएका छन् । त्यसमध्ये ३९० महिला र ५२१ पुरुष रहेका छन् । आव २०७८/७९ मा ८१० महिला र ९५६ पुरुष उद्यमीको सङ्ख्या रहेको थियो । उत्पादनमूलक उद्योग १३८, कृषि तथा वनजन्य ९९८, पर्यटन चार, सेवामूलक २८२ र लघु चार गरी ८९९ वटा उद्योग रहेका छन् । त्यसमा आजको दिनसम्म एक हजार ६६२ महिला र दुई हजार ७८४ पुरुष गरी चार हजार ४४६ जनाले रोजगार प्राप्त गरेका छन् । आव २०७८/७९ मा तीन हजार १६८ महिला र सात हजार ९४६ पुरुष गरी ११ हजार ११४ जनाले रोजगार प्राप्त गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम
  • सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन
  • नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न
  • कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    गगनको घरमा शंकास्पद गाडी,स्थानिय भन्छन्-‘गाडी राखेर ती मान्छे प्रहरीको गाडीमा चढेर गयो’

    महिलाको चरित्र हत्या गरेको आरोपमा दुई पक्राउ

    नदी तर्न डुंगाकै भर

    आइतबारको उछालपछि सोमबार सुनको मूल्यमा ठूलो गिरावट, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

    सुधन गुरुङको पर्सा नाका भ्रमणपछि प्रहरीको ‘देखावटी कारबाही’को तयारी ?

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    News

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    News

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    News

    कान्तिपुर सञ्चारगृह अगाडि फेला परेको शंकास्पद गाडी रास्वपा नेता रवि जयसवालको भएको खुलासा

    News

    गर्मीका कारण युरोपमा जुन अन्त्यमा १० हजार बढीको मृत्यु!

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑