• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सिरहामा प्रधानमन्त्री ओलीको कार्यक्रममा कार्यकर्ता उतार्न सरकारी इन्धन वितरण

  • वीरगंज संजाल
  • २७ चैत्र २०८१, बुधबार ०८:४०
  • ९८१

    सिरहा | सिरहामा प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यक्रममा सहभागी गराउन नेता कार्यकर्तालाई इन्धन बाँडिएको छ । ओलीको उपस्थितिमा सिरहा सदरमुकाममा मंगलबार सम्पन्न एमालेको एघारौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा कार्यकर्ता उतार्न इन्धन वितरण गरिएको हो ।

    चोहर्वास्थित गोपाल पेट्रोल पम्पमा सवारीसाधनमा इन्धन वितरण गर्ने कामको अगुवाइ गर्दै भेटिएका एमाले कार्यकर्ता गुगली यादवका अनुसार, मोटरसाइकललाई २ लिटरसम्म, ट्याक्टरलाई १० लिटर र बसलाई १५ लिटरसम्म डिजेल तथा पेट्रोल वितरण गरिएको छ । तर, यो इन्धन पार्टीले नभई सरकारी स्रोतको दुरुपयोग गर्दै वितरण गरिएको पाइएको छ । जिल्लाका एमाले नेतृत्वका पालिकाहरूले आफ्नो खाता चल्दै आएको पेट्रोल पम्पहरूबाट इन्धन बाँडेको पाइएको हो ।

    एमाले नेतृत्वकै एक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका अनुसार, आज वितरण भएको इन्धनलाई पालिकाकै इन्धन खर्चमा मिलान गरिनेछ । ‘हाम्रोमा मात्रै होइन, सबै स्थानीय तहले इन्धन दिएका हुन्,’ उनले नाम उल्लेख नगरिदिन आग्रह गर्दै भने, ‘मेयर साबहरूले भनेपछि नाइँनास्ती गर्ने कुरा भएन, हामीलाई नमुछिदिनुहोला ।’ तर, यस विषयमा एमालेका सिरहा जिल्लाका कार्यवाहक अध्यक्ष एवं सिरहा नगरपलिकाका नगर प्रमुख नवीन यादवसँग प्रतिक्रिया लिन खोज्दा उनी सम्पर्कमै आउन चाहेनन् ।

    सिरहामा जम्मा १७ वटा स्थानीय तह छन् । जसमध्ये गोलबजार, सिरहा, धनगढीमाई, कर्जन्हा, कल्याणपुर र सुखीपुर नगरपालिका तथा नरहा, विष्णुपुर र भगवानपुर गाउँपालिका गरी ९ वटा स्थानीय तह एमालेले जितेको छ । यति मात्र नभई एमालेको यो कार्यक्रममा सरकारी सवारीसाधन पनि व्यापक दुरुपयोग भएको पाइएको छ । राजनीतिक कार्यक्रममा बालबालिकालाई प्रयोग गर्न नपाइने कानुनी व्यवस्था भए पनि बालबालिकालाई कार्यक्रम प्रयोग गरिएको थियो ।
    ‘सिरहामा आज लुट भयो, सरकारी स्रोतमो व्यापक दुरुपयोग भयो,’ सिरहाका अरविन्द यादवले भने, ‘प्रधानमन्त्रीले सुशासन र समृद्धिको गफ दिएर थाक्नुहुन्न, तर आज उहाँको भाषणलाई नै गिज्याउने दृश्य सिरहामा देखियो ।’

    यस्तै, पार्टीको कार्यक्रमका लागि सिरहास्थित सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पस नै मंगलबार बन्द गराइएको थियो । क्याम्पस प्रमुख राजेश्वर यादवले प्रधानमन्त्रीको कार्यक्रम भएकाले क्याम्पस बिदा गरिएको बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता
  • लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ
  • पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा
  • इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सङ्घ र बार एसोसिएसनबीच कानुनी सहकार्यकाे प्रतिबद्धता

    News

    लागु औषध सहित लक्ष्मीनगर बाट एक जना पक्राउ

    News

    पत्रकारमाथि दुव्र्यवहार गर्ने स्वास्थ्य अधिकृत जयमोद ठाकुर प्रहरी नियन्त्रणमा

    News

    इप्रका कृष्णनगर द्वारा चोरीको मोटरसाइकिल सहित व्यक्ति पक्राउ

    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑