वीरगंज । वीरगन्ज महानगरपालिका वडा नम्बर १४ मा पिपरामा एक कार्यक्रमका बिच वृक्षरोपण तथा अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ । वीरगन्ज कै स्माईल नेपाल फाउन्डेशनको आयोजना र जनकपुरधाम बन प्राविधिक समाज र राईनो युवा क्लब पिपराको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
महानगरपालिकालाई हरियाली बनाउन एक घर एक वृक्षारोपण भन्ने नाराका करिब ३ सय बिरुवा वृक्षारोपण गरीएको राईनो युवा क्लबका अध्यक्ष श्याम रौनीयारले जानकारी दिए । उनका अनुसार महानगर भित्रमा करिब एक हजार ५ सय विरुवा वृक्षारोपण गर्न योजना रहेको छ । साथै अगामी दिनमा प्रत्येक घरमा बिरुवा लगाउने अभियानलाई निरन्तरण दिने उनले बताए । वृक्षारोपण कार्यक्रम अन्तर्गत आवरा , सफेद , गुलमोहर लगायतको बिरुवा रोपिएको अध्यक्ष रौनीयारले बताए ।
प्रतिनिधि सभा सदस्य बिना जैसवालको प्रमुख अतिथ्यतामा सम्पन्न भएको वृक्षारोपण कार्यक्रममा बिशिष्ठ अतिथि जनकपुरधाम बन प्राविधिक समाजका महासचिव सुरेश शर्मा , डिभिजन बन कार्यालय पर्साका प्रमुख , स्माईल नेपाल फाउन्डेशनका अध्यक्ष सरिता सिंह ,नेपाली कांग्रेस कि नेतृ रम्भा मिश्रा , चुरे तथा बन जंगल संरक्षण अभियानका राष्ट्रिय सहसंयोजक रानी राय शसस्त्र प्रहरी बल १३ नम्बर गणका प्रमुख प्रहरी उपरिक्षक सुमन थपलिया , पत्रकार युवराज खड्का , नेपाल खेलकुद महासंघका नेता अमन पटेल र हेरिटेज ई.स्कुलका सहप्रधानाध्यापक मुकेश श्रीवास्तव सहित उक्त विद्यायका विद्यार्थीहरुको सहभागीता रहेको थियो ।