वीरगञ्ज | वीरगञ्ज महानगरपालिका–६ रेसमकोठीस्थित श्री पशुपति स्पाइसेस एण्ड फूड रिपेयरिङ नामक गोदाममा वाडा प्रहरी कार्यालय विरताको टोलीले छापा मारेको छ।
भारतबाट अवैध रूपमा आयात गरिएको सूचनाको आधारमा प्रहरीले सो गोदाममा छापा मारी ठूलो मात्रामा काजू, अखरोठ, इलाइची, छोहरा, पिस्तालगायतका सामानहरू बरामद गरेको छ।
वाडा प्रहरी कार्यालय विरताका निरीक्षकको नेतृत्वमा गरिएको उक्त छापामा गोदाममा भण्डारण गरी राखिएका सामग्रीहरूको कागजपत्र समेत प्रहरीले नियन्त्रणमा लिएको छ।
अवैध रुपमा भण्डारण गरिएको सामग्रीसँग सम्बन्धित कागजात प्रस्तुत नभएको पाइएपछि प्रहरीले तत्काल गोदामलाई सिलबन्दी (ताला) गरेको छ। हाल अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
यस घटनाले सीमावर्ती क्षेत्रहरूबाट हुने अवैध आयात–निर्यात गतिविधिहरूप्रति प्रहरी सतर्क रहेको संकेत दिएको छ।