• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    प्रभु साहलाई पक्राउ गर्न आज जुलुससहित ज्ञापनपत्र बुझाइँदै

  • वीरगंज संजाल
  • Jul 25, 2023, 10:57 am
  • ४२१३

    वीरगंज । रौतहटको गौरस्थित विवादित राइस मिलमा २७ जना माओवादी वाइसीएलको हत्या भएको घटनालाई उछालेर दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गर्न थालेका आम जनता पार्टी(आजपा)का केन्द्रीय अध्यक्ष एवं स्वतन्त्र सांसद प्रभु साहलाई जिल्लामै घेराबन्दी गरिएको छ । साहले १७ वर्ष पुरानो हिंसात्मक घटनाको नाममा राजनीति गर्न खोजेको आरोप लगाउँदै रौतहट जिल्लाका आधा दर्जन राजनीतिक दलहरुले साह विरुद्ध मोर्चाबन्दी गरेका छन् । तत्कालीन मधेशी जनअधिकार फोरम नेपालको २०६३ सालको चैत ७ गते राइस मिलमा आयोजित सभालाई विथोल्न तत्कालीन मधेशी मोर्चाका संयोजक प्रभु साहले चितवनबाट वाइसीएल बोलाएर आक्रमण गर्ने प्रयास गरेका थिए । स्थानीय प्रशासनले समेत माओवादीलाई राइस मिलमा कार्यक्रम गर्न रोक लगाए पनि बसमा आएका वाइसीएलका कार्यकर्ताहरुलाई मिलको परिसरमा प्रवेश गराएको आरोप साहमाथि लाग्दै आएको छ । तत्कालीन समयमा साहले माओवादी पार्टीका नेताहरुलाई जानकारी नै नदिइ फोरमका नेताहरुलाई सिध्याउने योजना बनाएको आरोप उनीमाथि तत्कालीन समयमा लागेको थियो । साहले सो घटनामा जनता समाजवादी पार्टी(जसपा) का राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई मुछेर विवादमा ल्याउन खोजेको आरोप मोर्चाले लगाएको छ । पूर्व प्रदेश सभासद रामकिशोर यादवको संयोजकत्वमा गठित २१ सदस्यीय संघर्ष समितिले साहलाई कारबाही गर्न माग गर्दै मंगलबार स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

    मोर्चाले प्रभु साहलाई नै गौर घटनाको मुख्य योजनाकार ठहर गर्दै कारबाहीका लागि माग गर्ने भएको छ । साहमाथि विश्वहिन्दू परिषद् वीरगञ्जका अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा मुद्दा दर्ता गरिए पनि महान्यायाधिवक्ताको कार्यालयले फिर्ता लिएको थियो । सरकारको दबाबलाई झेल्दै पर्साका तत्कालीन एसपी रमेश खरेलले साह विरुद्ध मुद्दा दर्ता गरेका थिए । मोर्चाले जुलुससहित जिल्ला प्रशासन कार्यालय दिउँसो ज्ञापनपत्र बुझाउने तयारी गरेको छ । साहले समाजमा फेरि द्वन्द्व फैलाउन लागेको आरोप लगाउँदै उनले गरेका हत्याहरुको फाइल समेत खोल्नुपर्ने माग मोर्चाको छ । राइस मिल घटनामा मारिएका २७ जना मध्ये २० जना भन्दा बढी बाहिरका वाइसीएल थिए । उनीहरुले बोकेका हतियारसमेत चलाउन नपाउँदै स्थानीयहरुको आक्रोशमा परेका थिए । देशमा नै द्वन्द्व समाधान भइसकेको अवस्थामा साहले गौर राइस मिल काण्डलाई ब्यूताएर चर्चा बटुल्न चाहेको आरोप मोर्चाले लगाएको छ । गत चैत महिनामा निर्वाचन आयोगमा दर्ता गरिएको आजपामा असन्तुष्ट माओवादीलाई जोड्नसमेत उनले गौर राइस मिलको घटनालाई लिएर विरोध प्रदर्शन थालेको आरोप छ । गत हप्ता आजपाले जसपाका अध्यक्ष उपेन्द्र यादवको विरोध गर्दै गौर नगर क्षेत्रमा सशक्त प्रदर्शन गरेका थिए । त्यसको काउण्टरमा ६ दलीय गठबन्धनले पनि प्रदर्शन गर्ने तयारी गरेको छ । यादवको नेतृत्वमा गठित संघर्ष समितिमा नेकपा एमाले सहभागी छैन् । नेपाली कांग्रेस, जसपा, नेकपा एस, लोसपा, जनमत र माओवादी रहेका छन् ।

    साहले थालेको अभियानलाई विराम लगाउन मोर्चाले ‘काउण्टर’ प्रदर्शन गर्न लागेको छ । प्रशासनिक निकायमाथि बढेको साहको दबाबलाई कम गर्न ६ दलले संयुक्त कार्यक्रम गर्न लागेको छ । साह आफ्नो निर्वाचन क्षेत्रमा लोकप्रिय रहे पनि सदरमुकाम गौरमा खासै पकड छैन् । माओवादी द्वन्द्वको बेला गौरमा माओवादीले गरेका अघिकांश हत्यामा साहको प्रत्यक्ष संलग्नता रहेको धेरैको कथन छ । साहले गौर राइस मिलको घटनालाई नचर्काउने प्रतिबद्धता सार्वजनिक रुपमा व्यक्त नगरेसम्म संघर्षको कार्यक्रमहरु जारी रहने संयोजक यादवले जनाए । मोर्चाका संयोजक यादवले भने, पहिलो चरणमा शान्तिपूर्ण ढंगले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन बुझाइनेछ । प्रशासनले साहमाथिको हत्या अभियोगका फाइलहरु नखोले अझ बढी सशक्त हुनुपर्ने बताइएको छ । संघर्ष समितिमा सुनील कुमार यादव सभापति नेपाली कांग्रेस , रामचंद्र गिरी सचिव नेपाली कांग्रेस , वीरेन्द्र पान्डेय प्रदेश सदस्य नेकपा माओवादी केन्द्र , श्याम बिहारी यादव जिल्ला अध्यक्ष जसपा , योगेन्द्र यादव केन्द्रीय सदस्य जसपा , अशोक कुमारी सिंह केन्द्रीय सदस्य जनमत पार्टी , कमल प्रसाद यादव जिल्ला अध्यक्ष नेकपा एस, अवधेश प्रसाद यादव नेकपा एस ,वृज किशोर यादव नेकपा एस ,रेवन्त झा नेकपा एस , रामेश्वर प्रसाद यादव , बाबुलाल साह कानु पूर्व प्रदेश सांसद लोसपा , अनिल कुमार सिंह लोसपा , शेष जमशैद लोसपा , अमर प्रसाद यादव , मोहन कुमार यादव नगर सभापति नेपाली कांग्रेस गौर , जगरनाथ प्रसाद केसरी नागरिक समाज , धर्मेन्द्र प्रसाद यादव नगर अध्यक्ष नेपली कांग्रेस राजदेवी नपा , शंकर राय यादव समितिमा रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता
  • हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान
  • सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप
  • संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ

    लाइसेन्ससम्बन्धी नयाँ निर्देशिका जारी, ४८ घण्टाभित्र आवेदन स्वीकृत गरिसक्नुपर्ने व्यवस्था

    वीरगन्जको मेनरोड क्षेत्र तार र पाइपरहित बनाउन महानगरपालिकाले थाल्यो पहल

    संकटमा हिमालय : ग्लेसियर पग्लिने गति ६५ प्रतिशतले बढ्यो

    प्रधानमन्त्री राहत कोषमा १ हजार भुक्तानी गर्दा १ लाख उपहार

    वीरगञ्जमा भारतीय कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    पार्टीभित्र विवादजस्तो देखिनसक्छ, तर एक भएर अघि बढ्छौं : कांग्रेस प्रवक्ता

    News

    हिमालय एयरलाइन्सका कर्मचारीबाट १३ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा प्रदान

    News

    सम्पत्ति विवरण पेश गर्न कर्मचारीलाई ३० दिन म्याद थप

    News

    संविधानको पुनर्लेखन गर्न सरकारलाई उपेन्द्र यादवका तीन सुझाव

    News

    वर्षमान पुनको चेतावनी- संविधानका मूल मर्ममा प्रहार गरे अर्को द्वन्द्व निम्तिन सक्छ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑