बारा । सिकिन्द्र साह । बाराको जनता समाजवादी पार्टी (जसपा) नेपालको नयाँ जिल्ला अध्यक्षमा रमेश यादव निर्वाचित भएका छन्। पचरौता नगरपालिकाका पूर्व नगरप्रमुख समेत रहेका यादवले आफ्ना निकटतम प्रतिद्वन्द्वी धर्मबिर प्रसाद यादवलाई ९९ मतले पराजित गर्दै अध्यक्ष पदमा विजय हासिल गरेका हुन्।
शनिबार सम्पन्न जिल्ला अधिवेशनमा कुल ४७२ मत खसेकोमा रमेश यादवले २६९ मत प्राप्त गरे भने धर्मबिर प्रसाद यादवले १७५ मतमा सीमित रहे। अध्यक्षसहित अन्य पदहरूमा पनि नयाँ नेतृत्व चयन गरिएको छ।
उपाध्यक्ष पदमा शिवेन्द्र प्रसाद सिंह र पुनम कुशवाहा निर्वाचित भएका छन्। सचिवमा शम्भु कुमार गुप्ता, सह-सचिवमा सिकन्द्र दास र नन्दन गुप्ता तथा कोषाध्यक्षमा बिरेन्द्र प्रसाद यादव विजयी भएको प्रमुख निर्वाचन अधिकृत शंकर प्रसाद साहले जानकारी दिए।
उनका अनुसार कार्यसमितिका सदस्य पदका लागि मतगणना जारी छ। अधिवेशनले बारामा जसपालाई संगठित गर्दै पार्टीमा नयाँ ऊर्जा भरिदिने अपेक्षा गरिएको छ।