काठमाडौँ – वैशाख २८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभा बैठकलाई सम्बोधन गर्ने भएका छन्। मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सो जानकारी गराएका हुन्।
उनले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथिको छलफल नसकिएको र नीति तथा कार्यक्रममाथि सांसदहरुले सदनमा उठाएका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिने कार्यक्रम राखिएको जानकारी दिए।
राष्ट्रिय सभाको अर्को बैठक वैशाख २८ गते आइतबार दिउँसो सवा १ बजे बस्नेछ।