वीरगंज । नेपाल महिला संघ पर्सा ले संस्थापक अध्यक्ष स्व. मंगला देवी सिंह को २७ औँ स्मृति दिवस मनाएको छ। वीरगंज स्थित ज्योति नगरमा रहेको नेपाली कांग्रेस पर्सा को पार्टी कार्यालयमा नेपाल महिला संघ पर्सा ले आयोजित संस्थापक अध्यक्ष स्व. मंगला देवी सिंह को २७ औँ स्मृति दिवस मनाइएको हो। संस्थापक अध्यक्ष स्व. मंगला देवी सिंह को २७ औँ स्मृति दिवसमा नेपाली कांग्रेस पर्सा का सभापति तथा मधेश प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री ले सम्बोधन को क्रममा भने महिलाहरूको पहिला कार्यक्रममा उपस्थित न्युन हुन्थ्यो अहिले महिलाहरुको हक अधिकार को लागि कुनै पनि कार्यक्रममा महिलाहरुको उपस्थिति बढि देखिरहेको छु यस्तै उपस्थिति बढि हुदै जाओस् भनि शुभकामना व्यक्त गरेका थिए।
संस्थापक अध्यक्ष स्व. मंगला देवी सिंह को २७ औँ स्मृति दिवसमा वीरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम आफ्नो मन्तब्य को क्रममा भने पहिला कार्यक्रममा महिलाहरुको उपस्थिति न्युन थियो अहिले उपस्थिति बढदै गइरहेको हुनाले अब नेपाली कांग्रेस को कुनै पनि कार्यक्रममा महिलाहरुको उपस्थिति बढि हुने आसा गरेको बताए।
उक्त कार्यक्रम नेपाली कांग्रेस पर्सा का सभापति जनार्दन सिंह क्षेत्री को सभापतित्वमा भएको कार्यक्रममा उपसभापति रामनारायण कुर्मी, नेपाली कांग्रेस पर्सा का पुर्व उपसभापति दिना गुप्ता, नेपाली कांग्रेस पर्सा का जिल्ला सचिव तथा वीरगंज महानगरपालिका का उप प्रमुख इम्तियाज आलम, नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नं १ का कार्यवाहक सभापति अनिल सिंह,महिला नेतृ रम्भा मि, नेपाली कांग्रेस पर्सा का नेता धर्मराज यादव, वीरगंज महानगरपालिका का उप प्रमुख का स्वकिय सचिव शेष हजरा,नेता विवेक चौरसिया,नेहा मिश्र,संचारकर्मी राहुल गुप्ता लगाय पार्टी का विभिन्न भातृ संगठनहरुको उपस्थिति रहेको थियो।