• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पालिका अध्यक्षले फुर्ती देखाउँदा सांसदहरू हैरान, मागे बजेटमा भाग

  • वीरगंज संजाल
  • २३ बैशाख २०८२, मंगलवार १७:४४
  • ५७७

    आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा प्रत्यक्ष निर्वाचित सांसदका लागि बजेट छुट्याउन नमिल्ने भए पनि घुमाउरो बाटोबाट सांसदलाई बजेट दिन लागिएको छ । सरकारले हरेक सांसदलाई २१ करोड रुपैयाँका योजना दिन योजना संकलन गरेको छ । संकलन गर्ने काम भने राजनीतिक दलको संसदीय दलबाट भएको छ । सांसदहरूलाई आफ्नो क्षेत्रका सातवटा योजना माग गरिएको छ र उनीहरूले मागअनुसार नै आफ्ना क्षेत्रका विकास आयोजनाहरूको सूची बुझाएका छन् । ‘हामीलाई सातवटा योजना माग भएको थियो । ३ करोडभन्दा तलका आयोजना त नहोला । संसदीय दलमार्फत योजना बुझाएका छौँ,’ कांग्रेस सांसद सञ्जय गौतमले शिलापत्रसँग भने । माओवादी केन्द्रका सांसद हितबहादुर तामाङ ३ करोडभन्दा माथिका सातवटा आयोजनाको सूची दिन पार्टीका प्रमुख सचेतकले बुझाउन भनेको बताए । ‘३ करोडभन्दा माथिका आयोजना बुझाउन भनिएको थियो । मैले बुझाउन बाँकी छ । कुनकुन योजना बुझाउने अध्ययनको क्रममा छु,’ तामाङले शिलापत्रसँग भने ।

    सांसदले बुझाएका योजनालाई सम्बन्धित मन्त्रालयमार्फत कार्यान्वयन गर्ने गरी बजेटको व्यवस्था गर्ने तयारी अर्थ मन्त्रालयको छ । रास्वपा सांसदहरूले आफ्नो चुनावी क्षेत्रमा चाहिने योजनाहरूको सूची मन्त्रालयहरूमा बुझाएका थिए । अहिले सातवटा योजना छान्न भनेपछि उनीहरूले प्राथमिकीकरण गरेर सूची बुझाएका थिए । संसदीय दलबाट ३ करोडभन्दा माथिका योजनाहरू संसदीय दलको माध्यमबाट अर्थमा बुझाएका छन् । ‘स्पष्ट कुरा केही पनि छैन । संसदीय दलमा योजना बुझाउनुस् भन्ने कुरा आयो । कुन मन्त्रालयमा बुझाउने हो, के–के योजना राख्ने हो भन्ने कुरा आएको छैन । पाँचवटा योजना बुझाउनुस् भन्नुभएको थियो,’ रास्वपा सांसद सोविता गौतमले शिलापत्रसँग भनिन् । उनले आफ्नौ क्षेत्रको सडक र कृषि पूर्वाधारलाई प्राथमिकतामा राखेकी छिन् । अर्थ मन्त्रालयले सांसदहरूको दबाबबाट बजेट दिने वैकल्पिक बाटो खोजेको हो । ‘सांसदहरूको माग बजेट चाहियो भन्ने थियो । सर्वोच्चले रोक लगाएपछि कुनै माध्यमबाट १५ करोड बजेट दिनुपर्छ भन्नुभएको थियो । योजना आउनेबितिक्कै अर्थले बजेट हाल्ने भन्ने हुँदैन । संसदको ओनरसिप चाहिने भएकाले संसदीय दलबाट योजना मागेका हौँ । सम्बन्धित मन्त्रालयबाट योजना परेर जान्छ,’ अर्थ मन्त्रालय स्रोतले भन्यो ।

    सांसदहरूलाई विधायकी भूमिकामा पठाएको भन्ने कुरा जनताले बिर्सन्छन् । भाषण गर्दा मैले गर्दा यतिको बजेट आयो, योजना पर्‍यो भनेर देखाउने भाषण नै उनीहरूलाई भारी परेको छ । ‘सैद्धान्तिक रूपमा गलत हो तर सांसदहरूको जिल्लामा जाँदा बिजोक हुने रहेछ । पालिकाका जनप्रतिनिधिले फलानो काम गरेँ, बजेट पारेँ, योजना ल्याएँ भन्ने हुने र सांसदहरूले केही गरेको नदेखिने भएपछि मन्त्रालयलाई सांसदहरूले दबाब दिनुभएको छ,’ मन्त्रालय स्रोतले भन्यो । यसअघि नै सर्वोच्च अदालतले ‘संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ रोक्न फैसला गरेको थियो । तर, सांसदहरूले ‘नीति मात्र बनाएर हुँदैन, बजेट पनि चाहियो’ भनेपछि तीन करोडका सातवटा योजनामा बजेट दिन अर्थ मन्त्रालय तयार भएको हो । यही कुरालाई लिएर अर्थमन्त्री विष्णु पौडेल राजनीतिक दौडधुपमा छन् । उनी कहिले कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पुग्छन् त कहिले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुग्छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑