आज:
  • होमपेज / Breaking News

    तारिक रहमानले प्रधानमन्त्रीको शपथ लिँदै, ३५ वर्षपछि बंगलादेशमा पुरुष प्रधानमन्त्री

  • वीरगंज संजाल
  • ५ फाल्गुन २०८२, मंगलवार ११:४२
  • ५४५

    वीरगंज | बंगलादेशको राजनीतिमा आज एउटा नयाँ अध्याय सुरु हुँदै छ । लामो समयसम्म पूर्वप्रधानमन्त्रीद्वय शेख हसिना र खालिदा जियाका विचार र प्रभावको वरिपरि घुमिरहेको बंगलादेशले ३५ वर्षपछि तारिक रहमानका रूपमा नयाँ प्रधानमन्त्री पाउँदै छ ।

    बंगलादेशको आम निर्वाचनमा आफ्नो पार्टीलाई सानदार जित दिलाएपछि रहमानले मंगलबार नयाँ प्रधानमन्त्रीका रूपमा शपथ लिने भएका हुन् ।

    १३औँ संसदीय निर्वाचनमा रहमानको बंगलादेश नेसनलिस्ट पार्टीले २९७ मध्ये २०९ सिट जितेको छ । दक्षिणपन्थी दल जमात–ए–इस्लामीले ६८ सिट हासिल गरेको छ ।

    रहमानले आफ्नो नयाँ मन्त्रिपरिषद्का सदस्यहरूसहित पद तथा गोपनीयताको शपथ लिनेछन् । उक्त समारोहमा सहभागी हुन नेपाल, भारत, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, भुटान, चीन, साउदी अरब, टर्की, संयुक्त अरब इमिरेट्स, कतार, मलेसिया र ब्रुनाईका प्रतिनिधिहरूलाई निमन्त्रणा गरिएको छ । नेपालका परराष्ट्रमन्त्री उक्त समारोहमा जाने कार्यक्रम छ ।

    लामो समयदेखि चल्दै आएको परम्परालाई तोड्दै ६० वर्षीय बीएनपी अध्यक्षको शपथग्रहण समारोह ‘बंगभवन’ को सट्टा संसद् भवन परिसरको दक्षिण प्लाजामा आयोजना गरिनेछ ।

    यद्यपि, रहमानको यो यात्रा त्यति सहज भने रहेन । लामो निर्वासन र राजनीतिक चुनौतीका बाबजुद रहमानले बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)लाई मजबुत रूपमा एकजुट बनाए । र, युवा मतदाताहरूलाई आकर्षित गर्दै जनसमर्थनको नयाँ लहर खडा गरे ।

    आम निर्वाचनमा पार्टीको ऐतिहासिक जितले उनको रणनीतिक क्षमता र करिश्माई नेतृत्वलाई उजागर गरेको छ । यसैको फलस्वरूप आज अर्थात् मंगलबार तारीक रहमान बंगलादेशको प्रधानमन्त्रीका रूपमा शपथग्रहण गर्दै छन् । यो क्षण बंगलादेशमा उनको राजनीतिक यात्राको एक महत्वपूर्ण प्रतीक बनेर उदाएको छ ।

    रहमानको कठिन यात्रा
    बंगलादेशको राजनीति दशकौँदेखि दुई मुख्य पारिवारिक–राजनीतिक धाराहरूबीच घुमिरह्यो । जसमा पदच्युत प्रधानमन्त्री शेख हसिना र पूर्वप्रधानमन्त्री दिवंगत खालिदा जिया प्रमुख पात्र थिए । यस्तो अवस्थामा सन् २०२६ को निर्वाचनमा बीएनपीको जित र रहमानको उदयमान भूमिकाले देशको नेतृत्व अब नयाँ राजनीतिक युगमा प्रवेश गर्न सक्ने संकेत गरेको छ ।

    २० नोभेम्बर १९६५ मा जन्मिएका रहमान बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी)का वरिष्ठ नेता तथा पार्टी अध्यक्ष हुन् । उनी पार्टीको सर्वोच्च राजनीतिक संरचनाको नेतृत्व गर्छन् । आफ्नो प्रारम्भिक शिक्षा ढाकाको बीएएफ शाहिन कलेजबाट पूरा गरेपछि उनले ढाका रेजिडेन्सियल मोडल कलेजबाट थप अध्ययन गरे । उनको उच्च शिक्षा ढाका विश्वविद्यालयबाट भएको हो । यहीँबाट उनले राजनीतिमा सक्रिय भूमिका निभाउन सुरु गरेका थिए ।

    उनी बंगलादेशको इतिहासमा गहिरो राजनीतिक पृष्ठभूमि भएको परिवारबाट आएका हुन् । उनका पिता जिया उर रहमान बंगलादेशका राष्ट्रपति तथा स्वतन्त्रता सेनानीमध्ये एक थिए, जसको सन् १९८१ मा हत्या भएको थियो ।

    उनकी आमा बेगम खालिदा जिया सन् १९९१ देखि १९९६ र २००१ देखि २००६ सम्म बंगलादेशकी प्रधानमन्त्री रहिन् । र, बीएनपीकी प्रमुख अध्यक्ष थिइन् ।

    आफ्नो राजनीतिक जीवनको सुरुआती चरणदेखि नै तारिक आफ्नो परिवारको राजनीतिमा संलग्न रहे र बीएनपीभित्र स्थायी भूमिका निर्वाह गर्दै आएका छन् ।

    तारिक रहमानलाई बंगलादेशको राजनीतिमा ‘तारिक जिया’ पनि भनिन्छ । सन् १९७१ को मुक्ति संग्रामको समयमा उनी मात्र चार वर्षका थिए । केही समयका लागि हिरासतमा समेत परेका थिए । यसै कारणले उनको पार्टी बीएनपीले उनलाई युद्धकालको सबैभन्दा कम उमेरको बन्दीका रूपमा उल्लेख गर्दै सम्मान दिने गरेको छ ।

    उनको राजनीतिक पहिचान पनि यही पारिवारिक र ऐतिहासिक पृष्ठभूमिसँग जोडिएको छ । सानै उमेरमा भोगेको संघर्ष र परिवारको विरासतले उनलाई बंगलादेशी राजनीतिका प्रमुख अनुहारमध्ये एक बनाइदिएको छ ।

    रहमान सन् २००१ मा ३५ वर्षको उमेरमा सक्रिय राजनीतिमा उदाए । सन् २००२ मा बीएनपीको वरिष्ठ पदमा पुगे । उनको तीव्र उदयलाई विपक्षीहरूले नातावादको संज्ञा दिए, तर उनी संगठनात्मक रणनीतिकार र कडा नेतृत्वका लागि परिचित बने ।

    औपचारिक सरकारी पदमा नरहे पनि उनले पार्टीमा बलियो पकड बनाए । उनी कार्यवाहक अध्यक्ष बने र ३० डिसेम्बरमा खालिदा जियाको निधनपछि बीएनपी अध्यक्षका रूपमा जिम्मेवारी सम्हाल्न थालेका थिए ।

    अवामी लिगको शासनकालमा रहमानमाथि भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, अवैध सम्पत्ति आर्जन तथा तत्कालीन प्रधानमन्त्री शेख हसिनाको हत्याको षड्यन्त्रसँग जोडिएका मुद्दासहित कैयौँ आरोप लगाइए । उनको अनुपस्थितिमै दोषी ठहर गरियो ।

    उनी १७ महिनासम्म हिरासतमा पनि रहे । रहमानले यी सबै आरोपहरूलाई राजनीतिक रूपमा प्रेरित भएको बताएका छन् । उनलाई सन् २००७ मा भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको थियो । यस क्रममा उनले जेलमा मानसिक तथा शारीरिक उत्पीडन भोग्नुपरेको दाबी गरेका छन् ।

    लन्डनमा स्व–निर्वासन
    सन् २००८ मा अवामी लिगको भारी जितपछि उनी उपचारका लागि लन्डन गए, जहाँ उनी करिब १७ वर्षसम्म बसे । यस अवधिमा पनि उनले पार्टीको रणनीति र संगठनमाथि नियन्त्रण कायम राखे, जसलाई दक्षिण एसियाली राजनीतिमा असामान्य अवस्था मानिन्छ ।

    रहमान कहिल्यै पनि राष्ट्रिय संसद्का सदस्य भएका छैनन् । उनको प्रभाव चुनावी पदबाट होइन, संगठनात्मक नियन्त्रण, पारिवारिक विरासत र पार्टी नेतृत्वबाट उदाएको हो ।

    रहमानका समर्थकहरूका लागि जिया उर रहमानको विरासत र प्रतिस्पर्धी लोकतन्त्रको बहालीका प्रतीक हुन् । आलोचकहरूका लागि भने उनी वंशवादी राजनीति र जवाफदेहितासँग जोडिएका अनुत्तरित प्रश्नहरूको प्रतिनिधित्व गर्छन् । जब, बीएनपी नेतृत्वको गठबन्धन जमात–ए–इस्लामीसँग मिलेर सत्तामा गएको थियो, त्यही समयमा रहमानले ‘डार्क प्रिन्स’ उपनाम पाएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • कांग्रेसले बोलायो संसदीय दलको बैठक
  • गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन
  • घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?
  • करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    युवा सहभागितासहित Gen Z Youth Force Parsa को बैठक सम्पन्न

    यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर

    सुनचाँदीको मूल्यमा आज भारी वृद्धि

    दार्चुलामा जीप दुर्घटना : सब–इन्जिनियरसहित दुईको मृत्यु, चार जना घाइते

    राजनीति संसद् सचिवालयले बोलायो प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरूको बैठक

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    कांग्रेसले बोलायो संसदीय दलको बैठक

    News

    गृहमन्त्री सुधन गुरुङले गरे पशुपति दर्शन

    News

    घट्यो सुनचाँदीको मूल्य, कतिमा भइरहेको छ आज कारोबार ?

    News

    करौली शंकर महादेव महामण्डलेश्वर पदमा अभिषिक्त

    News

    मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ, छात्रालाई अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोप

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑