• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    साना भन्सारबाट भित्रिँदै छलीका सामान

  • वीरगंज संजाल
  • Aug 27, 2023, 5:26 pm
  • ६२५

    वीरगंज । नवलपरासीका सीमा नाकाबाट दिनहुँ भारतबाट भन्सार छली गरेर ल्याएका सामान भित्रिने गरेका छन्। सबैभन्दा बढी जिल्लाको भुजहवा, महेशपुर, झोलनीपुर, लक्ष्मीपुर, बसैया सीमा नाकाबाट भन्सार छलेर ल्याएका सामान भित्रिने गरेका हुन्। तस्करीको ट्रान्जिट प्वान्टकै रूपमा चिनिने यी नाकाबाट पछिल्लो दुई महिनायता ठूलो मात्रामा तस्करीका सामान नभित्रिए पनि छिट्फुट्ट तस्करीको कार्य भने रोकिएको छैन। सीमा नाकामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका कार्यालय र युनिट छन्। तस्करी कार्यलाई रोक्न भन्दै सवारीसाधन र पैदलयात्रीलाई गस्ती बढाएको नेपाल प्रहरी र सशस्त्र प्रहरीले जनाउँदै आएका छन्। तर तथ्यांकलाई हेर्दा तस्करीका सामान बरामद गर्नेमा प्रहरीका यी दुवै संगठन कमजोर देखिएका छन्। यी दुई संगठनको तुलनामा भन्सार कार्यालय झनै कमजोर देखिएको छ। भन्सार कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरीमध्ये तस्करीका सामान बरामद गर्नेमा बुटवलस्थित राजस्व अनुसन्धान कार्यालय अघि देखिएको छ। जिल्लामा राजस्व अनुसन्धान कार्यालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी र महेशपुर भन्सार कार्यालय गरी चार निकायले अवैध सामान बरामद गर्दै आएका छन्। दुई प्रहरी संगठन र भन्सार कार्यालयले नाका र सम्भावित स्थानमा नियमित निगरानी र गस्ती गर्दै आएको जनाए पनि कसैले दिएको सूचनाको आधार र छड्के रूपमा कहिलेकाहीँ जिल्लामा गस्ती गर्न आउने राजस्व अनुसन्धान कार्यालयको टोलीले बरामद गरेको सामानको मूल्य हेर्दा उनीहरू कमजोर मात्र देखिएका छैनन्, मिलेमतोमा तस्करी हुँदै आएको आशंका पनि गरिएको छ।

    अन्नपूर्ण पोस्ट्ले संकलन गरेको छुट्टाछुट्टै विवरणअनुसार आव २०७९/८० को एक वर्षको अवधिमा जिल्लाबाट कुल ३६ करोड ९४ लाख ७९ हजार रुपैयाँबराबरका अवैध सामान बरामद भएका छन्। जसमा सबैभन्दा बढी राजस्व अनुसन्धान कार्यालय बुटवलले बरामद गरेको छ। कार्यालयको गस्ती टोलीले मात्र २३ करोड ४ लाख ६१ हजार रुपैयाँबराबरको अवैध सामान नवलपरासीबाट बरामद गरेको अनुसन्धान कार्यालयका सूचना अधिकारी हुमबहादुर पाण्डेले जानकारी दिए। त्यस अवधिमा नेपाल प्रहरीले ६ करोड २० लाख रुपैयाँको सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी भोजराज पाण्डेले जानकारी दिए। त्यस्तै गण र मातहतका युनिटले एक वर्षको अवधिमा ३ करोड १ लाख रुपैयाँको अवैध सामान बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल २६ नं. गण हे.क्वा नवलपरासीका एसपी धीरेन्द्रराज न्यौपानेले जानकारी दिए। महेशपुर भन्सार कार्यालयले ४० लाख १८ हजार रुपैयाँबराबरको अवैध सामान बरामद गरेको कार्यालय प्रमुख बुद्धिकुमार चुडालले जानकारी दिए। त्यसैगरी नवलपरासीका नाका हुँदै गएको ४ करोड २९ लाख रुपैयाँबराबरको अवैध सामान रूपन्देही र पूर्वी नवलपरासी प्रहरीले ती जिल्लाबाट बरामद गरेको छ। एक वर्षको अवधिमा चारवटै निकायबाट जिल्लाबाट कुल १ सय २३ सवारीसाधन र कारोबारमा संलग्न ३४ जना पक्राउ परेका छन्। पक्राउ पर्ने सवारीसाधनमा सबैभन्दा बढी मोटरसाइकल छन्। जिप, कार, भ्यान र ट्रकसमेत नियन्त्रणमा परेका छन्।

    भुजहवा, महेशपुर, झोलनीपुर, लक्ष्मीपुर, बसैया नाकाबाट भन्सार छलीका सामान भित्रिने
    सामान बरामद गर्नेमा नेपाल प्रहरी र सशस्त्रभन्दा राजस्व अनुसन्धान कार्यालय अगाडि
    नेपाल प्रहरीले १ सय २ सवारीसाधन र २७ जनालाई पक्राउ गरेको सूचना अधिकारी सीपी पाण्डेले जानकारी दिए। त्यस्तै सशस्त्र प्रहरीले पिकअप, मोटरसाइकल गरी १५ सवारीसाधन पक्राउ गरेको छ।

    भन्सार कार्यालयले ६ सवारीसाधन पक्राउ गरेको छ। पक्राउ परेका सवारीसाधनमध्ये १ जफत भएको, ४ फिर्ता दिएको र १ हकदाबीको प्रक्रियामा रहेको भन्सार प्रमुख चुडालले बताए। सशस्त्र प्रहरी र भन्सार कार्यालयले अवैध सामान र सवारीसाधन पक्राउ गरे पनि कारोबारमा संलग्न व्यक्ति भने पक्राउ नपरेको जनाएको छ। प्रहरी गस्ती टोलीलाई देख्नेबित्तिकै सामान छाडेर भाग्ने सशस्त्र र भन्सार कार्यालयले जनाएका छन्। त्यस्तै, राजस्व अनुसन्धान कार्यालयले जिल्लाबाट ६ सवारीसाधन पक्राउ गरेको कार्यालयका सूचना अधिकारी पाण्डेले जानकारी दिए। बरामद सवारीसाधनमा ४ पिकअप, १÷१ ट्रक र कार छन्। बरामद सवारीसाधनमध्ये कारलाई अदालतले जफत गरेको र अन्य पाँच वटालाई जफतका लागि उच्च अदालत तुलसीपुर बुटवल इजलास माग दाबी गरिएको पाण्डेले बताए। त्यस अवधिमा कारोबारमा संलग्न १७ जना अनुसन्धानमा रहेका कार्यालयले जनाएको छ। त्यस्तै सशस्त्र र नेपाल प्रहरीले बरामद गरेका केही सामान र सवारीसाधनलाई महेशपुर भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पठाउने गरेको जनाएका छन्। भन्सारमा पठाइएका सामान, सवारीसाधन र व्यक्तिलाई दण्ड जरिवाना वा लिलाम गर्नुपर्ने भए सोहीअनुसार भन्सार आफंैले गर्ने गरेको भन्सार कार्यालय प्रमुख चुडालले जानकारी दिए। यी चारवटै निकायले बरामद गरेका सामानमा चिनी, चामल, लत्ताकपडा, मोबाइल, मोटर पार्टस, हार्डवेयरलगायतका रहेका छन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते
  • साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट
  • बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा
  • इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    भारतको जन्तर मन्तरमा विद्यार्थी प्रदर्शन तीव्र: संसद् अवरुद्ध, प्रहरी धरपकड र सुरक्षा व्यवस्था कडा

    जापानको शाही उत्तराधिकार कानुनमा साढे सात दशकपछिको ऐतिहासिक संशोधन, पुरुष मात्रै सम्राट बन्ने नियम यथावत्

    तत्काल मन्त्री फेरबदल च्याप्टर क्लोज, रवि–बालेन–विवेकशील गुटबीच साइलेन्स वार कायम

    सिरहा ट्राफिकद्वारा रु एक करोड बढी राजस्व सङ्कलन

    नेशनल मेडिकल कलेजमा बी.एस्सी. नर्सिङ १४औँ ब्याचको बिदाइ कार्यक्रम सम्पन्न

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    सुर्खेतको गुर्भाकोटमा गाडी दुर्घटना, १९ जना घाइते

    News

    साउनदेखिको खपतमा मात्र लाग्नू पर्नेमा सरकारले असारकै बिजुलीको बिलमा लगाइदियो भ्याट

    News

    बागमती प्रदेश सरकारबाट एमाले बाहिरियो: ६ मन्त्रीद्वारा संयुक्त राजीनामा, बानियाँ सरकार अल्पमतमा

    News

    इरान युद्धमा अमेरिकाको ३७.५ अर्ब डलर खर्च

    News

    श्रम विभागको कडा निर्देशन: श्रमिकका उजुरी प्राप्त भएको १ घण्टाभित्रै सम्बोधन गर्नुपर्ने

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑