वीरगंज । वीरगन्ज महानगरसहित पर्सा जिल्लाघर अहिले देखिएको पानीको विकराल समस्या समाधानका लागि तत्काल पहल थाल्न पर्सा जिल्लामा सकृय राजनीतिक दलहरुले एक प्रेस विज्ञप्ति जारी गरेर तीन तहकै सरकारसंग माग गरेका छन् ।
शनिबार वीरगन्जमा बसेको सर्वदलीय बैठकले केहि दिनयता वीरगन्ज महानगरसहित पर्सा जिल्लाभर नै चापाकलहरु सुकेर पानीको विकराल समस्या हुदाँ जनताको जनजिवन नै संकटग्रत अवस्थामा पुगेकाले यस बारे तीन वटै तहका सरकारको ध्यानाकर्षण गराएको छ । साथै अहिले देखिएको पानीको विकराल समस्या तत्काल समाधान गर्न संघ , प्रदेश र स्थानीय सरकारसंगै नेपाल खानेपानी संस्थानसंग माग गर्दै संयुक्त विज्ञप्ति जारी गरिएको बैठकमा सहभागी जनता समाजवाादी पार्टी (जसपा) का जिल्ला अध्यक्ष तबरेज अहमदले बताए ।
बैठकमा नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री , जसपाका जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादव , नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष बालगोपाल थापा ,नेकपमा माओवादी केन्द्रका नेता छोटेलाल यादव , राप्रपाका नेता शम्भु गिरी , जनमत पार्टीका नेता उमाशंकर गुप्ता र नागरिक उन्मुक्ति पार्टीका नेता राजकपुर ओझाको सहभागीता रहेको थियो ।