वीरगंज । वीरगञ्जको लिंक रोड स्थित पोलमा आगलागी भएको छ । घण्टाघरदेखि पूर्व बसपार्क जाने लिंक रोडमा रहेको निट कम्प्युटर इन्स्टिच्युट नजिकैको टेलिफोनको तारमा आगलागी भएको हो ।
पानी परिरहेको समयमा गुजल्टिएको तारमा विद्युत शर्ट भएर अचानक आगलागी भएको हो । आगलागीबाट टेलिफोन, इन्टरनेटका तारहरु जलेर नष्ट भएको छ ।
टेलिफोन र इन्टरनेटको तार जलेर नष्ट भएपछि अहिले त्यसक्षेत्रमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ । आगलागीको सूचना पाए लगत्तै वीरगञ्ज महानगरपालिकाको वारुणयन्त्र आएर आगो निभाएको थियो ।