वीरगंज । ब्राह्मण समाज नेपालको पोखरिया नगर कार्यसमितिकाे अध्यक्षमा अम्लेश्वर मिश्रा चयन भएका छन् ।
शनिबार पर्साकाे पाेखरियास्थित हनुमान मन्दिर परिसरमा बसेको ब्राह्मण समाज नेपालकाे नगर स्तरीय भेलाले मिश्रकाे अध्यक्षतामा नगर कार्यसमिति चयन गरेकाे हाे ।
उक्त समितिकाे उपाध्यक्षमा वीरेन्द्र पाण्डेय, सचिवमा दिनेश मिश्र, सह सचिवमा श्रीमती ममता द्विवेदी र कोषाध्यक्षमा कामेश्वर मिश्र चयन भएका छन् । भेलामा ब्राह्मण समाज नेपाल पर्साका अगुवाहरु लगायतको पनि सहभागीता रहेकोे थियाे ।