• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बेल जुस उत्पादन गर्दै सामुदायिक वन

  • वीरगंज संजाल
  • २७ बैशाख २०८२, शनिबार १२:०८
  • ७७३

    नवलपरासी पश्चिम । राष्ट्रिय रुपमै बेलजुस उत्पादन गर्ने सामुदायिक वन भनेर चिनिने नवलपरासी पश्चिमस्थित सुनवल ६ विशासयमा रहेको विशासय सामुदायिक वनले यतिबेला धमाधम बेलजुस उत्पादन सुरु गरेको छ । एक वन एक उद्यमको अवधारणालाई आत्मसाथ गर्दै २०६६ सालदेखि बेल जुस उत्पादन गर्दै आएको यस सामुदायिक वनले आजसम्म पनि बेलजुस उत्पादन कार्यलाई निरन्तरता दिइरहेको छ । बेल जुस उत्पादन गर्नका लागि विशासय सामुदायिक वनले आफ्नो रेखदेखमा सात सदस्यीय उपसमिति र पाँच सदस्यीय बजार व्यवस्थापन समिति निर्माण गरेको छ । “ गरीब विपन्न महिला लक्षित कार्यक्रम” भएकाले बेल टिप्नेदेखि जुस उत्पादन र बजारीकरणसम्म यस सामुदायिक वन उपभोक्ता समूहको महिला दिदिबहिनीको क्रियाशिलता रहेको छ ।

    प्रशस्त मात्रामा बेलका बोटहरु रहेको यस सामुदायिक वनमा बिहान दिदिबहिनीहरु बेल टिप्न जङ्गल जानुहुन्छ, टिपेर ल्याएको बेललाई सामुदायिक वनले प्रति केजि २० देखि २५ रुपियासम्म खरिद गर्ने गर्छ । त्यसपछि बेल जुस उत्पादन गर्ने प्रक्रियाका लागि दैनिक १५–देखि १७ जना महिलाहरु खट्ने गर्नुहुन्छ । बच्चालाई स्कुल पठाएर घरधन्दा सकेर १० देखि ५ बजेसम्मको खाली समय सदुपयोग भएको र त्यसबाट कमाएको दैनिक ६ सय ज्यालाले व्यवहार चल्न सहयोग मिलेको सुनवल ६ विशासय निवासी उर्मिला कुँवरले बताउनुभयो । बेल निश्चित समयमसम्म मात्र रहने र विस्तातै आफैँ विग्रदै जाने भएकाले वैशाखको १५ देखि जेठको १५ गतेसम्म एक महिनाभित्र बेलको जुस तयार गरिसक्नुपर्ने बेल जुस उत्पादन समितिका संयोजक माया काफ्लेले बताउनुभयो । प्रशोधित बेल जुसलाई सुरुका वर्षहरुमा बजारीकरणको धेरै समस्या भए पनि यो जुस विशुद्ध अर्गानिक भएकाले आजभोलि स्थानीय बजारमै बढि मात्रामा खपत हुँदै आएको छ । बेल जुुुस पेटसम्बन्धी कब्जियत, ग्यास्टिकलगायतको रोगको अचुक औषधीको रुपमा मात्र नभई छाला चम्किलो बनाउने, गर्मी फाल्नेदेखि मानसिक रुपमा पनि स्वस्थ्य राख्ने भन्दै टाढा टाढाबाट पनि सिधै गाडि लिएर बेल जुस किन्न आउने गरेको सामुदायिक वनका अध्यक्ष गंगाप्रसाद घिमिरेले बताउनुभयो ।

    बेल जुसको ६ सय एम एलको बोतललाई एक सय र साथ सय एम एल बोतललाई एक सय २० रुपियाँमा बिक्री गरिएको छ । बिरामीलाई ध्यानमा राखेर सुजर फ्रिमा समेत बेल जुस उत्पादन गरिन्छ । बाहिरबाट बेल जुस उत्पादन कार्य अवलोकनका लागि आउने पाहुनाहरुलाई मायाको चिनोको रुपमा पनि बेल जुस दिने गरेको सचिव रुपा पाठकले बताउनुभयो ।व्यक्तिलाई स्वस्थ्य राखि सफल बन्न एक महत्त्वपूर्ण भूमिका निर्भाह गर्ने बेल आजभोलि वन डढेलोका कारण कहिले बोटमै सुक्ने त कहिले झरिका कारण झरेर किरा लाग्ने समस्या देखिएको छ । बेलको समस्या समाधान गर्न वनका केहिँ क्षेत्रमा बेल रोपिएको र आगामी दिनमा बेलको पकेट क्षेत्रै घोषणा गरेर अगाडि बढ्ने योजनामा रहेको यस सामुदायिक वनको उपाध्यक्ष टेक प्रसाद न्यौपानेले बताउनुभयो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • भोजपुरमा एकै परिवारका ४ जनाको हत्या
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑