• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ब्रान्ड एम्बेसडर खोज्ने ‘फेस अफ एसवाई’ सुरु

  • वीरगंज संजाल
  • १७ असार २०८२, मंगलवार १६:४७
  • १८५

    वीरगंज | एसवाई इन्टरटेनमेन्ट प्रालिले आयोजना गरेको ‘फेस अफ एसवाई–२०८२’ (ब्रान्ड एम्बेसडर हन्ट) सुरु भएको छ। नेपालकै पहिलो ठुलो ब्रान्ड एम्बेसडर हन्ट यो प्रतियोगितामा दुई करोडभन्दा बढी पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ। मोडलिङमा लाग्न चाहने तथा आफ्ना लुकेका प्रतिभा उजागर गर्न यो प्लाटफर्म निकै उपयोगी साबित हुने एसवाई इन्टरटेन्टमेन्टका निर्देशक विमलराज गोसाईंले बताए। उनका अनुसार यसले नेपाली प्रतिभालाई राष्ट्रिय सतहमा प्रोत्साहित गर्ने मात्र नभई डिजिटल प्लाटफर्ममा हरेक वर्गका प्रतिभालाई परिचित गराउने र अनुकरणीय बनाउने अवसर दिनेछ। प्रतियोगितामा जुनसुकै उमेर समूहका महिला तथा पुरुषले सहभागिता जनाउन सक्नेछन्। प्रतियोगितामा प्रतिस्पर्धामार्फत मुख्य तीनजना ब्रान्ड एम्बेसडरहरू छनाेट गरिने र पुरस्कृत गरिने कम्पनीले बताएको छ।

    कम्पनीका अनुसार यो कार्यक्रम जुन १ बाट सुरु भई आगामी जनवरी ३१ सम्म चल्नेछ। चरणबद्ध रूपमा हुने कार्यक्रमको पहिलो चरणमा भाग लिन एसवाई थिममा एउटा भिडियो बनाउनुपर्ने कम्पनीले बताएको छ। भिडियो बनाउने पहिलो चरणबाट उत्कृष्ट पाँच सयजनालाई छनोट गरिने कम्पनीले बताएको छ। साथै, हातै खाली नहुने गरी छनाेट भएका पाँच सयजनालाई नै दुई हजारबराबरको एसवाई बजारको सपिङ भौचर प्रदान गरिने कम्पनीको भनाइ छ। पहिलो चरणबाट छनाेटमा पर्न सफल उत्कृष्ट १५० जनालाई दोस्रो चरणमा लगिनेछ। त्यसमध्येबाट उत्कृष्ट ५० जनालाई १० हजार रुपैयाँबराबरको एसवाई बजारको सपिङ भौचर प्रदान गरिनेछ। साथै, दोस्रो चरणबाट छनाेट भएका उत्कृष्ट २५ जनालाई फाइनलमा लगिने र फाइनल अडिसन काठमाडौंमा हुने एसवाई इन्टरटेनमेन्टले बताएको छ।

    अन्तिम उत्कृष्ट छनाेट भएका २५ जनालाई विभिन्न चरण गरेर प्रशिक्षण दिइनेछ। फाइनल स्टेजमा उत्रने २५ जनामध्येबाट टाइटल विनर फेस अफ एसवाई छनोट हुने र यसपछि फर्स्ट रनरअप, सेकेन्ड रनरअप छनाेट हुनेछन्। टाइटल विजेतालाई नगद पाँच लाख पुरस्कारका साथै एक करोड रुपैयाँबराबरको एक वर्षको कन्ट्रयाक्ट गरिने कम्पनीले बताएको छ। यसमा सर्तहरू लागू गरी करकट्टी गरेर रकम प्रदान गरिनेछ। प्रतियोगिताबाट उत्कृष्ट फर्स्ट रनरअपलाई चार लाख नगद पुरस्कार र ५० लाख रुपैयाँबराबरको कन्ट्रयाक्ट हुनेछ। सेकेन्ड रनरअपलाई तीन लाख नगद पुरस्कारका साथै ३० लाख रुपैयाँबराबरको कन्ट्रयाक्ट हुनेछ भने बाँकी उत्कृष्ट सातजनालाई पपुलारिटी अवार्ड दिइनेछ। उनीहरूलाई प्रतिव्यक्ति डेढ–डेढ लाख रकम दिइने कम्पनीले बताएको छ। प्रतियोगितामा सहभागीहरूको मूल्यांकनको आधार फरकफरक हुनेछ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑