• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

  • वीरगंज संजाल
  • २२ असार २०८२, आईतवार ०१:१७
  • ३०५

    वीरगंज | कृष्णा श्रीवास्तव | देशको प्रमुख व्यापारिक नाका वीरगंज भन्सार क्षेत्र फेरि एक पटक तस्करीको खबरले तातेको छ। सीमा सुरक्षा र भन्सार अनुशासनको जिम्मेवारी पाएका सशस्त्र प्रहरीकै संलग्नतामा तस्करीको जालो सञ्चालन भइरहेको खुलासा भएको छ। यसपटक प्रहरी नायब उपरीक्षक (DSP) लोकेन्द्र सुबामाथि प्रत्यक्ष संलग्नताको आरोप लाग्दैछ।

    स्थानीय स्रोतका अनुसार, DSP सुबाको निर्देशनमा भारतबाट कपडा, इलेक्ट्रोनिक्स, मोटर पार्ट्स, माछा, सूर्तीजन्य पदार्थ र अन्य दैनिक उपभोग्य वस्तुहरू नेपाल भित्र्याइन्छ भने नेपालबाट मदिरा, सुपारी, चाइनिज स्याउ लगायतका सामग्री अवैधरूपमा भारत पठाइन्छ। विशेष सुराकी स्रोतले दिएको जानकारी अनुसार, वीरगंज भन्सार बीओपी (सीमा प्रहरी चौकी) भित्रै तस्करीको बाकायदा रेट लिस्ट तयार गरिएको छ। समातिएको मालको प्रकार र परिमाण अनुसार रकम तिरेपछि छोड्ने चलन छ। प्रहरी जवानहरू पनि उच्च अधिकारीको निर्देशन भन्दै चुप लाग्न बाध्य रहेको स्रोतको दाबी छ।

    “कहिलेकाहीँ हामी रोक्न चाहन्छौं तर आदेश आउँछ — ‘यो माल नछेक्ने’, अनि के गर्न सकिन्छ र?” एक सुरक्षाकर्मीले नाम नखुलाउने शर्तमा भने। टेम्पो, ई-रिक्सा, मोटरसाइकल, साइकल, र पिकअप भ्यानहरू प्रयोग गरेर भन्सार छली सामान ओसार्ने काम नियमितजस्तै भइरहेको देखिन्छ। इनर्वा, इनरवा गाउँ जस्ता नाकाबाट सामान सहजै नेपाल भित्र्याइन्छ। भारतको रक्सौलबाट सूर्तीजन्य पदार्थ (गुटखा, पान मसाला, रजनीगन्धा), हार्डवेयर, कस्मेटिक, माछा, र कबाडसमेत ल्याएर वीरगंजको मिना बजार र बिर्ता बजारमा बिक्री वितरण भइरहेको छ।

    घटनामा संलग्न भनिएका DSP सुबालाई सम्पर्क गर्दा मोबाइल स्विच अफ देखिएको छ। उता, पर्सा १३ नम्बर गणका एसपीले भने यस्तो अनियमितताप्रति असहमति जनाउँदै छानबिन र कारबाहीका लागि आफू तयार रहेको बताएका छन्। तर DSP सुबामाथि यति गम्भीर आरोप सार्वजनिक भइसकेपछि पनि कुनै छानबिन प्रक्रिया अगाडि नबढ्नुले प्रहरी संगठन भित्रै उच्च तहको संरक्षण रहेको आशंका बलियो बनाएको छ।

    सीमा सुरक्षाको जिम्मेवारी पाएका निकायकै संलग्नतामा तस्करीजस्तो गम्भीर अपराध हुनुले राज्यसंयन्त्रको कमजोर नियमन र भित्री सिण्डिकेटको संकेत दिन्छ। अब प्रहरी संगठन, गृह मन्त्रालय र अख्तियारजस्ता निकायहरूले तत्काल निष्पक्ष र प्रभावकारी छानबिन अगाडि बढाउने कि यस्तै घटनाहरू गुम्सिएर जाने, त्यो समयले देखाउनेछ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • भोजपुरमा एकै परिवारका ४ जनाको हत्या
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑