जनकपुरधाम । जनकपुरधाममा एक युवकमाथि अन्धाधुन तलबार प्रहार गरी गम्भिर घाईते बनाएको घटना बाहिरिएको छ । जनकपुरमा भएको मोहर्रमको दिन एक युवकमाथि तलबार प्रहार भएको हो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. २ गँगासागरको डीलमा बसिरहेका जनकपुरधाम उपमहानगरपालिका वडा नं. १७ कनकपट्टि बस्ने स्थानीय अजित यादवलाई केही युवकहरुले तलबार प्रहार गरी घाईते बनाएको बताएका छन् ।
एक भिडियोमा घाईते यादवले दिएको बयान अनुसार, मोहर्रम सकिएपछि मोटरसाईकलमा आएका युवकहरुको एक समूहले उनीमाथि तलबार प्रहार गरेको थियो । यादवका अनुसार, गँगासागरको उत्तरी डीलमा बसिहेको अवस्थामा अचानक आएर १२/१३ जनाको समूहले तलबार प्रहार गरेका थिए ।
आक्रमणकारीहरुले यादवको घाँटीमा प्रहार गर्ने प्रयास गरेपछि उनले हातले रोक्दा उनको हात पटक पटक काटिएको छ । हातमा ठुल ठुला घाउहरु लागेको छ । घाँटी बचाउन खोज्दा हातमा घाउ लागेको बताउँदै उनीहरुले ज्यानै मार्ने उदेश्यले प्रहार गरेको बताए । भागेर एक पसलमा ज्यान जोगाउन गएपछि पसलमा समेत प्रहार गरेको बताए । पसलेहरु जुटेपछि उनीहरु भागेको प्रतिक्रिया दिएका छन् ।
घाईते यादवका अनुसार, आक्रमणकारीहरुले मुस्लिम समुदायका व्यक्तिले लगाउने गम्छा, टोपी लगाएका थिए । आईतबार जनकपुरमा मनाइएको मोहर्रमपछि राती ८ः३० बजेको समयमा प्रहार भएको बताइएको छ ।
यस बारेमा जिल्ला प्रहरी कार्यालय धनुषाले कुनै प्रतिक्रिया दिन चाहेका छैनन् । प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिँहसँग सम्पर्क गर्दा व्यस्तता जनाएको हो ।