• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यी ७ देशमा चल्दैन फेसबुक, नेपालमा के होला ?

  • वीरगंज संजाल
  • १४ बैशाख २०८२, आईतवार ०७:२१
  • ७०५

    आइतबार १४ बैशाख, २०८२

    close

    Unicode
    English
    मूल्य सूची
    गृहपृष्ठ
    नीति
    टेलिकम
    इन्टरनेट
    ग्याजेट्स
    स्टार्टअप
    साइबर सुरक्षा
    सामाजिक सञ्जाल
    फ्याक्ट चेक
    एजुकेसन
    विचार
    डिजिटल पेमेन्ट
    अटो टेक
    टिप्स
    बजार
    विचार/अन्तर्वार्ता
    प्रोफाइल स्टोरी
    विज्ञान प्रविधि
    शब्द ज्ञान
    गेमिङ

    facebook sharing button
    messenger sharing button
    twitter sharing button
    linkedin sharing button
    sharethis sharing button
    यी ७ देशमा चल्दैन फेसबुक, नेपालमा के होला ?
    यी ७ देशमा चल्दैन फेसबुक, नेपालमा के होला ?

    काठमाडौं । विश्वभर सर्वाधिक प्रयोग हुने सामाजिक सञ्जाल हो, फेसबुक । विभिन्न तवरबाट विश्वका धेरै मानिसको दैनिक जीवनमा फेसबुक जोडिएको छ । तर, सबै देशमा यसलाई सजिलै चलाउन पाइँदैन । केही देशले फेसबुकमाथि प्रतिबन्ध लगाएका छन् ।
    वीरगन्ज । हाल सात देशमा फेसबुकले पूर्ण प्रतिबन्धको सामना गरेको छ । सेन्सरशिपदेखि राष्ट्रिय सुरक्षासम्मका विभिन्न कारण देखाएर त्यहाँका सरकारले फेसबुकमाथि प्रतिबन्ध लगाएका छन् ।

    केही देशले भने प्रतिबन्ध लगाए पनि फुकुवा गरेका छन् । आज हामी ती देशहरूको चर्चा गर्छौं, जहाँ फेसबुकमाथि प्रतिबन्ध लगाइएको छ:

    चीन (सन् २००९ देखि)

    सन् २००९ मा सिन्जियाङ प्रान्तमा भएको जातीय दङ्गापछि चीनमा फेसबुकमाथि रोक लगाइएको थियो । त्यतिबेला मानिसहरूले फेसबुकमार्फत कुराकानी गरेर दङ्गा गर्ने योजना बनाएको चीन सरकारको आरोप छ । पछि चीनले फेसबुकसँग उनीहरूको विवरण माग्यो । तर, फेसबुकले दिन नमानेपछि त्यसलाई प्रतिबन्ध लगाएको बताइएको छ ।

    यो प्रतिबन्ध चीनको ‘ग्रेट फायरवाल’ भनिने कडा इन्टरनेट सेन्सरशिप नीतिको हिस्सा हो । यसले विदेशी प्लेटफर्म रोकेर सूचना नियन्त्रण गर्छ र सरकार विरोधी विचार दबाउन सघाउँछ । चीनले अन्य धेरै विदेशी इन्टरनेट कम्पनीलाई पनि रोक लगाएको छ, जसले गर्दा त्यहाँका सामाजिक र राजनीतिक रूपमा संवेदनशील विषय फैलिन नपाओस् । साथै चीनले वीच्याट जस्तो आफ्नै देशका एपलाई बढावा दिन पनि यस्तो गरेको हो ।

    इरान (सन् २००९ देखि)

    इरानमा सन् २००९ को राष्ट्रपति चुनावपछिको विवाद र विरोध प्रदर्शनका बेला पहिलो पटक फेसबुकमाथि रोक लगाइएको थियो । विपक्षी आन्दोलनले विरोध प्रदर्शन आयोजना गर्न र आफ्ना गतिविधि समन्वय गर्न प्लेटफर्म प्रयोग गरिरहेकाले डराएर सरकारले प्रतिबन्ध लगाएको थियो । कहिलेकाहीँ फुकुवा भएको रिपोर्ट आए पनि इरानमा फेसबुक र अन्य सामाजिक सञ्जाल प्लेटफर्महरूमा पहुँच अत्यधिक प्रतिबन्धित छ ।

    इरानी सरकारले राजनीतिक असन्तुष्टि रोक्ने र देशभित्र पश्चिमी संस्कृति तथा मिडियाको प्रभाव सीमित गर्नेबारे लगातार चिन्ता व्यक्त गर्दै आएको छ । यी प्रतिबन्धका बाबजुद इरानका नागरिक प्रतिबन्धलाई छल्न र अवरुद्ध प्लेटफर्ममा प्रयोग गर्न भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन) प्रयोग गर्दै आएका छन् । तर भीपीएनको प्रयोगले सुरक्षा जोखिम र सम्भावित कानुनी परिणाम निम्त्याउने गरेको छ । डिजिटल क्षेत्रलाई थप नियन्त्रण गर्न इरानले चीनसँग राष्ट्रिय इरानी इन्टरनेट स्थापना गर्न सहकार्य गर्ने घोषणा गरेको थियो । यसले चीनको ‘ग्रेट फायरवाल’ जस्तै सेन्सरसिप उपाय लागू हुन सक्ने बताइएको छ ।

    उत्तर कोरिया (सन् २०१६ देखि)

    उत्तर कोरियाले अप्रिल २०१६ देखि फेसबुक लगायत विदेशी सामाजिक सञ्जाल चलाउनुलाई अपराध मानेको छ । यो देशले बाहिरी संसारबाट आफूलाई अलग राख्ने नीति लिएको छ भने विदेशी मिडियामाथि कडा नियन्त्रण गर्दै आएको छ । अधिकांश नागरिकसँग इन्टरनेटको पहुँच नै नभएकाले यो प्रतिबन्ध सरकारको आफ्ना जनतालाई बाहिरी सूचनाबाट टाढा राख्ने रणनीतिको एक भाग हो ।

    म्यानमार (सन् २०२१ देखि)

    फेब्रुअरी २०२१ मा सेनाले ‘कू’ गरेपछि म्यानमारको सैनिक सरकारले फेसबुकमाथि प्रतिबन्ध लगायो । ‘कू’ विरुद्धको विरोध प्रदर्शनलाई संगठित गर्न र सूचना आदानप्रदान गर्न सामाजिक सञ्जालको धेरै प्रयोग भएपछि सरकारले सूचना प्रवाह रोक्न तथा विरोध दबाउन यो कदम चालेको थियो । फेसबुक र यसका अन्य सेवाहरू (मेसेन्जर, इन्स्टाग्राम, ह्वाट्सएप) पनि त्यहीबेला बन्द भएका थिए ।

    रुस (सन् २०२२ देखि)

    रुसले फेसबुकलाई सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि प्रतिबन्ध लगाएको हो । फेसबुकले युक्रेन युद्धको बारेमा रुसी सरकारको आधिकारिक भनाइभन्दा फरक जानकारी फैलाएकाले प्रतिबन्ध लगाएको रुसको सरकारी नियामक निकाय (रोसकोमनादजोर) को दाबी छ । सरकार आफ्नो देशका नागरिकसम्म पुग्ने युद्धसम्बन्धी जानकारीलाई नियन्त्रण गर्न चाहन्थ्यो र आफ्नो आधिकारिक कथा विपरीतका सूचनाहरूलाई रोक्न चाहन्थ्यो । त्यसैले फेसबुकमाथि प्रतिबन्ध लगाइएको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

    तुर्कमेनिस्तान (सन् २०१८ देखि)

    तुर्कमेनिस्तान संसारकै सबैभन्दा धेरै सेन्सरशिप भएका देशमध्ये पर्छ । त्यहाँ सन् २०१८ देखि फेसबुक लगायत लगभग सबै प्रमुख विदेशी सामाजिक सञ्जालमाथि प्रतिबन्ध छ । यो देशको व्यापक इन्टरनेट सेन्सरशिप नीतिको अंग हो । यसअन्तर्गत हजारौं वेबसाइट बन्द गरिएका छन् । सरकार सूचनामाथि कडा नियन्त्रण राख्नुका साथै र नागरिकलाई बाहिरी दुनियाँसँग सम्पर्क गर्नबाट रोक्ने गर्छ ।

    युगान्डा (सन् २०२१ देखि)

    युगान्डा सरकारले सन् २०२१ को राष्ट्रपतीय चुनावको ठिक दुई दिनअघि फेसबुकमाथि प्रतिबन्ध लगाएको थियो । फेसबुकले सरकार समर्थक अकाउन्ट बन्द गरेको आरोप त्यहाँको सरकारले लगाएको थियो । तर, आलोचकले यसलाई चुनावको समयमा सूचना प्रवाह रोक्न र विपक्षीहरूको गतिविधि खासगरी युवा मतदातालाई संगठित हुनबाट रोक्ने प्रयासको रूपमा हेरेका थिए । चुनावपछि पनि यो प्रतिबन्ध जारी रह्यो । र, त्यहाँ अहिलेसम्म फेसबुकमाथि प्रतिबन्ध लागेको छ । पछिल्लो समय यस देशमा फेसबुकमाथिको प्रतिबन्ध फुकुवा गर्नेबारे सरकार र मेटाबिच छलफल भइरहेको छ ।

    नेपालमा के होला ?

    नेपालमा पछिल्लो समय फेसबुक लगायतका सामाजिक सञ्जालहरूमा प्रतिबन्ध लगाउने चर्चा तीव्र भएको छ । शुक्रबारमात्रै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मेटालाई सात दिनभित्र नेपालमा दर्ता नभए प्रतिबन्धको चेतावनी दिएका छन् । यसअघि पनि सरकारले पटक पटक सामाजिक सञ्जाल सञ्चालक कम्पनीलाई सूचीकरणमा आउन ताकेता गरेको थियो ।

    नेपाल सरकारले २०८० सालमा ल्याएको सामाजिक सञ्जाल सञ्चालन निर्देशिका अनुसार नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जालहरूले अनिवार्य रूपमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण गराउनुपर्छ । साथै, नेपालमा सम्पर्क व्यक्ति राख्न, गुनासो सुन्ने अधिकारी तोक्न र स्वनियमन प्रणाली लागू गर्नुपर्ने व्यवस्था गरिएको छ ।

    तर, पटक-पटक ताकेता गर्दा पनि फेसबुक (मेटा) लगायतका केही प्रमुख सामाजिक सञ्जालहरूले दर्ता प्रक्रिया पूरा नगरेको भन्दै सरकारले अन्तिम मौका स्वरूप एक साताको समय दिएको छ । हालसम्म टिकटक, भाइबर, एसएआरएल र सारांश मिडिया ल्याब मात्र नेपालमा सूचीकरण भएका छन् ।

    मन्त्री गुरुङले मेटाले नेपालको कानुनी व्यवस्था उल्लंघन गरेको भन्दै सार्वजनिक रूपमा आलोचना गर्दै आएका छन् । यस्तो अवस्थामा एक सातामा सूचीकरण नभए मेटामाथि प्रतिबन्ध लगाउने सरकारी तयारी देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑