• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सर्लाहीमा काग्रेस नेता माथि बारम्बार आक्रमण, प्रहरी मौन

  • वीरगंज संजाल
  • २१ जेष्ठ २०८२, मंगलवार १४:१८
  • ४७७

    सर्लाही । सर्लाही जिल्लामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूमाथि शृंखलाबद्ध रूपमा सांघातिक आक्रमण भइरहेको भन्दै नेपाली कांग्रेसका जिल्ला र क्षेत्रीय कार्यालयहरूले स्थानीय प्रशासनको भूमिकामाथि गम्भीर प्रश्न उठाएका छन्।
    प्रशासनले दोषीलाई कारबाही नगरे कडा आन्दोलन गर्ने चेतावनी कांग्रेसले दिएको छ। पछिल्ला दुई घटनाले जिल्लामा शान्ति सुरक्षाको अवस्था कमजोर बनेको कांग्रेसको आरोप छ।
    गत जेठ ७ गते, रामनगर गाउँपालिकाका लागि गत स्थानीय निर्वाचनमा कांग्रेसका तर्फबाट प्रमुख पदका प्रत्यासी हरिनन्दन प्रसाद यादवमाथि हुलाकी सडकको गोडैतामा आक्रमण भयो। मलंगवाबाट घर फर्किने क्रममा दिउँसो करिब ४–५ बजे भारतीय नम्बर प्लेटका तीनवटा गाडीमा आएका १५–१६ जनाको समूहले यादव चढेको गाडीलाई रोकी तोडफोड तथा कुटपिटको प्रयास गरे। ज्यान जोगाउन गाडी नरोकी भाग्न खोज्दा करिब २–३ किलोमिटरसम्म पिछा गरी वगदह चिनीमिल नजिक गाडी रोकेर तोडफोड र कुटपिट गरियो। अपराधीहरूले गाडी सडकमै पल्टाएर भागेको र उनीहरूको पहिचान भइसक्दा पनि स्थानीय प्रशासन मौन बसेको कांग्रेसको विज्ञप्तिमा उल्लेख छ।

    त्यसको दुई दिनपछि, जेठ ९ गते, संघीय गृहमन्त्री रमेश लेखक जनकपुर आउनु भएको कार्यक्रममा सहभागी भई फर्किंदै गरेका नेपाली कांग्रेसका प्रदेश उप–सभापति तथा प्रदेश संसदीय दलका उप–नेता बीरेन्द्र प्रसाद सिंहमाथि पनि ज्यान मार्ने उद्देश्यले आक्रमणको प्रयास भयो।

    हुलाकी सडक खण्डको ब्रह्मपुरी गाउँपालिकाको मेल्ही नजिक पुल निर्माण भइरहेको स्थानमा राति करिब १०ः३० बजे भारतीय नम्बर प्लेटका दुईवटा नेक्सन गाडी (BR 30 AJ 6881 र BR 06 TC 0221) लिएर बसेका अपराधीहरूले सिंह चढ्ने गाडी भन्ठानेर तत्कालीन मधेश प्रदेश सरकारका पूर्व अर्थमन्त्री सञ्जय कुमार यादवको गाडीमाथि आक्रमण गर्न खोजेका थिए।

    पूर्व अर्थमन्त्रीको अंगरक्षक (प्रहरी) ले प्रतिवाद गर्दा र बीरेन्द्र प्रसाद सिंह त्यस गाडीमा नभएको थाहा पाएपछि अपराधीहरूले ‘हामीले बीरेन्द्र प्रसाद सिंहलाई खोजेको हो’ भन्दै उक्त गाडी छोडेको विज्ञप्तिमा उल्लेख छ।
    पूर्व अर्थमन्त्रीको अंगरक्षकले घटनामा प्रयोग भएका गाडी नम्बरसहितको भिडियो क्लिप र जानकारी तत्काल जिल्ला प्रहरी कार्यालय, मलंगवा, सर्लाहीलाई गराएका थिए। यस घटनापछि बीरेन्द्र प्रसाद सिंहले आफ्नो ज्यानको रक्षा, शान्ति सुरक्षा र अपराधीहरूलाई कानुन बमोजिम कारबाही गर्नका लागि पटक–पटक मौखिक तथा लिखित रूपमा स्थानीय प्रशासनलाई जानकारी गराए पनि हालसम्म कुनै कारबाही नभएको कांग्रेसले जनाएको छ।

    अपराधीहरू खुल्लमखुल्ला घुमिरहेका कारण आम जनता त्रसित बनेको र शान्ति सुरक्षाको अनुभूति गर्न नपाएको कांग्रेसको ठहर छ।
    नेपाली कांग्रेस सर्लाही जिल्ला कार्यालयका सचिव निरज कार्की र क्षेत्र नं. ४ क्षेत्रीय कार्यालयका सभापति राम आश्रय साहले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै यस्ता घटनाको घोर भर्त्सना गरेका छन्। उनीहरूले तत्काल दोषीलाई कारबाहीको दायरामा ल्याई आम जनतालाई त्रासमुक्त बनाउन, शान्ति सुरक्षा र सुशासनको प्रत्याभूति दिलाउन सरकारसँग जोडदार माग गरेका छन्।

    कांग्रेसले आफ्ना नेता तथा कार्यकर्ताहरूमाथि भइरहेको सांघातिक आक्रमण असह्य हुने भन्दै तत्काल स्थानीय प्रशासनले अपराधीहरूलाई कारबाही नगरे नेपाली कांग्रेस सर्लाहीले शान्ति सुरक्षा कायम गराउन र न्याय स्थापित गराउनका लागि कडाभन्दा कडा आन्दोलनका कार्यक्रमहरू तय गरी अगाडि बढ्ने र त्यसको सम्पूर्ण जिम्मेवारी स्थानीय प्रशासनले लिनुपर्ने चेतावनी दिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑