काठमाडौं । प्रहरीले सिरहाको लहान नगरपालिका–३ स्थित अस्पताल चोकबाट खैरो हेरोइन सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहाको धनगढीमाई नगरपालिका घर भएका २२ वर्षीय पवन कुमार साह, २३ वर्षीय अंकेश कुमार महतो र २० वर्षीय लालबाबु राय छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको टोलीले आरोपीहरुको साथबाट ३१ ग्राम खैरो हेरोइन बरामद गरेको छ । उनिहरु बिरुद्ध लागुऔषध मुद्दामा अदालतलबाट १० दिनको म्याद लिएर अनुसन्धान भइरहेको इप्रका लहानका डीएसपी हिरेन्द्र रोकायाले रातोपाटीलाई बताए ।
उनीहरु तिनैजना गत साउन १३ मा खैरो हेरोइन सहित पक्राउ परेर ४ महिना जेल बसेर छुटेका थिए । छुटेपछि उनिहरुले फेरी लागुऔषधको कारोबार शुरु गरेको डीएसपी रोकायाले जानकारी दिए ।