वीरगन्ज | हेटौडाको रातोमाटेमा लागू औषधसहित बाराका दुई जना युवक पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा बाराको पचरौता नगरपालिका वडा नम्बर ७ बेनौलीका २५ वर्षीय तिर्थलाल पासवान र त्यहि गाँउका २३ वर्षीय सुनिल पटेल रहेका छन् ।
बाराको सिम्रौनगढबाट हेटौडातर्फ जाँदै गरेको मधेश प्रदेश ०२–००१ च १४३८ नम्बरको पकअप गार्डी प्रहरीले रातोमाटेमा रोकेर चेकजाँच गरेको थियो । त्यसक्रममा उक्त गाडीको इन्जिनभित्र लुकाएर राखिएको नेपालमा प्रतिबन्धित ट्रामाडोल हाइड्रो क्लोराइड क्याप्सुल ५७ हजार ५०० पिस बरामद भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
बरामद उक्त औषधि र गाडीससहित गाडीका चालक पासवान र सहचालक पटेललाई नियन्त्रणमा लिएर थप अनुसनधान भइरहेको प्रहरीले जनाएको छ ।