वीरगंज । आम जनता पार्टीको राष्ट्रिय अध्यक्ष एवम रौतहट क्षेत्र नं ३ को निर्वाचित संघिय सांसद समेत रहेका प्रभू साह आफ्नो गृह नगरपालिका अन्तर्गत पर्ने मौलापुर नगरपालिका वडा नं ६ पथरा बुधराम बौधा सडक वर्षौ देखि विवादित रहेकोे सडक विस्तारका काम आजपा अध्यक्ष प्रभू साहको पहलमा आज सडकको काम विस्तार भएको छ।
आम जनसमुदायको सहभागितामा दुवै पक्षलाई समझदारी गराई शान्तिपूर्ण तरिकाबाट सडक कार्यको काम भईरहेको प्रमुख प्रशासकिय अधिकृत रामबाबु साहले बताए।केही वर्ष देखि त्यो सडक सिमांकनको विवादले रोकिएको थिए तर त्यो विवाद सांसद साहको पहल कदमीमा सम्पन्न भएको नगर प्रमुख रिना कुमारी साहले बताएका हुन्।
त्यो सडक विस्तार कार्यले त्यहाको आम जनता हर्षित भएका छन्। अहिले विवादित संरचना भत्काई सडक विस्तारको काम जारी समेत रहेको नगर प्रमुख साहले बताए। नगर प्रमुख साह संगै उप प्रमुख नागेन्द्र यादवको उपस्थित थिए।