• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पटेर्वा सुगौलीको मुख्य प्राथमिकतामा कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन : उपाध्यक्ष महत्तो

  • वीरगंज संजाल
  • ३ असार २०८२, मंगलवार १३:३६
  • ३२१

    वीरगन्ज | पर्साको पटेर्वा सुगौली गाँउपालिकाकी उपाध्यक्ष ममता महत्तो थारुले कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर गाँउपालिका अगाडि बढिरहेको बताएकी छन् ।मंगलबार पर्साको पटेर्वासुगौली गाउँपालिका–४ स्थित गाँउपालिका कार्यालयकोे प्रांगणमा आयोजित सार्वजानिक सुनवाई कार्यक्रममा बोल्दै उपाध्यक्ष थारुले ‘कृषि, पर्यटन, हरियो वन,समृद्ध पटेर्वासुगौलीको खुशीयाली मन’ नाराका साथ आँफुहरु अगाढि बढिरहेको बताइन्। कर्यक्रममा सहभागी स्थानीयबासीको सल्लाह,सुझाव र प्रश्नको सम्बोधन गर्दै उपाध्यक्ष थारुले चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम अनुसार योजनाहरु सम्पन्न भएको र केहि योजनाहरु सम्पन्न हुने अन्तिम चरणमा रहेको जानकारी दिइन् ।उपाध्यक्ष महतोले कृषि प्रायोजनका लागि सिचाई गर्न विद्युतीय तार र पोल जडान, कृषि उत्पादनलाई भण्डारण गर्नका लागि दुई वटा कोल्ड स्टोर निर्माण , कृषि बजारको व्यवस्थापन लगायतको पञ्चबर्षीय योजनाहरु कार्यन्वन भइरहेको बताइन् ।

    साथै एक वडा एक माध्यमिक बिद्यालयको अवधारणा अनुरुप काम भइरहेका र सामूदायिक विद्यालयको शैक्षिक गुणस्तर अझ बढाउन आँफुहरु लागिपरेको उनले बताइन् ।वडा नम्बर ४ मा सुविधासम्पन्न वडा कार्यालय भवन निर्माण गरि सञ्चालनमा आइसकेको तथा अबको केहि महिनाभित्रै पालिकाको आफ्नै प्रशासनिक भवन पनि निर्माण सम्पन्न भइ सञ्चालनमा आउने उपाध्यक्ष महतोले बताइन्। यसकासाथै विभिन्न वडामा ढलान सडक, नाला निर्माण,सामुदायिक भवन निर्माण, काालोपत्रे सडक निर्माण,सिंचाईका मुहान संरक्षण, पुलपुलेसा लगायतको निर्माण गरिएको जानकारी उनले गराइन् ।उपाध्यक्ष महतोले नेपाल सरकारको नियमानुसार विकास निर्माणका कार्यहरु ठेक्कापट्टा र उपभोक्ता समिति मार्फत भईरहेको बताईन्। तर उपभोक्ता समिति मार्फत हुने योजनाका कार्यहरुमा ढिलाई हुने, अनुगमन गर्दा गुणस्तरमा कमि देखिएकोपनि उपाध्यक्ष महतोले बताइन्। पटेर्वा सुगौली गाँउपालिकाको आयोजना तथा सृजनाशील महिला विकास केन्द्रको समन्वयमा आयोजित कार्यक्रममा गाँउपालिका उपाध्यक्ष महतोले चालु आर्थिक बर्ष २०८१/८२ सालमा हालसम्म ८७ वटा साना ठूला योजनाहरु सम्पन्न भएको जानकारी गराइन् । कार्यक्रममा पटेर्वा सुगौली गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्राण मेहताले बजेट सिमित हुदाँ जनताको अपेक्षा पुरा गर्न कडिनाइ भइरहेको बताए । त्यसमा पनि प्रत्येक बर्ष सरकारले बजेट रकम कटौती गर्दै आएको गुनासो उनले गरे ।

    जनप्रतिनिधिहरुले जनताको आवश्यकता र प्राथमिकताका आधारमा निर्माण गरेका योजनाहरुलाई कार्यवन गरिएको प्रमुख प्रशासकीय अधिकृत मेहताले बताए।साथै गाँउपालिका कार्यलयबाट सहज सेवा प्रवाहलाई आँफुहरुले ध्यानमा राखेको उनले बताए । कार्यक्रममा सहभागी वडाबासीहरुले सिचाई, सडक, नाला, विद्युतिय पोल र तार तथा बिभिन्न कार्यक्रममा थारु समुदायको सहभागिता बढि हुने र दलित तथा मुस्लिम समूदायका सहभागिता एकदमै न्यून भएको तथा शिवम ह्याचरीका कारण बस्ती दुर्गन्धित भएको गुनासाहरु राखेका थिए । गाँउपालिका उपाध्यक्ष महत्तोको अध्यक्षता तथा प्रमुख प्रशासकीय अधिकृत मेहताको विशिष्ठ आतिथ्यतामा भएको कार्यक्रममा वडाध्यक्षहरु विजय गैरे, माधव प्रसाद राउत थारु, बासु पञ्जियार,पूर्व गाविस अध्यक्ष प्रमेश्वर गौरो,गाँउकार्यपालिका सदस्य,वडा सदस्य,पाँच वटै वडाका स्थानीय,कर्मचारी,शिक्षक,सञ्चारकर्मी लगायतकाकोपनि सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑