वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिका वडा नम्बर ५ भाैराटारस्थित नेपाल राष्ट्रिय सिताराम महताे माध्यमिक विद्यालयमा दश दुई जाेड(टेन प्लस टु ) कक्षा सञ्चालनका लागि वडा कार्यालयले आर्थिक सहयाेग गरेका छन् ।
टेन प्लस टु कक्षा सञ्चालनकाे अवसरमा शुक्रबार विद्यालयमा आयाेजित शुभकामना आदान प्रदान कार्यक्रममा बहुदरमाई नगरपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद प्रसाद यादवले २ लाख ५५ हजार, वडा नम्बर २ का वडा अध्यक्ष जितेन्द्र पटेलले २ लाख ५१ हजार, वडा नम्बर ४ का वडा अध्यक्ष सुरेन्द्र प्रसाद यादवले २ लाख ५० हजार, वडा नम्बर ७ का वडा अध्यक्ष वीरेन्द्र प्रसाद यादवले २ लाख ५५ हजार ,वडा नम्बर ८ का वडा अध्यक्ष पुनिलाल साह तेलीले २ लाख ५० हजार र वडा नम्बर ५ का वडा अध्यक्ष सुनिल महतो कोइरीले ५ लाख रुपैया वडाकाे बजेटबाट दिने प्रतिबद्धता व्यक्त गरेको विधालयका प्रधानाध्यापक संजय कुमार महतोले जानकारी दिए।
विद्यालय व्यवस्थापन समितीका अध्यक्ष अशोक प्रसाद कुशवाहाको अध्यक्षता तथा पर्सा निर्वाचन क्षेत्र नम्बर ३ (क) का मधेस प्रदेश सभा सदस्य प्रमोद जैसवालकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका उपप्रमुख पुरन कुर्मी , बहुदरमाई नगरपालिकाका मेयर सिंघासन साह तेली ,उपमेयर सुष्मा कुशवाहा , शिक्षा शाखा प्रमुख प्रमोद यादव , नेकपा एमालेका केन्द्रिय सल्लाहकार सदस्य शिव पटेल , वडा अध्यक्षहरु प्रमोद यादव , जितेन्द्र पटेल, सुरेन्द्र यादव, सुनिल महतो कोइरी , वीरेन्द्र यादव , पुनिलाल साह तेली ,विद्यालयको सल्लाहकार समितिका पदाधिकारी ,विद्यालय व्यवस्थापन समितिका पदाधिकारी , शिक्षक अभिभावक संघका पदाधिकारी , अभिभावक , शिक्षक – शिक्षिका , कर्मचारी , विद्यार्थी लगायतको सहभागिता रहेको कार्यक्रमका सञ्चालक शिक्षक संदीप कुमार जैसवालले जानकारी दिए ।