• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बारामा ८ वर्षीया बालिकामाथि सामूहिक बलात्कार, ७ जना पक्राउ

  • वीरगंज संजाल
  • १९ जेष्ठ २०८२, आईतवार २३:३४
  • २०५३

    वीरगन्ज | बारामा ८ वर्षीया बालिकाको सामूहिक बलात्कार गरिएको घटना सार्वजनिक भएको छ। बाराको प्रसौनी गाउँपालिकाकी ८ वर्षीया बालिकामाथि जेठ १३ गते राति १० बजेतिर सामूहिक बलात्कार भएको भए पनि घटना अहिले मात्रै प्रकाशमा आएको हो।

    उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले ७ जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूको परिचय प्रहरीले खुलाएको छैन। जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले घटना १३ गते रातिको भए पनि घटनाबारे प्रहरीलाई जेठ १४ गते मात्रै खबर भएको बताए।

    स्वास्थ्य परीक्षणबाट पीडित भनिएकी बालिकामाथि सामूहिक बलात्कार भएको पुष्टि भएको उनले बताए। पीडित बालिकालाई उनका अभिभावकले वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचारका लागि भर्ना गरेपछि उपचारका क्रममा बलात्कारको पुष्टि भएपछि मात्रै प्रहरीमा खबर गरिएको उनले बताए। पण्डितले भने, ‘घटना जेठ १३ गते रातिको भए पनि प्रहरीलाई भने जेठ १४ गते बिहान मात्रै अस्पताल प्रशासनबाट खबर गरिएको हो।’

    पीडित बालिकाको अहिले वीरगन्जको नारायणी अस्पतालमा प्रहरीको निगरानीमा उपचार जारी रहेको उनले बताए। घटनाको अनुसन्धानका क्रममा ७ जनालाई प्रहरीले नियन्त्रणमा लिइसकेको र उनीहरू विरुद्ध बारा जिल्ला अदालतबाट ५ दिनको म्याद थपको अनुमति लिई अनुसन्धान जारी रहेको उनले बताए।

    प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएकाहरू नाबालिग रहेकाले उनीहरूको पहिचान खुलाउन नमिल्ने प्रहरी नायब उपरीक्षक पण्डितले बताए। प्रहरीले नियन्त्रणमा लिएकाहरूको पहिचान नखुलाए पनि उक्त घटनामा संलग्न रहेको आरोपमा पीडित बालिकाकै नातामा काका पर्ने एक व्यक्ति पनि प्रहरीको हिरासतमा छन्।

    घटना के हो ?
    बालिकाको घरसंगै जोडिएको नातेदारको घरमा जेठ १३ गते छोरीको बिहे थियो। त्यसको अघिल्लो दिन जेठ १३ गते राति बिहेको घरमा कथामटकोर (बिहेको अघिल्लो दिन हुने विधि) थियो। जेठ १३ गते राति कथामटकोरको पूजापाठको विधि सकिएपछि भोज सुरु भयो। भोज खाएर छरछिमेककाहरू घर फर्किन थाले।

    त्यसबेला करिब रातिको १० बजेको थियो। पीडित बालिका घरछेउको धारामा पानी भर्न गएकी थिइन्। त्यही बेला केही व्यक्तिहरूले उनको हात समातेर धारा छेउकै मकैबारीमा लगे। मकैबारीमा ती बालिकामाथि तीन जनाले पालैपालो बलात्कार गरे। बालिका अचेत भइन्। होस् खुलेपछि उनी लरखराउँदै घर तर्फ आइन्। घर छेउको आँगनमा पुग्ने बित्तिक्कै उनी फेरि अचेत भएर लडिन्।

    त्यसपछि उनका अभिभावकले उनलाई कलैयास्थित प्रादेशिक अस्पतालमा लगे। त्यहाँ बालिकाको यौनांगबाट रगत बगिरहेको अवस्थामा चिकित्सकले देखेपछि घटना शंकास्पद भएको हुनसक्ने आकलन गरेर उपचारका लागि अन्यत्र लैजान सुझाए। त्यसपछि अभिभावकले प्रहरीलाई समेत खबर नगरी ती बालिकालाई उपचारका लागि वीरगन्जको नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा लगेर भर्ना गरे। त्यहाँ उनको उपचार सुरु गरियो। त्यस क्रममा बालिकाको बलात्कार भएको पुष्टि चिकित्सकले गरेपछि अस्पताल प्रशासनले प्रहरीलाई खबर गर्‍यो। अस्पतालमा पुगेर प्रहरीले ती बालिकालाई वीरगन्जकै नारायणी अस्पतालमा लगेर भर्ना गर्यो। अहिले ती बालिकाको नारायणी अस्पतालमै उपचार जारी छ।

    नारायणी अस्पतालका सूचना अधिकारी तथा वरिष्ठ चिकित्सक डा. उदयनारायण सिंहले पीडित बालिकाको स्वास्थ्य अवस्था अहिले सुधारोन्मुख र खतरामुक्त रहेको जानकारी दिए। उनले भने, ‘सुरुमा अस्पतालमा ल्याइएका बेला गहिरो घाउ थियो। त्यसका कारण माइनर अप्रेसन नै गर्नुपर्यो। अहिले भने अवस्था सुधारोन्मुख छ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    मानव बेचबिखन तथा ओसारपसारमा संलग्न एक जना युवक वीरगञ्जबाट पक्राउ

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    News

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑