• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भारतीय सीमाबाट अवैध कुखुराको चल्ला भित्रिँदा नेपाली ह्याचरी व्यवसाय गम्भीर संकटमा

  • वीरगंज संजाल
  • ३० जेष्ठ २०८२, बिहीबार १५:०४
  • ६६१

    चितवन । व्यवसायिक ह्याचरीबाट कोरलियका कुखुराको चल्लाले मूल्य नपाउँदा व्यवसायीहरु समस्यामा परेका छन् । माग कम भएपछि उत्पादित चल्लाले बजार नपाएको हो । बिक्री गर्ने समयसम्म एउटा कुखुराको चल्लामा रु ५५ हाराहारी खर्च हुने व्यवसायीहरु बताउछन् । झण्डै दुई महिनायता ह्याचरी व्यवसायीले प्रति गोटा रु १५/२० मा चल्ला बेच्न बाध्य भएको जनाएका छन् । कतिपयले चल्ला बिक्री गर्ननै नसकेको गुनासो गरेका छन् । नेपाल पोल्ट्री महासङ्घका उपाध्यक्ष टीकाराम पोखरेलका अनुसार एउटा चल्ला उत्पादन गर्न रु ५५ रुपैयाँ खर्च हुन्छ । निरन्तर लागत मूल्यभन्दा कममा चल्ला बेच्नु परेपछि ह्याचरी उद्योगीहरु बैंकिङ ऋण थपेर चल्न बाध्य भएको उनले बताए ।

    उपाध्यक्ष पोखरेलका अनुसार चल्लाको उत्पादन बढेको, भारतीय चल्लाको मूल्य घटेको, मासुको मूल्य कम भएको कारण चल्लाको मूल्य घटेको हो । एक सातामा २५ लाख गोटा हाराहारी चल्ला उत्पादन हुँदै आएकोमा यो सङ्ख्या बढेर ३५ लाख नाघेको छ । भारतीय क्षेत्रबाट निर्वाध रुपमा चल्ला भित्रिएको व्यवसायी बताउँछन् । नेपाल ह्याचरी उद्योग सङ्घका वरिष्ठ उपाध्यक्ष राजेन्द्र लामिछाने अहिले राखिएका चल्लाको उत्पादन साउनमा हुने र त्यतिबेला मासुको खपत कम हुने भएकाले किसान चल्ला राख्न डराएका छन् । बढ्दो गर्मी, खेतीको मौसम, रोगको जोखिम आदि कारणले किसानले चल्ला नराख्दा बिक्री हुन नसकेको उनी बताउँछन् । उनका अनुसार प्रतिगोटा रु एक सय ३० खर्च हुने लेयर्स कुखुराको चल्ला पनि रु एक सयको हाराहारीमा बेच्नुपरेको छ । २१ दिन पहिला ह्याचरीमा चल्ला राख्नुपर्ने हुँदा बिक्री नभए पनि नियमित चल्ला उत्पादन गर्नुपर्ने हुन्छ ।

    नेपालका ह्याचरी उद्योगहरु हरेक हप्ताको आइतबार र मङ्गलबार ह्याचरीबाट चल्ला निकाल्ने गर्दछन् । नेपालमा एक सय १८ ह्याचरीले बोइलर चल्ला र ६ वटाले लेयर्स चल्ला उत्पादन गर्दै आएका छन् । कोभिड अघिसम्म देशभरमा ब्रोइलर कुखुराको चल्ला कोरल्ने तीन सय ४८ ह्याचरी उद्योग सञ्चालनमा थिए । यस्तै १४ रहेको लेयर्स ह्याचरी रहेका थिए । त्यतिबेला एक सातामा बोइलर चल्ला ५५ लाख उत्पादन हुने गरेको थियो । लेयर्स चल्ला सातामा दुई लाख ५० हजारबाट एक लाख ३० हजारमा झरेको छ । चल्लाले मूल्य नपाउनु, दाना र औँषधिको मूल्य बढ्नु, बैंकको ब्याज बढी हुनु, मासुको मूल्य कम भएर कुखुरा पाल्ने किसान विस्थापित हुनु, भारतीय अवैध चल्ला भित्रनु लगायतका कारण यहाँका ह्याचरी उद्योग र कुखुरा पाल्ने किसान विस्थापित हुँदै गएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑