• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

  • वीरगंज संजाल
  • ३ असार २०८२, मंगलवार १३:५४
  • १७८५

    बारा । फत्तेपुरका सलिक हवारीले ३ वर्षअघि १ करोडमा किनेको जग्गा हालै ६० लाख रुपैयाँमा बिक्री गरेका छन् । तरकारी खेती गर्दा लागेको ऋण तिर्न नसकेपछि उनले ४० लाख घाटा खाएर जग्गा बिक्री गरेका हुन् । १० बिघा खेतमा लगाएको गोलभेंडाले बजार मूल्य नपाएपछि ६० लाख रुपैयाँ घाटा भएको हवारी बताउँछन् । सोही घाटापछि ऋण तिर्न उनले अर्को घाटा झेल्दै जग्गा बेचेका हुन् ।‘बैंक, सहकारी, गाउँघरबाट ऋण लिएर खेती गरेको थिएँ । लागत त जसरी पनि आउँछ भन्ने थियो, तर ६० लाख डुब्यो,’ भावविह्वल हुँदै उनले भने, ‘बिउ, मल, विषादी आदि ल्याएको एउटै दोकानको १३ लाख उधारो थियो । पसलेले पैसा चाहिन्छ भनेर धेरै करायो । मैले जग्गा बिक्री गरेर दिन्छुभन्दा उसले नै प्रतिकट्ठा ४ लाखको हिसाबले जग्गा खायो ।’

    हवारीले ६ महिनादेखि धेरै जनासँग जग्गा बिक्री गरिदिन अनुरोध गरेका थिए । यसका बाबजुद जग्गा बिक्री हुन सकेन । त्यसपछि बिउ, बिजन, मलखादका व्यापारी कृष्ण लामिछानेलाई नै उनले जग्गा बिक्री गरेका हुन् | विशुद्ध व्यक्तिगत लगानीमा १० बिघा जग्गामा गोलभेंडा खेती गर्ने हवारी सम्भवतः बारा जिल्लाकै एकमात्रै किसान हुन् । ८ वर्षदेखि गोलभेंडा खेती गर्दै आएका उनले यति ठुलो नोक्सान जीवनमा कहिल्यै नभएको बताए । प्रतिबिघा १ लाख २० हजार रुपैयाँ जग्गा भाडा तिरेर हवारीले १० बिघामा गोेलभेंडा खेती गरेका थिए । उत्पादन राम्रो भए पनि पाक्ने बेलामा बजार मूल्य नपाएपछि प्रतिकिलो ३ देखि ५ रुपैयाँमा गोलभेंडा बिक्री गर्नुपरेको उनी बताउँछन् । तरकारी खेतीबाटै उनले २ बिघा जग्गा किनेका थिए । जसमध्ये यस वर्ष उनले १ बिघा जग्गा बेचेका हुन् । ‘अब २÷३ बिघामा मात्रै तरकारी खेती गर्छु । बाँकीमा धान लगाउने विचार छ,’ हवारीले भने, ‘८ वर्षदेखि तरकारी खेती गर्दा यति ठुलो नोक्सानी त जीवनमा मलाई कहिल्यै भएको थिएन ।’उनले ३ पटकसम्म रोपेको बिरुवा पानीले मर्‍यो । चौथो पटक रोपेको बिरुवा राम्रो भयो, तर फल्न ढिलो हुँदा बजारसम्म गोलभेंडा आइपुग्दा मूल्य पूरै घटेको थियो । ‘३ रुपैयाँ, २ रुपैयाँ प्रतिकिलोसम्ममा दाम झर्‍यो । खर्च नै डुब्यो । के गर्ने !’ हवारीले भने, ‘जग्गा त २ बिघा जोडेको थिएँ । १ बिघा गोलभेंडा खेतीमै गयो ।’

    उनले यसअघि तरकारी खेतीबाटै प्रतिवर्ष १० देखि १२ लाख रुपैयाँसम्म आम्दानी गरेका थिए । सुरुमा २ देखि ३ बिघामा गोलभेंडा खेती सुरु गरेका हवारीले यसवर्ष १६ जनाको १० बिघा जग्गा भाडामा लिएर खेती गरेका हुन् । ‘तरकारी खेतीमा धेरै दुःख छ । कतैबाट केही सहयोग पनि छैन,’ उनले भने, ‘स्थानीय तह, कृषि ज्ञान केन्द्रले राहत दिन्छ भन्ने सुने पनि धाउँदा÷धाउँदै अरु खेती बिग्रिन्छ ।’ जीतपुरसिमरा उपमहानगर कृषि शाखा प्रमुख अनिस प्याकुरेलले पालिकाभित्र वार्षिक २ सय हेक्टरमा तरकारी खेती हुुने बताए । उनले अगामी दिनमा किसानहरूको उत्पादनलाई बजारीकरण र लामो समयसम्म भण्डार गर्न कोल्ड स्टोरमा सहयोग गर्ने गरी कार्यक्रम ल्याउने दाबी गरे ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑