• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  राजनीति

    ओली सिंगापुर गएसँगै प्रचण्ड सक्रिय

  • वीरगंज संजाल
  • Aug 24, 2019, 3:10 pm
  • ३७३९

    काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी एकताको बाँकी काम टुंगो लगाउन सक्रिय भएका छन् ।

    तत्कालिन एमाले र माओवादी केन्द्रका बीचमा पार्टी एकता भएको १५ महिना बित्दा समेत अहिले सम्म पोलिटव्युरो कमिटी, आयोग, मञ्च, प्रवास कमिटीसहित केही केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंगो अझै लागेको छैन ।

    सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी, जनवर्गिय संगठनको नेतृत्व जिम्मेवारी बाँडफाँड लगायतका एकताका काम सकिएको छ । एकता भइसकेको संगठनलाई सक्रिय बनाउने र एकता हुन बाँकी कमिटीको कसरी टुंगो लगाउने भन्ने विषयमै केन्द्रीत भई अध्यक्ष प्रचण्ड सक्रिय भएका हुन् ।

    नेकपा स्थायी कमिटीका सदस्य देबेन्द्र पौडेलले एकताको बाँकी काम टुंगो लगाउँदै टुंगो लागेको कमिटीलाई सक्रिय बनाउने विषयमै केन्द्रीत भई अध्यक्ष प्रचण्ड छलफल गरिरहेको बताए । पछिल्लो समय पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका अध्यक्ष प्रचण्डले सचिवालयमा रहेका अन्य नेतासँग समेत छलफल गर्ने क्रममै रहेका छन् ।

    ‘एकताको केही बाँकी काम टुंगो लगाउने र अन्य कमिटीहरुलाई कसरी सक्रिय बनाउने भन्ने विषयमै केन्द्रीत भई अध्यक्ष कमरेड प्रचण्ड छलफल सुरु गरिसक्नुभएको छ’ स्थायी कमिटी सदस्य पौडेलले भने, ‘पछिल्लो समय वरिष्ठ नेता माधव नेपाल कमरेडसँग छलफल गर्नुभएको छ, सचिवालयका अन्य नेतासँग पनि छलफल गर्ने बताउनुभएको छ ।’

    नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नियमित उपचारका लागि सिंगापुर जानुअघि अध्यक्ष प्रचण्डलाई पार्टीको बैठक गर्न, सर्वसम्मतीमा निर्णय गर्न लगायतका जिम्मेवारी दिएका हुन् । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले पाएको जिम्मेवारी अनुसार एकताको बाँकी काम टुंगो लगाउने सक्रिय भएको उनका सचिवालयले जनाएको छ ।

    नेकपा स्थायी कमिटीका सदस्य गणेश साहले एकताको बाँकी काम टुंगो लगाउदै पार्टीले देशैभरी जागरण अभियान गर्ने तयारीमा रहेको बताए । एकताको धेरै काम टुंगो लागिसकेको बताउँदै उनले केही बाँकी रहेका काम समेतलाई सकेर छिटै नै जागरण अभियानको घोषणा गरिने उनले बताए ।

    ‘एकताको धेरै काम सकिएको छ, केही विषयमा मात्र टुंगो लगाउँन बाँकी छ’ स्थायी कमिटीका सदस्य साहले भने, ‘प्रचण्ड कमरेडले पाएको जिम्मेवारी अनुसार नेताहरुसँग छलफल गर्दै ति बाँकी काम टुंगो लगाउँदै जागरण अभियान कसरी प्रभावकारी रुपमा सञ्चालन गर्ने त्यसको तयारीमा जुटनुभएको छ ।’

    पार्टी एकतामै लामो समयसम्म समय बितेकाले आम नेपाली जनतालाई धेरै कुरा बताउन नसकिएको बताउँदै नेता साहले अभियानको मार्फत पार्टी अब जनतको बीचमा पुग्ने बताए । अभियानको क्रममा पार्टी एकता, सरकारको राम्रा कामको विषयमा जानकारी दिइनेछ ।

    यही विषयमा केन्द्रीत भई अध्यक्ष प्रचण्डले वरिष्ठ नेता नेपालसंग २ घण्टा लामो छलफल निजनिवास खुमलटारमा गरेका छन् । प्रधानमन्त्री नेकपा अध्यक्ष ओलीसँग असन्तुष्ट वरिष्ठ नेता नेपाललाई फकाउँदै उनले एकताको बाँकी काम टुंगो लगाउँने तयारी गरेका छन् ।

    प्रधानमन्त्री ओलीको पार्टी एवं सरकार सञ्चालन शैली प्रति असन्तुष्टी व्यक्त गर्दै नेता नेपालले सात बुँदे असहमती पत्र पार्टीमा बुझाएका छन् । गत बिहीबार बसेको सचिवालय बैठकमा समेत ओली र नेपालको बीचमा चर्काचर्की भएपछि सम्बन्ध चिसिएको छ ।

    ओली र नेपालका बीचमा सम्बन्ध चिसिएसँगै दाहाल सक्रिय भएका हुन् । दाहाल सचिवालयका अनुसार खुमलटारमा भएको छलफलमा नेपाल सकारात्मक भए पनि आफ्नो अडान छाडेका छैनन् ।

    पार्टीमा एक व्यक्ति एक पद, सचिवालय कमिर्टी तत्कालिन एमालेका उपाध्यक्ष भिम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाललाई ल्याउनुपर्ने अडानमा नेपाल रहेका छन् ।

    तत्कालिन एमाले र माओवादी केन्द्रबीचको एकीकरण पश्चात नेताहरुको जिम्मेवारी बाँडफाँडमा समेत असन्तुष्ट नेता नेपालले आफ्नो वरियाता हेरफेरमा समेत चित दुखाएका छन् ।

    अध्यक्ष प्रचण्डले स्थायी कमिटी, केन्द्रीय कमिटीको बैठक समेत बोलाउने विषयमा छलफल गरेका छन् । तर, अध्यक्ष ओली स्वदेश फर्किपछि मात्रै स्थायी कमिटी, केन्द्रीय कमिटीको बैठक बस्ने स्रोतले जनाएको छ ।

    नेकपा स्रोतका अनुसार पोलिटब्युरो गठनका लागि तत्कालीन एमालेका तर्फबाट नामावली तयार भए पनि तत्कालीन माओवादी केन्द्रका तर्फबाट नामावली टुंगो लाग्न नसक्दा ढिलाइ भएको छ ।

    नेकपामा ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी छन् । पार्टीको अन्तरिम विधानअनुसार केन्द्रीय कमिटीको एक तिहाइ अर्थात १ सय ४७ जनाको पोलिटब्युरो कमिटी बनाउनुपर्छ । जसमा तत्कालीन एमालेलाई ८१ र माओवादीलाई ६६ जना भागवन्डा गर्ने सहमति शीर्ष नेताबीच यस अघि नै भइसकेको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता
  • संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव
  • वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ
  • मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ

    लाइसेन्ससम्बन्धी नयाँ निर्देशिका जारी, ४८ घण्टाभित्र आवेदन स्वीकृत गरिसक्नुपर्ने व्यवस्था

    वीरगन्जको मेनरोड क्षेत्र तार र पाइपरहित बनाउन महानगरपालिकाले थाल्यो पहल

    संकटमा हिमालय : ग्लेसियर पग्लिने गति ६५ प्रतिशतले बढ्यो

    प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार

    वीरगञ्जमा भारतीय कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    News

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    News

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    News

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    News

    वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑