• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    बारा जिल्लाको संघर्ष स्थगित : डीएसपीले माफी माग्ने, घाइतेको उपचार खर्च सरकारले दिने

  • वीरगंज संजाल
  • Jul 27, 2023, 1:03 pm
  • १२९३

    वीरगंज । बारा जिल्लामा प्रहरीलाई कारबाही गर्नुपर्ने मागसहित राजनीतिक दलहरुले गरेको विरोध प्रदर्शन स्थगित भएको छ । जिल्ला प्रशासन कार्यालय बारामा संघर्षरत राजनीतिक दलका अगुवा र प्रशासनबीच बुधबार सहमति भएको छ । दुबै पक्षबीच भएको ४ बुँदे सहमति अनुसार जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक (डीएसपी) र प्रहरी निरीक्षकलाई कारबाही गरिने छ । डीएसपी पुरुषोत्तम पाण्डेय र इन्सपेक्टर रुपेश साहले घाइते भैयाराम यादवसित माफी माग्ने, डीएसपी र इन्सपेक्टरलाई २ वर्षसम्म गणमा राख्ने, घाइते यादवको उपचार खर्च सरकारबाट उपलब्ध गराउन पहल गर्ने र बिहीबारदेखि संघर्षका कार्यक्रमहरु स्थगित गर्ने सहमति भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जनाए अनुसार घाइते यादव उपचार गराई फिर्ता आएपछि डीएसपी पाण्डेय र इन्सपेक्टर साहले माफी माग्ने छन् । उनीहरुलाई विभागीय कारबाही स्वरुप २ वर्ष प्रहरी गणमा नै राखिने उनले बताए । तर संघर्षरत पक्षका नेता नेपाली कांग्रेसका उपसभापति मनोज भट्टले सहमतिपछि ७ दिनका लागि संघर्षको कार्यक्रम स्थगित गरिएको बताए । ‘जिल्ला प्रशासन कार्यालयमा ४ बुँदे सहमति भएकाले विरोध कार्यक्रम बिहीबारदेखि स्थगन गरिएको छ’ भट्टले भने, तर भएको सहमति तोकिएको समय भित्र कार्यान्वयन नगरिए अझ सशक्त विरोध कार्यक्रम थालिनेछ । भैयाराम यादवलाई गम्भीर चोट लागेकाले उपचारका लागि भारत लगिएको छ ।

    उनको स्वास्थ्यस्थिति सुधारोन्मुख रहेको बताइएको छ । उनको उपचारमा लागेको खर्च गृह मन्त्रालयबाट व्योहोर्ने आन्तरिक सहमति भएको छ । छलफलमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका छानबिन समितिका सदस्य, जिल्लाका प्रमुख राजनीतिक दलका प्रतिनिधिहरु र सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो । यद्यपि बैठकमा एमालेको भने सहभागिता थिएन् । नेपाली काँग्रेसका जिल्ला सचिव भैयाराम र नेकपा एसका उपसचिव ध्रुव यादवलाई कुटपिट गर्ने प्रहरी अधिकृतहरुलाई निलम्वनको माग गर्दै सत्तासीन गठबन्धन दलहरुले बुधबार बजार र यतायात ठप्प गरेका थिए । प्रदर्शनकारीहरुले बिहानैदेखि टायर बालेर बजार र यातायात बन्द गराउदै हिडेका थिए । सोही क्रममा कलैयाको मुख्य चोकमा प्रहरी र प्रदर्शनकारीहरुबीच झडप हुँदा प्रदर्शनकारी तर्फ दर्जन बढी घाइते भएको नेपाली कांग्रेसका जिल्ला सचिव राजेश रौनियारले बताएका छन् । शान्तिपूर्ण ढंगले विरोध गरिरहेका प्रदर्शनकारीहरु माथि प्रहरीले बिना कारण लाठी चार्ज गर्दा झडप भएको उनले बताए । प्रहरीको लाठीबाट नेकपा एसका जिल्ला उपसचिव धु्रव यादवको आँखामा चोट लागेर घाइते भएका थिए । युवा नेताहरु विकास सिंह, जटाशंकर सहनी, अजय टेमानी, दीपेन्द्र यादव, नागरिक उन्मुतिm पार्टीका जिल्ला कार्यवाहक अध्यक्ष ओमप्रकाश कलवारसमेत घाइते भएका सचिव रौनियारले जनाए ।

    प्रहरीको लाठीचार्जबाट प्रदर्शनकारीहरुको टाउको, खुट्टा र ढाडमा चोट लागेको बताइएको छ । जिल्लाका प्रमुख दलहरुले संयुक्त रुपमा बन्दको आह्वान गरेको कारण बजार र यातायात पूर्णरुपमा ठप्प भएको थियो । कलैयादेखि वीरगञ्ज हुँदै चल्ने लामो तथा छोटो दूरीका सबै सवारी साधनहरु बन्द ठप्प भएका थिए । यता प्रहरी निरीक्षक भिम ओली, सुरेन्द्र यादवसहित ४ जना प्रहरी घाइते भएका छन् । प्रदर्शनकारीहरुले प्रहरीमाथि गरेको ढुंगा प्रहारबाट उनीहरुलाई खुट्टामा चोट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीमाथि प्रदर्शनकारीहरुले ढुंगा प्रहार गर्दा आत्मरक्षाका लागि प्रहरीले सामान्य बल प्रयोग गरेको प्रहरी उपरीक्षक होमिन्द्र बोगटीले जनाए । जिल्ला प्रहरी कार्यालय बारामा छलफलका लागि पुगेका भैयाराम यादव र धु्रव यादवलाई डीएसपी पाण्डेय र इन्सपेक्टर साहले कुटपिट गरेका थिए । भैयाराम कांग्रेसका जिल्ला सचिव र धु्रव नेकपा एसका जिल्ला उपसचिव हुन् । गत हप्ता उनीहरुलाई कुटपिट गरिएपछि ७ दिनदेखि बाराको सदरमुकाम कलैयामा दलहरुले विरोध कार्यक्रम गर्दै आएका थिए । तर प्रशासनले वेवास्ता गरेपछि बुधबार बजार बन्द र यातायात ठप्प गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता
  • हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान
  • सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप
  • संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ

    लाइसेन्ससम्बन्धी नयाँ निर्देशिका जारी, ४८ घण्टाभित्र आवेदन स्वीकृत गरिसक्नुपर्ने व्यवस्था

    वीरगन्जको मेनरोड क्षेत्र तार र पाइपरहित बनाउन महानगरपालिकाले थाल्यो पहल

    संकटमा हिमालय : ग्लेसियर पग्लिने गति ६५ प्रतिशतले बढ्यो

    प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार

    वीरगञ्जमा भारतीय कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    News

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    News

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    News

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    News

    वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑