• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पर्सा जिल्ला अदालतद्वारा कानुन दिवस २०८२ भव्य रूपमा मनाइयो

  • वीरगंज संजाल
  • २६ बैशाख २०८२, शुक्रबार १५:५९
  • ६०५

    पर्सा | कानुनी शासन, न्यायमा पहुँच र विधिको सर्वोच्चतालाई बलियो बनाउने उद्देश्यका साथ पर्सा जिल्ला अदालतले आज एक विशेष कार्यक्रम आयोजना गरी कानुन दिवस २०८२ भव्य रूपमा मनाएको छ। कार्यक्रममा पर्सा जिल्ला अदालतका प्रमुख जिल्ला न्यायाधीश श्री दिपक खनालले अदालत प्राङ्गणमा नव निर्माण गरिएको Statue of Lady Justice (न्यायकी देवीको मुर्ति) को विधिवत अनावरण गरे। न्यायकी देवीको यो मुर्ति न्यायप्रतिको निष्पक्षता, विवेक र सत्यको प्रतीकका रूपमा स्थापना गरिएको हो।

    कार्यक्रमको औपचारिक शुभारम्भमा अदालतका श्रेस्तेदार प्रभाकर कुमार मल्लिकले शुभकामना सन्देश व्यक्त गर्दै कानुन दिवसको ऐतिहासिक पृष्ठभूमिबारे प्रकाश पारे। उनले भने, “व्यक्तिको होइन, विधिको शासन होस्, कानुन सबैका लागि समान होस्, न्यायमा सहज पहुँच होस् भन्ने उद्देश्यले कानुन दिवस मनाइन्छ।” उनले स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका स्थापनाका लागि नागरिक, कानुन व्यवसायी र सबै निकायको सहकार्य जरुरी रहेको उल्लेख गरे।

    कार्यक्रममा विभिन्न क्षेत्रबाट विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सहभागीहरूमा सम्पूर्ण न्यायाधीशहरू, अदालतका कर्मचारीहरू, नेपाल बार एसोसिएसन पर्साका अध्यक्ष अधिवक्ता कमलमोहन पोख्रेल, बिरगंज स्कुल अफ ल का अध्यक्ष अधिवक्ता चन्द्रीका प्रसाद पटेल, कानुन विषय अध्ययनरत विद्यार्थीहरू, जिल्ला प्रशासन कार्यालय (CDO), मालपोत कार्यालयका हाकिम, पर्सा कारागारका जेलर, जिल्ला प्रहरी कार्यालय (DSP) लगायतका प्रतिनिधिहरू उपस्थित थिए।

    कार्यक्रममा सहभागीहरूले कानुनी शासनको सुदृढीकरण, न्यायमा पहुँचको सहजता, र जनमानसमा कानुनी चेतनाको अभिवृद्धि जस्ता विषयमा धारणा राखेका थिए। प्रमुख जिल्ला न्यायाधीश खनालले कानुन दिवसले सबै सरोकारवालामा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै न्याय सबैका लागि समान र सहज होस् भन्ने सन्देश यो दिवसले दिने बताए।

    कार्यक्रमको समापनमा पर्सा जिल्ला अदालत परिवारले सबैलाई कानुन दिवस २०८२ को शुभकामना व्यक्त गर्दै, न्याय, विधि र लोकतन्त्रको संस्थागत विकासमा सबैको सकारात्मक सोच र सहकार्य अपरिहार्य रहेको सन्देश दिएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • भोजपुरमा एकै परिवारका ४ जनाको हत्या
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑