• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ओली–मोदीबीच अझै विकसित हुन सकेन ‘न्यानोपन’

  • वीरगंज संजाल
  • २७ चैत्र २०८१, बुधबार ०७:३५
  • ९८९

    काठमाडौँ | प्रधानमन्त्री भएको ९ महिनाभित्र केपी शर्मा ओलीले दक्षिण छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग दुई पटक भेटवार्ता गरे पनि सम्बन्धमा न्यानोपन विकसित भएको देखिँदैन । गत शुक्रबार थाइल्यान्डमा मोदीसँग ‘वान–अन–वान’ भेटपछि ओलीले भेट फलदायी भएको प्रतिक्रिया दिएका थिए ।

    तर, भेटघाट ओलीले भने जस्तो सकारात्मक नभएको स्रोतको भनाइ छ । सोमबार राजधानीमा आयोजित एक कार्यक्रममा भूराजनीति र छिमेकहरूका सम्बन्धमा ओलीले गरेको टिप्पणीले पनि दिल्लीसँगको सम्बन्ध अझै न्यानो नबनेको संकेतका रूपमा बुझ्नुपर्ने कूटनीतिक मामिलाका जानकारहरूको भनाइ छ ।

    थाइल्यान्डमा आयोजित औपचारिक र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) शिखर सम्मेलनका लागि ओली बैंकक रहँदा मोदीसँग ‘वान–अन–वान’ भेटवार्ता भएको थियो । भेटमा मोदीले सगरमाथा संवादमा आउन नसक्ने बताएका थिए । ओलीले आफू भारत जानलाई प्रयास गरेसँगै त्यो हुन नसके मोदीलाई नेपाल भ्रमणमा ल्याउने प्रयास लगातार गरिरहेका छन् । तर, न्युयोर्कमा जस्तै थाइल्यान्डमा पनि मोदीको तर्फबाट ओलीले भारत भ्रमणको निमन्त्रणा पाएनन् । जबकि करिब डेढ महिना अगाडि नै नेपाल सरकारले सगरमाथा संवादको निमन्त्रणा मोदीलाई पठाएको थियो । भारत भ्रमणको निमन्त्रणा नपाउनुलाई पनि वैदेशिक मामिलाका जानकारहरू ओली र दिल्लीबीच अझै दूरी कायम रहेको रूपमा अर्थ्याउँछन् ।

    थाइल्यान्ड भ्रमणमा प्रधानमन्त्रीको टोलीमा सहभागी परराष्ट्रका एक अधिकारीका अनुसार भ्रमण आदानप्रदानका सन्दर्भमा दुई नेताबीच कुनै ठोस कुराकानी भएन । बैंककमा ओली र मोदीबीच करिब ४० मिनेट एक्लाएक्लै भेटवार्ता भएको थियो । एक्लाएक्लै भेटका लागि सम्पर्क सूत्रमार्फत भारतीय पक्षले खबर पठाएको स्रोतको भनाइ छ । ‘भेट्ने कुरा नै निश्चित नभइसकेकाले एक्लै भेट्ने वा डेलिगेसनसहित भेट्ने त्यो पनि तय हुने कुरा भएन,’ स्रोतले भन्यो, ‘अन्तिम समयमा भारतीय अधिकारीबाट एक्लै भेट्ने सूचना आएपछि मात्रै एक्लाएक्लै भेट भएको हो । पछि त्यसमा दुवै पक्षको सहमतिमा भेट भएको हो ।’

    संयुक्त राष्ट्रसंघको बैठकमा भाग लिन गएका बेला न्युयोर्कमा गत असोजमा दुई नेताबीच साइडलाइन भेटवार्ता भएको थियो । त्यतिबेला ओली प्रधानमन्त्री भएको २ महिना पूरा भएको थियो । न्युयोर्कको प्रतिनिधिमण्डलसहित भेटवार्ता त्यति सुखद भएको मानिएको थिएन । स्रोतका अनुसार साइडलाइन भेटवार्तामा ओलीले द्विपक्षीय मुद्दा उठाएपछि मोदीले असहज मानेका थिए । ‘दुई नेताबीच खुलेर कुराकानी भएन । नेपाली पक्षबाट बोर्डरदेखि ईपीजी र सार्कसम्मका विषय उठे पछि भारतीय पक्षले राम्रो मानेका थिएनन् । त्यही भएर पनि न्युयोर्कको भेटवार्ता सोचेको जस्तो राम्रो हुन नसकेको नेपाली पक्षबाटै टिकाटिप्पणी आएको थियो,’ स्रोतले भन्यो ।

    कूटनीतिक मामिलाका जानकारहरूका अनुसार अन्तर्राष्ट्रिष्य सभा सम्मेलनका क्रममा हुने साइडलाइन भेटवार्तामा सामान्यतया शिष्टाचार भेटकै रूपमा लिइन्छ । त्यस्तो भेटलाई हार्दिकता र आत्मीयता बढाउन सदुपयोग गर्ने चलन छ । तर, न्युयोर्क बैठकमा नेपाली पक्षबाट द्विपक्षीय मुद्दा उठाइएकाले भारतीय पक्षले असन्तुष्ट बनेको स्रोतको भनाइ छ । त्यो भेटमा पनि मोदीको तर्फबाट ओलीले भारत भ्रमणको निमन्त्रणा पाएनन् । तर, ओलीले भने मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा गरेका थिए । दुई प्रधानमन्त्रीबीच न्युयोर्कमा भएको भेटवार्तापछि परराष्ट्रमन्त्री आरजु देउवा राणाले नेपालले गरेको निमन्त्रणालाई भारतका प्रधानमन्त्रीले स्वीकार गरेको र छिट्टै उनको नेपाल भ्रमण हुने बताएकी थिइन् । त्यो भेटभाट भएको ७ महिना भइसक्दासम्म मोदीको नेपाल भ्रमणको कुनै संकेत आएको छैन ।

    त्यही भएर पनि यस पटक दुवै पक्ष ‘एक्लाएक्लै भेट’ का लागि सहमत भएको हुनसक्ने परराष्ट्रका एक अधिकारीले उल्लेख गरे । तर, उक्त भेटले पनि ठोस परिणाम ल्याउने संकेत नदेखिएको एक मन्त्रीले सुनाए । ‘प्रधानमन्त्रीज्यू मोदीजीसँगको भेटलाई राम्रै भन्नुभएको छ । सकारात्मक कुराकानी भएको सुनाउनु भएको छ,’ उनले भने, ‘ठोस तयारी गरेर मात्रै भारत भ्रमणमा जाने कुरा पनि गर्नु भएको छ । तर, भारत भ्रमण कहिल्यै भन्ने विषयमा केही बताउनु भएको छैन ।’

    परराष्ट्रमन्त्री आरजु देउवा राणा पनि बैंकक भेटबाट त्यति उत्साही नभएको स्रोतको भनाइ छ । मन्त्री देउवाले मन्त्रालयका पदाधिकारीहरूसँगको छलफलमा दुई नेताबीचको कुराकानी राम्रो भएको बताए पनि ओलीको भारत भ्रमण तयारीका सन्दर्भमा भने केही उल्लेख गरेकी छैनन् ।

    ‘सामान्य कुराकानी भएको बुझिन्छ । ठोस कुराकानी भएको छैन,’ बुढानीलकण्ठबाट ब्रिफिङ सुनेका एकजना कांग्रेस नेताले भने, ‘धेरै आशा गर्ने ठाउँ देखिएको छैन । दुई देशबीच सम्बन्ध ठीकठाक मात्रै छ भन्ने सन्देश दिन भने भेटवार्ता सफल भएको हो । तर, व्यावहारिक रूपमा ओली सरकराप्रति भारतको सोच खासै परिवर्तन भएको पाइँदैन ।’ त्यसो त प्रधानमन्त्री ओली आफैंले काठमाडौं ओर्लिएपछि भारत भ्रमणका सन्दर्भमा ठोस प्रतिक्रिया दिएनन् । ‘भारत भ्रमण असम्भव कुरा हो र ? कतिपय कारणले नभ्याइराखेको स्थिति हो । कहिले के काम पर्‍या हुन्छ । कहिले के ? त्यस्तो कारणले मात्रै हो,’ उनले भने, ‘भारत भ्रमणमा अवरोध भयो भन्ने बाहिर भन्या जस्तो होइन । काँडे तार लाग्या छ र ? त्यस्तो हुँदै होइन । त्यसलाई ठीक ढंगले बुझ्दा हुन्छ ।’

    बैंककबाट फर्केको तीन दिनपछि काठमाडौंको एक कार्यक्रममा ओलीले दिएको अभिव्यक्तिले पनि मोदीसँगको भेट अपेक्षाअनुरूप ‘न्यानो’ नरहेको संकेत गर्छ । सोमबार राजधानीमा आयोजित ‘हिमालय डायलग’ कार्यक्रममा ओलीले पुरानै शैलीमा भूराजनीतिक र छिमेकका सम्बन्धमा टिप्पणी गरे । भारतको नाम उल्लेख नगरिकनै उनले कुनै मित्रलाई एकहोरो चिया खुवाइरहँदा अन्तिममा व्यहोर्नुपर्ने परिणाम खराब हुन सक्ने टिप्पणी गरेका थिए । ‘तपार्इंले सधैं चिया खुवाइरहेको मित्रलाई एकदिन चिया नखुवाउनोस् त ? उसले तपाईंलाई खराब देख्न थाल्छ । तपाईंसँग सम्बन्ध तोड्न पनि बेर लगाउँदैन,’ उनले भने, ‘नेपालबाटै छिमेकीहरूलाई बिगार्ने काम भएको छ ।’

    त्यस्तै मंगलबार मधेश प्रदेशसभामा पनि ओलीले दुई छिमेकीसँग राम्रो सम्बन्ध रहेको बताए । ‘सँगै सुतेपछि खुट्टा लाग्छ, खुट्टा हटाउ भनेपछि कुरा सकिन्छ,’ उनले भनेका छन्, ‘त्यसकारण नेपालको दुई छिमेकीसँग असल मित्रता छ । अनावश्यक हल्ला चलाइए पनि दुई छिमेकीसँग हाम्रो सम्बन्ध राम्रो छ ।’ उनले नेपालका लागि भारत र चीनसँगको सम्बन्ध बराबर रहेको भन्दै नेपालले दुवै देशलाई बराबरी प्राथमिकता दिएको उल्लेख गरे । मोदीसँगको भेटलगत्तै दुई देशबीचका विवादलाई सार्वजनिक समारोहमा उठाउनुलाई सम्बन्धमा सुधारका लागि अझै समय लाग्ने संकेतका रूपमा अर्थ्याउँछन्, कूटनीतिक मामिलाका एक जानकार गर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन
  • दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन
  • आज आइतबारको राशिफल
  • जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    आज आइतबारको राशिफल

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    युवा स्पोर्टस क्लबको नयाँ कार्यसमिति चयन

    News

    दुधेश्वरनाथ महादेव मन्दिर भाथाधाममा श्रावणी मेला प्रचार प्रसारकालागी पत्रकार समिती गठन

    News

    आज आइतबारको राशिफल

    News

    जसपा नेतामाथि पक्राउ पुर्जी जारी भएपछि मलंगवामा प्रदर्शन

    News

    भोजपुरमा एकै परिवारका ४ जनाको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑